पेमाडोल्माको रोमान्टिक गीतमा ‘पुसन’ को अभिनय

१३ भाद्र २०७६, शुक्रबार १७:३०

मकवानपुर, १३ साउन । गीतकार पेमाडोल्मा मोक्तानको तेस्रो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । को म्हेन्दो मिडिया हाउसको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको ‘चु ल्हुईसे’ बोलको रोमान्टिक गीतमा ईन्द्र योञ्जन र जितु लोप्चनले आवाज दिएका छन् ।

पेमाडोल्मा मोक्तानको शब्द रहेको गीतमा विशाल काल्तानको संगीत र दिपेश प्रधान एरेञ्ज तथा मिक्सिङ रहेको छ । गीतको म्यूजिक भिडियोमा चर्चित मोडल तथा नायिका पुसन लामाको अभिनय रहेको छ । पुसनसँगै पेमा घिसिङको अभिनय भिडियोमा हेर्न सकिन्छ । सुरेश काफ्लेको छायाँकन तथा सुनिल मोक्तानको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई मेकबहादुर थापाले सम्पादन गरेका छन् । हेरौँ म्युजिक भिडियो–

यो पनि हेर्नुहोस्
यस्ता छन् ‘रियो छमछमी–४’ का उत्कृष्ट ९ प्रतियोगीहरु (भिडियो)

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

चर्चित बन्दै ‘ए बिना ङा’, दर्शकको रोजाईमा सागर र स्मारिकाको रोमान्टिक जोडी
सार्वजनिक भएको केही दिनमा नै ‘ए बिना ङा’ अर्थात ‘तिमी बिना म’ बोलको तामाङ गीत चर्चित बनेको छ । बहुप्रतिक्षित तामाङ चलचित्र ‘घ्रान’ का मूख्य नायक सागर घिसिङसहित स्मारिका थिङको मूख्य अभिनय रहेको सो गीतको भिडियो समेत चर्चामा छ । नेपाली भाषामा समेत सबटाईटल राखी निर्माण गरिएको गीतको भिडियोमा सागर र स्मारिकाको रोमान्सलाई दर्शकले रुचाएका छन् । भिडियोमा एकअर्का बिना बाँच्न नसक्ने अवस्थामा पुगेका जोडीका रुपमा देखिएका उनीहरुको केमेष्ट्री समेत मिलेको छ । विशेष गरी तामाङ चलचित्र र गीतसँगीतलाई समेत मुल धारको चलचित्रसँग प्रतिस्पर्धामा ल्याउने गरी उच्च प्रविधिका साथमा भिडियो र चलचित्र निर्माण गर्ने नायक तथा निर्माताका रुपमा चर्चा कमाएका नायक सागरले यो गीतमा दर्शकको कमेन्ट पाएर खुशी भएको बताएका छन् । थोरै समयमा नै अन्य तामाङ गीतमा भन्दा बढी कमेन्ट पाएका उनले गीतलाई दर्शक–श्रोताले मन पराईदिएको भन्दै खुशी व्यक्त गरेका छन् ।

स्वस्तिमा र सेड्रिनामा को राम्री ? (भिडियो)
चर्चित नेपाली कथानक चलचित्र ‘नाई नभन्नु ल’ को पाँचौ संस्करणको ट्रेलर सार्वजनिक भएसँगै नायिका स्वस्तिमा खड्का र बाल कलाकार सेड्रिना शर्माको सौन्दर्य र अभिनयको तारिफ बढेको छ । चलचित्रको सुटिङको सुरुवात देखि नै चर्चामा रहेका स्वस्तिमा र सेड्रिना नै नाई नभन्नु ल ५ को सार्वजनिक ट्रेलरको आकर्षक पक्ष पनि हुन् । ठूलो भएर विश्व सुन्दरी बन्ने सपना बोकेकी सेड्रिनाको यो डेब्यू चलचित्र हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*