यस्ता छन् ‘रियो छमछमी–४’ का उत्कृष्ट ९ प्रतियोगीहरु (भिडियो)

१० भाद्र २०७६, मंगलवार १६:५०
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, १० साउन । नेपाल टेलिभिजनबाट प्रसारण हुने मेगा डान्स रियालिटी शो ‘रियो छमछमी सिजन ४’ मा अहिले भोटिङ राउण्ड चलिरहेको छ । यो सामाग्री तयार पार्दासम्म उत्कृष्ट ९ प्रतियोगीहरु छनौट भइसकेका छन् । विभिन्न स्थानबाट हजारौँलाई पछि पार्दै उनीहरुले उत्कृष्ट ९ को यात्रा तय गरेका हुन् । को–को छन् त उत्कृष्ट ९ मा ? आउनुहोस् यस बारेमा चर्चा गरौँ । हेरौँ भिडियो–

१) आकाश बिक– आकाश दाङको नारायणपुर निवासी हुन् । उनको भोटिङ कोड ०१ हो । वि.सं. २०५९ साल कात्तिक २० गते जन्मिएका उनी हाल अध्ययनरत छन् । उनी प्रोफेसनल डान्सर बन्न चाहान्छन् ।
२) दिलमाया लिम्बु– दिलमाया झापाको बुद्ध शान्ति ७ निवासी हुन् । उनको भोटिङ कोड ०३ हो । वि.सं. २०५५ साल असोज २० गते जन्मिएकी उनी काजिमान लिम्बु र सुभद्रा लिम्बुकी छोरी हुन् । उनी प्लस टु अध्ययनरत छिन् ।
३) गंगा केसी– गंगा कोहलपुर ७ राझेना निवासी हुन् । उनको भोटिङ कोड ०४ हो । वि.सं. २०६० साल असोज ९ गते जन्मिएकी गंगा भक्तबहादुर केसी र कल्पना ओलीकी छोरी हुन् । उनी त्रिभुवन नमुना माध्यमिक विद्यालयमा अध्ययनरत छिन् ।
४) नेशन सुस्लिङ मगर– नेशन महोत्तरी जिल्लाको रामनगर १ निवासी हुन् । उनको भोटिङ कोड ०५ हो । वि.सं. २०५४ भदौ २९ गते जन्मिएका उनी कुलबहादुर सुस्लिङ र सितामाया सुस्लिङका छोरा हुन् । उनी नृत्यका विद्यार्थी हुन् ।
५) पुष्पा घिमिरे क्षेत्री– पुष्पा रुपन्देशी जिल्लाको बुटवल–११ निवासी हुन् । उनको भोटिङ कोड ०६ हो । वि.सं. २०५८ बैशाख १२ गते जन्मिएकी पुष्पाकी आमा शोभादेवी घिमिरे क्षेत्री हुन् । उनी नृत्यकी विद्यार्थी हुन् ।
६) सन्ध्या आचार्य– सन्ध्या मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमाने निवासी हुन् । उनको भोटिङ कोड ०८ हो । चर्चित एथ्लेट समेत रहेकी सन्ध्या मकवानपुरबाट एकमात्र दाबेदार हुन् । वि.सं. २०५५ साल कात्तिक १५ गते जन्मिएकी सन्ध्याको बुवा विष्णुप्रसाद आचार्य र आमा आशादेवी आचार्य हुन् । उनी मकवानपुर बहुमुखी क्याम्पस हेटौँडामा विज्ञान संकायमा स्नातक अध्ययनरत छिन् ।
७) सपना धाई थापा मगर– सपना पोखराको लेखनाथ निवासी हुन् । उनको भोटिङ कोड ०९ हो । वि.सं. २०५८ पुष ५ गते जन्मिएकी सपना प्लस टु पास भएकी विद्यार्थी हुन् । उनी नृत्यसँगै अध्ययनलाई थप उचाई दिन चाहान्छिन् ।
८) सुदन खड्का– सुदन काठमाडौँको गगाल फेदी सुवेदी गाउँ निवासी हुन् । उनको भोटिङ कोड ११ हो । वि.सं. २०५६ असार २२ गते जन्मिएका सुदन, सुदर्शन खड्का र गंगा खड्काका छोरा हुन् । उनी न्युटन इन्टरनेशनल कलेज जोरपाटी काठमाडौँमा स्नातक तह प्रथम वर्ष अध्ययनरत छन् । उनी आफ्नै विङ्ग्स डान्स स्टुडियो नामक नृत्य प्रशिक्षण केन्द्र चलाउँछन् । यो स्टुडियो काठमाडौँको थलीमा अवस्थित छ ।
९) थमन ताडी– थमन धनगढी कैलाली निवासी हुन् । उनको भोटिङ कोड १२ हो । उनी मीना देवी ताडीका छोरा हुन् ।

तपाई उत्कृष्ट ९ मा परेका आफुलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सक्नुहुन्छ । त्यसका लागि मोबाईलको म्यासेज बक्समा गएर छमछमीको छोटो रुप CC टाईप गरी एउटा खाली ठाउँ छोडेर तपाईलाई मनपर्ने प्रतियोगीको कोड नम्बर लेखी ३१००९ मा म्यासेज गर्न सक्नुहुन्छ । त्यस्तै रियो छमछमी सिजन ४ को मोबाईल एप्लीकेसनबाट पनि उनीहरुलाई भोट गर्न सकिन्छ । भोटिङ शनिबारदेखि बिहीबार बिहान १० बजेसम्म खुला रहन्छ । भोट गर्ने तरिकाहरुका बारेमा हामीले यस अघिका भिडियोहरुमा पनि चर्चा गरेका छौँ । भिडियोको लिंक डिस्क्रीप्सनमा दिइएको छ ।

यो पनि हेर्नुहोस्
यस्ता छन् ‘रियो छमछमी–४’ का उत्कृष्ट ९ प्रतियोगीहरु (भिडियो)

‘छमछमी’ को उत्कृष्ट ९ मा सन्ध्या आचार्य, भोट गरौँ (भिडियो)

छमछमीमा भोट गर्ने तरिका

यसरी गरौँ सन्ध्यालाई भोट


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*