वर्षाको ‘माईती घर’ यस्तो बन्यो (भिडियो)

६ भाद्र २०७६, शुक्रबार १९:५८

मकवानपुर, ६ भदौ । चर्चित मोडल एवम् नव नायिका वर्षा थिङको अभिनय रहेको तीज गीत ‘माईती घर’ को भिडियो रिलिज भएको छ । सर्वसम्मान म्युजिक प्रालिको प्रस्तुति रहेको गीतमा वर्षा सँगै लक्ष्मणले अभिनय गरेका छन् । एक श्रीमतीले तीजका बेलामा आफ्नो पतिसँग माईती घर जानका लागि अनुरोध गर्दै गर्दाका भावनाहरु गीतमा समावेश छ । साथै माईती घरको प्रेम र सम्झनालाई गीतका शब्दहरुमा समेटिएको छ ।

लक्ष्मण थापाको तिज कोशेलीका रुपमा प्रस्तुत गरिएको गीतमा लोकेन्द्र रावल र रोशनी रसाईलीको आवाज छ । बुद्धिविर गोर्खालीको शब्द संगीतमा तयार भएको गीतलाई मंगलम रेकर्डिङ स्टुडियो सामाखुशीमा रेकर्ड गरिएको हो । गीतका रेकर्डिष्ट कृष्ण लामिछाने हुन् ।

नवराज घिमिरेले छायाँकन गरेको गीतको म्युजिक भिडियोलाई प्रकाश क्षेत्रीले निर्देशन गरेका हुन् । भिडियोलाई मिडिया पिक्चर्स नेपालले सम्पादन गरेको हो । हेरौँ म्युजिक भिडियो–

यो पनि हेर्नुहोस्

नेवा ताम्सालिङ नाम कानुनसम्मत छ

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

युट्युब ट्रेण्डिङमा परेका ७ चलचित्रहरु (भिडियो सहित)

युट्युबको नेपाल भर्सनमा कयौँ चलचित्रहरु ट्रेण्डिङ पर्ने गरेका छन् । नेपाली चलचित्रको तुलनामा हिन्दी र साउथ भर्सन चलचित्रहरु छिटो र धेरै रिलिज हुने कारणले गर्दा हरेक दिन युट्युबमा हिन्दी चलचित्रहरु ट्रेण्डिङमा पर्ने गरेका छन् । यो सामाग्री तयार पार्दाको समयमा पनि युट्युबमा ७ वटा हिन्दी चलचित्रहरु ट्रेण्डिङमा छन् । ती चलचित्रहरुको बारेमा यहाँ भिडियो सहित चर्चा गरिएको छ ।

अचम्म : आलियाको एउटै गीतमा १ सय ७५ पटक कपडा चेन्ज

युवापुस्तामा चर्चित बलिउड नायिका आलिया भट्टले एउटै गीतमा १ सय ७५ पटक कपडा परिवर्तन गरेकी छिन् । उनले आफ्नो नयाँ चलचित्र ‘राजी’को ‘मुड के न देख दिलबरो’ बोलको गीतमा १ सय ७५ पटक कपडा परिवर्तन गरेकी हुन् ।

उक्त चलचित्रमा जासूसको भूमिका निभाएकी उनले पाकिस्तानी युवासँग बिहे गरेर भारतका लागि पाकिस्तानमा जासुसी गर्ने रोलमा छिन् । सोही क्रममा रिलिज गरिएको उक्त गीतमा बाबु र छोरीको संवेदना देखाइएको छ । यो गीतको बारेमा चर्चा गर्दै आलियाले गीतको सुटिङका क्रममा एक सय ७५ पटकभन्दा बढि बिदाईको पहिरन फेर्नु परेको अभिव्यक्ति दिएकी हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*