रवि लामिछानेका पक्षमा प्रदेश ३ का यी सांसदहरु (भिडियो)

१० भाद्र २०७६, मंगलवार १७:१८
Featured Video Play Icon

मकवानपुर, १० भदौ । चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता पत्रकार रवि लामिछानेका पक्षमा उर्लिएका जनसागरको विषयलाई लिएर धेरैले धेरै थरी टिकाटिप्पणी गरे । कतिपय पत्रकारदेखि नेतासम्म लामिछानेको विरुद्धमा हुल बाँधेर लागेको प्रष्टै देखियो भने कतिपयले भने खुलेर उनको पक्षमा अडान लिए । यसैबिच प्रदेश नम्बर ३ का केही सांसदहरुले भने रविको पक्षमा भिड उभिनुलाई उनको असल कामको परिणाम भनेर संसदमै बोले भने कतिपयले रिहाको माग नै गरेका थिए । हेरौँ यो भिडियो–

यो पनि हेर्नुहोस्

रवि लामिछानेबारे प्रतिनिधि सभामा चर्कियो बहस

रवि लामिछानेलाई ५ दिन हिरासतमा राखिने

रवि लामिछानेको पक्षमा प्रदर्शन

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

चर्चाको केन्द्रबिन्दुमा ‘तरकारीवाली

नेपाली कथानक चलचित्र ‘लम्फु’ को प्रदर्शन मिति नजिकिएसँगै चलचित्रकी नायिका कुशुम श्रेष्ठ ‘तरकारीवाली’ चर्चा सुरु भएको छ । अभिनय क्षेत्रमा आउनुपूर्व नै गाउँमा सामान्य तरकारी बेच्ने युवतीका रुपमा भाईरल भएकी उनको यो डेब्यू चलचित्र हो । बैशाख २८ गते प्रदर्शन मिति तोकिएको चलचित्रका गीतहरु समेत अहिले चर्चामा छन् । चलचित्रमा कुशुमसँगै सलोन बस्नेत, कबिर खड्का, मरिस्का पोखरेल, चाँदनी शर्मा, सञ्जीत भण्डारी लगायतको अभिनय छ । भुपतिको कथा र पटकथामा निर्मित चलचित्रलाई गोपाल चन्द्र लामिछानेले निर्देशन गरेका हुन् ।
महा मानव गौतम बुद्धका बारेमा बनेका यी चलचित्र र भिडियो हेर्नुहोस्

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात आजभन्दा २५६२ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । छ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाएका थिए । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन गर्दै बौद्ध दर्शनको खोज–अनुसन्धान थालेका थिए । विश्वमा ३५ करोड बढि मानिसले वुद्ध धर्म मान्दछन् र यो विश्वको चौथौं ठूलो धर्म हो ।

बुद्ध सम्बन्धी धेरै सामाग्रीहरु युट्युबमा उपलब्ध छन् तर बुद्धकै बारेमा चलचित्र र टेलिसिरियलहरु भने नेपाली भाषामा भन्दा पनि हिन्दी भाषामा बढी बनेको देखिएको छ । तथापि भजन तथा बायोग्राफीहरु भने नेपाली भाषामा पनि प्रशस्त भेट्न सकिन्छ । हामीले आज बुद्ध सम्बन्धी केही धार्मिक चलचित्र, बुद्धका जीवनी समेटिएका चलचित्र र केही टेलिचलचित्रहरुका बारेमा लिंकसहित यो सामाग्री तयार पारेका छौँ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*