नेपाली चेली मनिकाले जितिन् अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक

मकवानपुर, १३ भदौ । गोरखाकी मनिका सुनारले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छिन् । छन्ङजु वर्ड मार्शल आर्टस मास्टरशिप ‘अन्तर्राष्ट्रिय मार्शल आर्टस मेगाइभेन्ट’ मनिकाले स्वर्ण पदक जितेकी हुन् । अगस्ट २६ देखि ३० सम्म दक्षिण कोरियामा भएको प्रतियोगितामा १०६ राष्ट्रको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी भएका ३ हजार ५ सय ६५ खेलाडीहरुका बिच उनले नेपालको नाम उच्च पारिन् ।
तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेलको नेतृत्वमा ६ जना नेपाली खेलाडीहरुको सहभागिता रहेकोमा मनिकाले महिला काता (बोन) मा स्वर्ण पदक जितेकी हुन् । मनिकासँगै प्रकाश श्रेष्ठ, तेज बहादुर सिँह, दिपक बास्तोला दिपेन्द्र ठाकुर लगायतका खेलाडीले सहभागिता जनाएका थिए । कोरियाली सरकारको स्वीकृतीमा अन्तर्राष्ट्रिय खेलकुद कार्यव्रmम अन्तर्गत प्रतियोगिता आयोजना गरिएको तङ्ग–इल मो–दो संघ नेपालका महासचिव बिष्णु गिरीले जानकारी दिए ।
‘समय भन्दा पर, संसारलाइ जोड्ने’ भन्ने नाराकासाथ आयोजित प्रतियोगितामा सबै किसिमको मार्शल आर्टलाई एकै ठाउँमा समेट्न तथा मार्सल आर्टको माध्यमबाट शान्ति र सद्भावका लागि सकारात्मक सन्देश प्रबाह गर्ने लक्ष्य राखिएको थियो । एजी.ए.आइ.एस.एफ. को सरक्षण र आइ.ओ.सी.ले समर्थनमा प्रतियोगिता भएको हो । तङ्ग–ईल मो–दो खेल शान्तिवादी नेता सन् म्योङ्ग मुनले खेलकुदको माध्यमबाट विश्वभरी शान्ति स्थापना गर्ने उद्देश्यले स्थापना गरेको संस्मरण गर्दै गिरीले यस खेलले राष्ट्रको नाम विश्वमा चिनाउन भहत्वपूर्ण भूमिका खेल्ने बताए । प्रतियोगितामा तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेललाई शान्ति पदक द्वारा सम्मान समेत गरिएको थियो । तङ्ग–इल मो–दो संघ राष्ट्रिय खेलकुद परिषदमा समेत आवद्ध छ ।
यो पनि हेर्नुहोस्
मोबाईलबाट युट्युब च्यानल बनाउने तरिका
मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु
नायिका प्रियंका कार्कीले विवाह हुनु अघि नै सोचिन् छोरीको नाम
‘कथा काठमाण्डुको’ चलचित्रमा समावेश एक गीतमा अन्तरङ्ग दृश्य दिएपछि थप चर्चा र आलोचना समेत खेपिरहेकी चर्चित कलिउड नायिका प्रियंका कार्कीले विवाहपूर्व नै आफ्नी छोरीको नाम सोचेकी छिन् । फेसन कन्सियसमा हेक्का राख्ने उनले फेसन ट्रेन्ड अनुसारको ड्रेसप चेञ्ज गर्न र सोही अनुसारको जीवनशैली अपनाउन थालेको लामो समयसमेत भईसकेको छ । फेसनकै ?पमा पछिल्लो समय चर्चामा रहेको ट्याटु खोप्ने ट्रेण्डलाई समेत उनले अपनाइसकेकी छिन् । यसै सिलसिलामा उनले यहि ट्रेण्डलाई फलो गर्दै आफ्नो घाँटीमा हुनेवाला छोरीको नाम ‘आयंका’ लेखिएको ट्याटु खोपाएकी छिन् ।