डेंगुले लियो ज्यान

८ भाद्र २०७६, आईतवार १२:५८
Death-Murchunga TV

चितवन, ८ भदौ । चितवनमा डेंगुको संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । डेंगुका कारण भरतपुर महानगररपालिका–२, गंगोत्रीमार्ग निवासी ७१ वर्षी पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । मृतकको नाम गोप्य राखिएको छ । उपचारका क्रममा ती वृद्धको मृत्यु भएको जानकारी भदौ ६ गते कार्यालयलाई प्राप्त भएको कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिए ।

वृद्धको साउन ३१ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।सामान्य ज्वरो आएर साउन २९ गते भरतपुर सामुदायिक अस्पतालमा उपचार गराउन गएका उनको उपचार हुन नसकेपछि चितवन मेडिकल कलेजमा पठाइएको थियो । सोही मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो । यसअघि डोटीकी डेंगु संक्रमित एक महिलाको पनि उपचारका क्रममा मृत्यु भएको थियो ।

यो पनि हेर्नुहोस्
रवि लामिछानेबारे प्रतिनिधि सभामा चर्कियो बहस

रवि लामिछानेलाई ५ दिन हिरासतमा राखिने

रवि लामिछानेको पक्षमा प्रदर्शन

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

चर्चित गायिका रिहानाले स्न्याप च्याटको आलोचना गर्दै जारी गरेको वक्तव्यका कारण कम्पनीले ८३ अर्ब रुपैयाँ घाटा ब्यहोर्नु परेको छ । उनको आलोचनात्मक वक्तव्यका कारण कम्पनीको शेयर मार्केटमा ४ प्रतिशतले घटेको थियो । जसको कारण कम्पनीको बजार मूल्यमा ८० करोड डलर ह्रास आएको थियो । स्न्यापच्याटमा एउटा विज्ञापन देखिएको थियो जसमा प्रयोगकर्तालाई ‘रिहानालाई थप्पड हान्ने’ वा ‘क्रिस ब्राउनलाई मुक्का हान्ने’ दुई विकल्प प्रदान गरिएको थियो । सन् २००९ मा प्रेमसम्बन्धमा रहेका बेला ब्राउनले रिहानामाथि हातपात गरेका थिए । लगत्तै रिहानाले आफ्नो इन्सटाग्राम एकाउन्टमा स्न्यापच्याटको उक्त विज्ञापनको आलोचना गरेकी थिइन् ।
एक मिनेट कम्मर मर्काएपछि एक करोड तलब

चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडा हलिउडमा समेत व्यस्त नायिकामा पर्छिन् । उनी कहिलेकाहीँ मात्र भारत आउँछिन् र केही दिन बसेर फेरि अमेरिका फर्किन्छिन् । भारत बसाईका क्रममा हुने कार्यक्रममा प्रस्तुति दिए बापत प्रियंकाले लिने गरेको पारिश्रमिक सुनेर तपाईलाई अचम्म पनि लाग्न सक्छ । उनले कम्तिमा पनि एक मिनेट प्रस्तुति दिएको एक करोड भारतीय रुपैयाँ लिने गरेकी छिन् । केही समय अघि भएको जि सिने अवार्डमा पर्फम गर्ने निश्चित भएपछि उक्त कार्यक्रममा उनले पाँच मिनेट नृत्यका लागि ५ करोड भारु लिएकी थिइन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*