यसरी गर्जिए सांसद निमा लामा (भिडियो)

१० भाद्र २०७६, मंगलवार १७:३९
Featured Video Play Icon

मकवानपुर, १० भदौ । करिब २ महिना स्थगित भएर सुरु भएको प्रदेश ३ को प्रदेशसभा बैठकमा यो समयमा प्रदेश राजधानी र नामाकरणका विषयलाई लिएर निकै नै चर्काचर्की चलिरहेको छ । यसैबिच प्रदेश ३ का सांसद निमा लामाले संसदमा मुख्यमन्त्री डोरमणि पौडेललाई नै कटाक्ष गरे । जथाभावी कुरा गरेर मात्र नहुने भन्दै बोलेको कुरा पुरा गर्न उनले जोड दिए । प्रदेश नामाकरणका कार्यविधि सबै थन्काएको भन्दै उनले आरोप पनि लगाए । हेरौँ भिडियो–

यो पनि हेर्नुहोस्
रवि लामिछानेका पक्षमा प्रदेश ३ का यी सांसदहरु (भिडियो)

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

प्रकाशको ‘बोल माया’ को भिडियो जसले सबैलाई रुवाउँछ
गायक तथा मोडल प्रकाश सपूतको कारुणिक गीत ‘बोल माया’ को म्यूजिक भिडियो युट्युबमा नम्बर १ ट्रेण्डिङमा परेको छ । यो गीतको भिडियोलाई यो सामग्री तयार पार्दासम्म १२ लाख १३ हजार भन्दा बढी पटक हेरिएको छ । यो गीतको संगीत र शब्दलाई गायक तथा मोडल प्रकाश सपूतले जति मार्मिक बनाएका छन् त्यसलाई अन्याय नहुने गरि शब्दलाई दृश्यमा भिजाउने अनि दर्शकको आँखा रुझाउने गरि भिडियो तयार पारेका छन् ।


रेड पिसमा नायिका निता ढुङ्गानाको ब्युटीफुल मुस्कान (फोटो फिचर)
कलाकारिता क्षेत्रमा अब्बल अभिनय गर्ने र कुशल नृत्याङ्गनाका रुपमा परिचित मकवानपुर जन्मथलो भएकी नायिका निता ढुङ्गानालाई सोमबार हेटौँडामा चलचित्र कलाकारिता सम्मान प्रदान गरिएको थियो । रातो पहिरनमा मुस्कुराउँदै कार्यक्रमस्थलमा देखिएकी उनको मुस्कान र सुन्दर पहिरनमा क्यामेराहरु सोझिएका थिए । हेरौँ केही तस्बिरहरु :

गृह जिल्लामा नायिका निता ढुङ्गानाले भनिन्–‘मेरो मुटु र हात खुट्टा कामिरहेको छ’
कलाकारिता क्षेत्रमा अब्बल अभिनय गर्ने र कुसल नृत्याङ्गनाका रुपमा परिचित मकवानपुर जन्मथलो भएकी नायिका निता ढुङ्गानाले गृहजिल्लाको हेटौँडामा आएर सम्मान ग्रहण गर्दा आफ्नो खुट्टा कामेको बताईन् । चलचित्र पत्रकार संघ मकवानपुर शाखाले सोमबार आयोजना गरेको सम्मान कार्यक्रममा सम्मानित भएका ४ जनामध्ये उनलाई चलचित्र कलाकारिता सम्मान प्रदान गरिएको थियो । सम्मान ग्रहण गरेलगत्तै उनले मन्तव्य राख्दै आफुले धेरै ठाउँमा सम्मान ग्रहण गरेता पनि हेटौँडामा सम्मानित हुँदा मुटु ढुकढुक भएको बताईन् । ‘धेरै ठाउँमा मैले सम्मान पाएँ तर अहिले मेरो खुट्टा कामिरहेको छ, मेरो मुटु कामिरहेको छ ।’ उनले भनिन्, ‘सायद मेरो आफ्नो ठाउँ भएर हुनुपर्छ ।’ उनले चलचित्र पत्रकारिता दिवसको शुभकामना दिँदै सम्मानका लागि धन्यवाद समेत ज्ञापन गरिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*