हेटौँडाको बालजागृती युवावर्ष माविमा तिज विशेष साँस्कृतिक कार्यक्रम

१३ भाद्र २०७६, शुक्रबार १८:३४

मकवानपुर, १३ भदौ । नेपाली हिन्दु महिलाहरुको पर्व हरितालिका तिजको पुर्व सन्ध्यामा मकवानपुरको हेटौँडामा अवस्थित श्री बालजागृती युवावर्ष मावि अतिरिक्त कृयाकलाप समितिको आयोजनामा तीज विशेष साँस्कृतिक कार्यक्रम सप्पन्न भएको छ । कार्यक्रम अतिरिक्त कृयाकलाप समिति संयोजक कुमार रुम्बाको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ईन्द्रमणि गौतमको प्रमुख आतिथ्यतामा भएको हो ।

साँस्कृतिक कार्यक्रमको औपचारिक सत्र माध्यमिक तह अङ्ग्रेजी विषय शिक्षक विवशजंग थापाले सञ्चालन गरेका थिए । अनौपचारिक सत्र कक्षा ९ का छात्राहरु देवकी सापकोटा र प्रशंसा गौतमले संयुक्त रुपमा संचालन गरेका थिए । कार्यक्रमको पहिलो सत्रमा शुभकामना आदानप्रदान तथा दोश्रो सत्रमा विविध साँस्कृतिक नृत्यहरुको प्रस्तुति राखिएको संयोजक रुम्बाले बताए ।

यो पनि हेर्नुहोस्
हेर्नै पर्ने कविता–वातावरण दिवस र्यालीमा सिमित भो

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

युट्युबमा ‘भद्रगोल’ को साप्ताहिक रेकर्ड, हरेक हप्ताको एपिसोड ट्रेण्डिङमा

युट्युबमा हरेक दिन लाखौँ भिडियोहरु अपलोड हुन्छन् । पछिल्लो समय नेपाली युट्युबरहरुका समेत भिडियो ट्रेण्डिङमा पर्ने र केही आम्दानीसमेत हुन थालेपछि अहिले नेपालमा समेत भिडियो बनाउने र युट्युबमा अपलोड गर्ने ट्रेण्ड नै चलेको छ । तर सबै भिडियो सफल बनाउन र ट्रेण्डिङमा पार्न भने त्यति सजिलो छैन । कुनै पनि भिडियो ट्रेण्डिङमा पर्नुमा दर्शककै ठूलो हात हुन्छ त्यसैले भिडियोले दर्शकको मन छोयो भने मात्र सफल हुन सम्भव छ । युट्युबमा भिडियो ट्रेण्डिङमा पार्न सहज नहुने अवस्थामा पनि नेपालकै एउटा टिभी सिरियलको हरेक एपिसोड हरेक हप्ता युट्युब ट्रेण्डिङमा पर्छ भन्ने सुन्दा तपाईँलाई अलि अनौठो लाग्ला । तर, यो वास्तविकता नै हो । यसबाट समेत उक्त टिभी सिरियल कति चर्चित छ भन्ने कुरा प्रमाणित हुन्छ । हजुर उक्त चर्चित टेलिसिरियल हो ‘भद्रगोल’ । बिगत ५ महिनाभन्दा पछिका मात्र एपिसोड हेर्ने हो भने ‘भद्रगोल’ का हरेक हप्ताका फरक एपिसोडहरु युट्युब ट्रेण्डिङमा पर्न सफल भएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*