जनमुक्ति सेनाका बारेमा बोले सांसद ओमबहादुर घलान (भिडियो)

११ भाद्र २०७६, बुधबार १५:५४
Featured Video Play Icon

मकवानपुर, ११ भदौ । प्रदेश नम्बर ३ का सांसद ओमबहादुर घलानले जनमुक्ति सेनाबारे विषय उठान गरेका छन् । प्रदेश नम्बर ३ को बुधबार बसेको प्रदेशसभा बैठकको सुन्ने समयमा बोल्दै सांसद घलानले राज्यको व्यवस्था परिवर्तनका लागि अग्रपंङ्क्तिीमा लडेका जनमुक्ति सेनाहरुको उचित व्यवस्थापन हुनुपर्नेमा जोड दिए । व्यवस्थापनका क्रममा छुटेका पूर्व जनमुक्ति सेनालाई परिचयपत्रको व्यवस्था र उनीहरुलाई रोजगारी तथा जीवनयापनका लागि विशेष कार्यक्रमको माग गर्दै सांसद घलानले प्रदेशसभामार्फत केन्द्रिय सरकारको ध्यानाकर्षण गराएका छन् ।

जनमुक्ति सेनाले व्यवस्था परिवर्तन गर्नका लागि बम बनाउन र हतियार चलाउन सिकेका र व्यवस्थापनमा छुटेका पूर्वजनमुक्ति सेनाको व्यवस्थापन नभएमा त्यसले भविष्यमा खतरा आउनसक्ने समेत उनले बताए । हेरौँ भिडियो–

यो पनि हेर्नुहोस्
नेवा ताम्सालिङ नाम कानुनसम्मत छ

नेवा ताम्सालिङ नामको लागि कडा भाषण

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

प्रकाशको ‘बोल माया’ को भिडियो जसले सबैलाई रुवाउँछ
गायक तथा मोडल प्रकाश सपूतको कारुणिक गीत ‘बोल माया’ को म्यूजिक भिडियो युट्युबमा नम्बर १ ट्रेण्डिङमा परेको छ । यो गीतको भिडियोलाई यो सामग्री तयार पार्दासम्म १२ लाख १३ हजार भन्दा बढी पटक हेरिएको छ । यो गीतको संगीत र शब्दलाई गायक तथा मोडल प्रकाश सपूतले जति मार्मिक बनाएका छन् त्यसलाई अन्याय नहुने गरि शब्दलाई दृश्यमा भिजाउने अनि दर्शकको आँखा रुझाउने गरि भिडियो तयार पारेका छन् ।

रेड पिसमा नायिका निता ढुङ्गानाको ब्युटीफुल मुस्कान (फोटो फिचर)
कलाकारिता क्षेत्रमा अब्बल अभिनय गर्ने र कुशल नृत्याङ्गनाका रुपमा परिचित मकवानपुर जन्मथलो भएकी नायिका निता ढुङ्गानालाई सोमबार हेटौँडामा चलचित्र कलाकारिता सम्मान प्रदान गरिएको थियो । रातो पहिरनमा मुस्कुराउँदै कार्यक्रमस्थलमा देखिएकी उनको मुस्कान र सुन्दर पहिरनमा क्यामेराहरु सोझिएका थिए । हेरौँ केही तस्बिरहरु :

गृह जिल्लामा नायिका निता ढुङ्गानाले भनिन्–‘मेरो मुटु र हात खुट्टा कामिरहेको छ’
कलाकारिता क्षेत्रमा अब्बल अभिनय गर्ने र कुसल नृत्याङ्गनाका रुपमा परिचित मकवानपुर जन्मथलो भएकी नायिका निता ढुङ्गानाले गृहजिल्लाको हेटौँडामा आएर सम्मान ग्रहण गर्दा आफ्नो खुट्टा कामेको बताईन् । चलचित्र पत्रकार संघ मकवानपुर शाखाले सोमबार आयोजना गरेको सम्मान कार्यक्रममा सम्मानित भएका ४ जनामध्ये उनलाई चलचित्र कलाकारिता सम्मान प्रदान गरिएको थियो । सम्मान ग्रहण गरेलगत्तै उनले मन्तव्य राख्दै आफुले धेरै ठाउँमा सम्मान ग्रहण गरेता पनि हेटौँडामा सम्मानित हुँदा मुटु ढुकढुक भएको बताईन् । ‘धेरै ठाउँमा मैले सम्मान पाएँ तर अहिले मेरो खुट्टा कामिरहेको छ, मेरो मुटु कामिरहेको छ ।’ उनले भनिन्, ‘सायद मेरो आफ्नो ठाउँ भएर हुनुपर्छ ।’ उनले चलचित्र पत्रकारिता दिवसको शुभकामना दिँदै सम्मानका लागि धन्यवाद समेत ज्ञापन गरिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*