‘छमछमी’ को उत्कृष्ट ९ मा सन्ध्या आचार्य, भोट गरौँ (भिडियो)

१० भाद्र २०७६, मंगलवार १६:१७
Featured Video Play Icon

मकवानपुर, १० भदौ । मकवानपुरको हेटौँडा ८ कमाने निवासी सन्ध्या आचार्य ‘रियो छमछमी सिजन ४’ को उत्कृष्ट ९ मा छनौट भएकी छिन् । भदौ ७ गते शनिबार भएको प्रतिस्पर्धाबाट उनी उत्कृष्ट ९ मा पर्न सफल भएकी हुन् । पछिल्लो एपिसोडमा उनले विदेशमा बेचिएकी नारीको बेदना समेटिएको प्रस्तुति दिएकी थिईन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने मेगा डान्स रियालिटी शोमा उनी मकवानपुरबाट एक मात्र दाबेदार हुन् । हेरौँ भिडियो रिपोर्ट–

शनिबार भएको प्रतिस्पर्धाबाट दर्शकका भोटका आधारमा नेपालगञ्जको करकाँधो चोक निवासी सृजन रावल बाहिरिएका छन् । सन्ध्यालाई जिताउन म्यासेज बक्समा CC लेखी एक स्पेस छोडेर उनको भोटिङ कोड ०८ टाईप गरी ३१००९ मा पठाउनुपर्ने छ । सन्ध्याले देशभरीका २० हजारभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट ९ मा स्थान सुरक्षित गरेकी हुन् । सन्ध्या छमछमीको तेस्रो सिजनमा पनि उत्कृष्ट ५० सम्म पुग्न सफल भएकी थिईन् ।

सन्ध्याको बुवा विष्णुप्रसाद आचार्य र आमा आसादेवी आचार्य हुन् । सन्ध्याले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोका साथै विभिन्न व्यवसायिक विज्ञापनमा समेत अभिनय गरेकी छिन् । मकवानपुर बहुमुखी क्याम्पसमा बि.एस.सी. तेस्रो वर्षमा अध्ययनरत सन्ध्या मकवानपुरका चर्चित खेलाडी पनि हुन् । उनले राष्ट्रिय प्रतियोगितामा पनि खेल्न सफल भइसकेकी छिन् ।

यो पनि हेर्नुहोस्
कस्ले जित्छ छमछमी ? यस्ता छन् उत्कृष्ट ९ प्रतियोगीहरु

छमछमीमा भोट गर्ने तरिका

सन्ध्या आचार्य ‘छमछमी सिजन ४’ को उत्कृष्ट ११ मा

यसरी गरौँ सन्ध्यालाई भोट

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

पल र आँचलको प्रेमयुद्ध, शत्रु गते चर्चाको शिखरमा
चर्चित अन स्क्रिन जोडी नायक पल शाह र नायिका आँचल शर्मा अभिनित नेपाली कथानक चलचित्र ‘शत्रु गते’ले अपेक्षित रुपमा व्यापार गर्दै दर्शकको मन जितेको छ । अफिसियल ट्रेलर सार्वजनिक हुनुपूर्व नै सर्वाधिक पर्खाई बन्न सफल भएको चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसले दुई दिनमा नै युट्युबको नम्बर वान ट्रेण्डिङमा पर्न सफल भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*