दमदार आवाज, जसले चारै जना कोचलाई फर्काए (भिडियो) भाग–१

१५ भाद्र २०७६, आईतवार १४:५५
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, १५ भदौ । चर्चित गायन प्रतियोगिता ‘भ्वाईस अफ नेपाल’ को सिजन २ मा अहिले देश तथा विदेशका प्रतिभावान गायक गायिकाहरुले आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका छन् । अहिले ब्लाईन्ड अडिसन राउण्ड चलिरहेको छ । डिजिटल अडिसनबाट छानिएर उनीहरु ब्लाईन्ड अडिसनमा सहभागी भएका हुन् । चर्चित गायक दिप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र गायिका आस्था राउतले प्रतियोगितामा कोचको भूमिका निभाइरहेका छन् । यस भिडियो सामग्रीको पहिलो भागमा अहिलेसम्म चारै जना कोचहरुको चियरलाई आफुतर्फ फर्काउन सफल भएका प्रतियोगीहरुमध्ये ५ जना प्रतियोगीहरुका बारेमा चर्चा गरिएको छ । हेरौँ यो भिडियो रिपोर्ट–

१) सनिश श्रेष्ठ, कोटेश्वर, काठमाडौँ– हजुरबुवाबाट गीत गाउने प्रेरणा पाएका सनिशले हजुरबुवाले भजन गाएको देखेर सँगीतमा रुचि राखेका थिए । गीतार बजाउँदै गीत गाउँदै गरेका उनी गीतारकै कारण आफुले पढाईमा खासै उन्नती गर्न नसकेको सुनाउँछन् । १९ वर्षीय सनिशले चर्चित नेपाली कथानक चलचित्र प्रसादकौ लै लै बोलको गीत गाएका थिए । भ्वाईसको दोस्रो सिजनमा उनी चारै जना कोचलाई आफुतिर फर्काउन सफल पहिलो प्रतियोगी हुन् । उनी कोच राजु लामाको टिममा छन् ।

२) प्रेक्षा लम्साल, दाङ– दाङकी प्रेक्षा २० वर्षकी छिन् । भ्वाईस अफ नेपालको सिजन वानमा पनि सहभागी भएकी प्रेक्षाले त्यस समयमा ‘बाहरसँगै उड्यो मन’ बोलको गीत गाएकी थिईन् । तर उनी छनौटमा परिनन् । कोचहरुको कमेन्टलाई आत्मासाथ गरेर तयारी गरेर आएकी प्रेक्षाले दोस्रो सिजनको ब्लाईन्ड अडिसनमा कुन्ती मोक्तानको ‘कहिले काँही मलाई पनि’ बोलको गीत गाएकी थिईन् । यो गीतबाट उनले चारै जना कोचलाई आफुतिर फर्काउन सफल भईन् । उनी सिजन २ मा चारै जना कोच फर्काउन सफल दोस्रो प्रतियोगी हुन् । उनी कोच राजु लामाको टिममा छिन् ।

३) याङ्की योल्मो, दार्जिलिङ– दार्जिलिङको आलुबारीबाट भ्वाईस अफ नेपालको दोस्रो सिजनमा सहभागी हुन आएकी याङ्कीको वास्तविक नाम याङ डोल्मो हो । हेलम्बुको सँस्कृतिसँग जोडिएकी याङ्की आफ्नो हजुरबुवालाई प्रेरणाको श्रोत मान्छिन् । ह्योल्मो सँस्कृतिको गीत समेत गाएकी उनले ब्लाईन्ड अडिसनमा द एज ब्याण्डको मेरो आँशु बोलको गीत गाएकी थिईन् । २२ वर्षीय याङ्कीको गीत सुनेर चारै जना कोच फर्किएका थिए । दोस्रो सिजनमा उनी चारै जना कोचलाई आफुतिर फर्काउन सफल तेस्रो प्रतियोगी हुन् । उनी कोच आश्थाको टिममा छिन् ।

४) सुशान्त गौतम, ईलाम – ईलामका २२ वर्षीय सुशान्त आफुलाई मन लागेको कुरा गर्न रुचाउँछन् । उनी आफु संगीतमा निरन्तर लागिरहेको बताउँछन् । उनले ब्लाईन्ड अडिसनमा द एज ब्याण्डको थाहा छैन बोलको गीत गाएका थिए । उनी सिजन २ मा चारै जना कोचलाई आफुतिर फर्काउन सफल चौथो प्रतियोगी हुन् । उनी कोच प्रमोदको टिममा छन् ।

५) गीता शर्मा, सिक्किम– बुवाले परिवारलाई छोडेपछि पिडामा परेकी गीताले अध्ययन बिचैमा रोकिएपछि संगीतलाई आफ्नो लक्ष्य बनाईन् । आफै कमाउदै सँगीत क्षेत्रमा संघर्ष गरेकी गीता उनले नै संगीत सिकाएका एक विद्यार्थीको अनुरोधमा द भ्वाईसमा सहभागी भएको बताउँछिन् । ३३ वर्षीया गीताले ब्लाईन्ड अडिसनमा अरुणा लामाको पाहोर साल खुशी साट्दा बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर चारै जना कोच उनीतर्फ फर्किएका थिए । उनी सिजन २ मा चारै जना कोचलाई फर्काउन सफल पाँचौ प्रतिभा हुन् । उनी कोच राजुको टिममा छिन् । अडिसनमै राजुसँगै उनले गाएको गीत पनि अहिले भाईरल भईरहेको छ ।

आदरणीय दर्शकबिन्द, तपाईलाई यी ५ प्रतियोगीहरुमध्ये को फाईनलसम्म पुग्छ जस्तो लाग्छ ? कृपया कमेन्ट गर्न नभुल्नुहोला । साथै यो भिडियोको दोस्रो भाग पनि हेर्न नभुल्नुहोला ।
यो पनि हेर्नुहोस्
प्रकाश सपुतलाई ब्याटलमा टक्कर दिईन् यी युवतीले


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*