‘छमछमी’ को उत्कृष्ट ९ मा सन्ध्या आचार्य, भोट गरौँ

७ भाद्र २०७६, शनिबार २२:४५

मकवानपुर, ७ भदौ । मकवानपुरको हेटौँडा ८ कमाने निवासी सन्ध्या आचार्य ‘रियो छमछमी सिजन ४’ को उत्कृष्ट ९ मा पुग्न सफल भएकी छिन् । भदौ ७ गते शनिबार भएको प्रतिस्पर्धाबाट उनी उत्कृष्ट ९ मा पर्न सफल भएकी हुन् । पछिल्लो एपिसोडमा उनले विदेशमा बेचिएकी नारीको बेदना समेटिएको प्रस्तुति दिएकी थिईन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने मेगा डान्स रियालिटी शोमा उनी मकवानपुरबाट एक मात्र दाबेदार हुन् ।

शनिबार भएको प्रतिस्पर्धाबाट दर्शकका भोटका आधारमा नेपालगञ्जको करकाँधो चोक निवासी सृजन रावल बाहिरिएका छन् । सन्ध्यालाई जिताउन म्यासेज बक्समा CC लेखी एक स्पेस छोडेर उनको भोटिङ कोड ०८ टाईप गरी ३१००९ मा पठाउनुपर्ने छ । सन्ध्याले देशभरीका २० हजारभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट ९ मा स्थान सुरक्षित गरेकी हुन् । सन्ध्या छमछमीको तेस्रो सिजनमा पनि उत्कृष्ट ५० सम्म पुग्न सफल भएकी थिईन् ।

सन्ध्याको बुवा विष्णुप्रसाद आचार्य र आमा आसादेवी आचार्य हुन् । सन्ध्याले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोका साथै विभिन्न व्यवसायिक विज्ञापनहरुमा समेत अभिनय गरेकी छिन् । मकवानपुर बहुमुखी क्याम्पसमा बि.एस.सी. तेस्रो वर्षमा अध्ययनरत सन्ध्या मकवानपुरका चर्चित खेलाडी पनि हुन् । उनले राष्ट्रिय प्रतियोगितामा पनि खेल्न सफल भइसकेकी छिन् ।

यो पनि हेर्नुहोस्

छमछमीमा भोट गर्ने तरिका

यो पनि हेर्नुहोस्

सन्ध्या आचार्य ‘छमछमी सिजन ४’ को उत्कृष्ट ११ मा

यो पनि हेर्नुहोस्

यसरी गरौँ सन्ध्यालाई भोट

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

दिपिका महाभारतकी द्रौपदी, कृष्णको रोलमा आमिर खान

बलिउडकी चर्चित नायिका दिपिका पादुकोनलाई महाभारतकी द्रौपदीको रोलमा चयन गरिएको छ भने कृष्णको रोल बलिउडका मिस्टर परफेक्टनिस आमिर खानले निभाउने भएका छन् । ‘ठग अफ हिन्दूस्तान’ को सुटिङ सकिएपछि सुरु गर्न थालिएको आमिरको ड्रिम प्रोजेक्ट ‘महाभारत’ मा दिपिका यो रोलको लागि नेचुरल चोइसका रुपमा दिपिकालाई लिइएको हो तर पध्मावत जस्ता एपिक फिल्म गरेकी र यसको विवादमा रुमलिएकी दिपिकाले स्विकार गर्लिन् वा नगर्लिन त्यो भने तय भइसकेको छैन । यदि उनी यस रोलका लागि तयार भएमा दिपिका र आमिरको यो पहिलो स्क्रिन सेयर गरिएको चलचित्र बन्ने छ ।

चलचित्रमा रिलायन्श इन्डस्ट्रिका मालिक मुकेश अम्बानीले १०० करोडको लगानी गर्ने छन् भने उनी महाभारतको को–पो्रड्यूसर पनि हुने भएका छन् । भारतीय न्यूज एजेन्सीहरुका रिपोर्ट अनुसार आमिरको महाभारत एक फिल्म नभएर ५ सिरिजमा बन्ने बताइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*