कुसेऔँसीमा आमाको सन्देश छोरोलाई

–यश लामा
हातको ठेला हेर्
हातको ठेला
थाप्लोमा नाम्लोको
गहिरो डाम हेर्
फुटेर चिराचिरा परेको
पाइताला हेर्
बाको असली अनुहार हेर्
बाको असली अनुहार ।
अब बा मुहारमा
देख्दैनस् तैँले
तँ उभिएको ठाउँबाट
पछाडि फर्केर हेर्
एउटा असीमित दृश्य ।
मक्किएको हड्डीमा हेर्
तेरो जिन्दगीको सर्टिफिकेट
जालो परेको आँखामा हेर्
तेरो सुदूर भविष्यको नक्सा ।
बाको काँधमा हेर्
तेरो उपलब्धीको खुसी ।
प्रिय छोरो !
पोहोरजस्तै
पूँजीवादी घोडा चढेर
सेल्फी मात्र खिच्न नआइज ।
माक्र्सवादको ठेली घोकेको तँ
हेप्पी फादर्स डे लेखिएको
केक बोकेर नआएस् ।
यो बृद्धाश्रम हो छोरो
बाको घाउमा पाप्रा बसिसकेको छ
घाउ दुख्न छाडेको आज
तिनसय चौँसठ्ठी दिन भएको छ ।
तँलाई सम्झिरहेका छौँ हामी
एकतिस करोड
पाँच लाख
छत्तिस हजार सेकेण्डभरि ।
छोरो ! तँ
बृद्धाश्रम नआइज
तेरो बाको घाउमा पाप्रा बसिसकेको छ ।
यो पनि हेर्नुहोस्
फेसबुक च्याटले खोल्यो पोल
मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु
तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो
तामाङ कथानक चलचित्र ‘घ्रान’ (कसम) हेर्न दर्शकहरुको ओईरो लागेको छ । शनिबार काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा भएको पहिलो प्रिमियर शोमा दर्शकहरुको ओइरो लागेको हो । कानून, न्याय तथा संसदीय व्यबस्था मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यता तथा चर्चित नायिका सुकुमाया मोक्तानको अध्यक्षतामा भएको प्रिमियर शो मा चलचित्रकर्मी, पत्रकार, बुद्धिजीवि, चलचित्र समिक्षकका साथै दर्शकहरुको ठूलो जमातको सहभागीता रहेको थियो । चलचित्रका नायक सागर घिसिङ,नायिका सुष्मा मोक्तान, विकास स्याङ्तान, सुकुमाया मोक्तान, शम्भु घिसिङ, सुनिता थिङ, पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ (चन्द्र ग्याबक) लगायतको टोलीसँगै दर्शकहरुले फिल्म हेरेका थिए । चलचित्र हेर्न तामाङ कला तथा चलचित्र क्षेत्रका चर्चित हस्तीहरु नायक अमिर दोङ, हुत्त सञ्जय लामा, चर्चित खलनायक बिकु थोकर, नायिका खुशी घिसिङ, सुनिता लुङ्वा, चर्चित गायक विश्व दोङ लगायतको उपस्थिति रहेको थियो ।