पुडासैनी आत्माहत्या प्रकरण : अनुसन्धान फाइल वकिलकोमा पुग्यो

८ भाद्र २०७६, आईतवार १२:३१

चितवन, ८ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्माहत्या केसमा आज नयाँ मोडको अपेक्षा गरिएको छ । पुडासैनीको आत्माहत्याका लागि दुरुत्साहनसँग सम्बन्धित मुद्दाको फाइल सरकारी वकिलको कार्यालयमा पेश भएको छ ।

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनसँग सम्बन्धित मुद्धाको फाईल सरकारी वकिलको कार्यालयमा पेश गरिएको हो । जिल्ला प्रहरी कार्यालय, चितवनले उनीहरुमाथि अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा आईतबार फाइल पेस गरेको हो ।

पत्रकार पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धान गर्न प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई हिरासतमा राखेर अनुसन्धान गर्दै आएको छ । पुडासैनी चितवनको एक होटलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए । उनले मोबाइलमा भेटिएको भिडियोमा पुडासैनीले आफ्नो मृत्युको कारण लामिछाने, कँडेल र कार्की भएको बताएपछि प्रहरीले तीनै जनालाई साउन ३० अनुसन्धानको लागि पक्राउ गरेको थियो ।

आज उनीहरुविरुद्ध थुनछेक बहस हुने तयारी छ । बहसपछि उनीहरुलाई थुनामै राख्ने वा धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय हुनेछ । यता रविका समर्थकहरुले भने चितवनसहित देशैभर प्रदर्शन जारी राखेका छन् ।

यो पनि हेर्नुहोस्
रवि लामिछानेबारे प्रतिनिधि सभामा चर्कियो बहस

रवि लामिछानेलाई ५ दिन हिरासतमा राखिने

रवि लामिछानेको पक्षमा प्रदर्शन

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

सन्नी लियोनी सधैँ फिट देखिनुको रहस्य यस्तो

फेसन र ग्ल्यामरका कारण चर्चामा रहन सफल बलिउड अभिनेत्री सन्नी लियोनी सधैँ फिट रहने कारण के होला ? उनको जस्तै स्लिम फिगर बनाउन कति युवतीहरुलाई रहर होला ? यसको कारण जान्न उनको दिनचर्याले बुझेर सजिलै पत्ता लगाउन सकिन्छ । सन्नी आफ्नो फिटनेशमा हमेसा ध्यान दिने गर्दछिन् । हाल उनी आफ्नो बडी परफेक्ट बनाउन जमेर वर्कआउट गरिरहेकी बताइएको छ । पछिल्लो केही दिनयता उनले जिममा वर्क आउट गरेको केही भिडियो समेत सार्वजनिक गरेकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*