पुसन लामाको ‘दिलको राजा’ सार्वजनिक

२ भाद्र २०७६, सोमबार २१:३५

मकवानपुर, २ भदौ । चर्चित डान्सर तथा मोडल पुसन लामाको अभिनय रहेको ‘दिलको राजा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अमर लिम्बुको आवाज रहेको गीतको म्युजिक भिडियोमा पुसन र करण लिम्बुको अभिनय छ । आकर्षक पहिरण, राम्रो छायाँकन, निर्देशन र सुहाउँदो कोरियोग्राफी भएका कारण गीतको म्युजिक भिडियोलाई दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।

अमर लिम्बुकै शब्द रहेको गीतमा विशाल निरौलाले संगीत र एरेञ्ज रहेको छ । अलङ्कार स्टुडियोमा गीत तयार पारिएको हो । बि स्टार फिल्मसले निर्माण गरेको म्युजिक भिडियोलाई विक्रम चौहानले निर्देशन तथा कोरियोग्राफ गरेका हुन् । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन र कलरिङ गरेका छन् । हेराँै म्युजिक भिडियो–

यो पनि हेर्नुहोस्

एउटा पिडादायी प्रेमकथा, बितेका पलहरु–१

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

हरेक एपिसोड ट्रेण्डिङमा

‘कलेजेस नेपाल’ युट्युमा सुपरहिट नाम हो भन्दा फरक पर्दैन । किन कि यस युट्युब च्यानलबाट तयार पारिएका सर्ट मूभि हरेक हप्ता युट्युब ट्रेण्डिङमा पर्छ । सम्भवतः यसका पछिल्ला श्रृङ्खलाहरु युट्युब ट्रेण्डिङमा परेको दिन नै छैन भन्दा फरक नपर्ला । यसैक्रममा यसै च्यानलद्वारा निर्मित पछिल्लो भिडियो ‘डिभी काण्ड’ समेत युट्युब ट्रेण्डिङमा परेको छ । यो सामाग्री तयार पार्दाको समयमा यस भिडियोलाई ५ लाख २६ हजार भन्दा बढी पटक हेरिएको छ ।

भिडियोमा १३ हजार लाईक र ६ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । ‘आजकलको लभ’ अन्तर्गत तयारी गरिएको यो भिडियोमा सेरिजका मुख्य कलाकारहरु जिवेश सिंह गुरुङ र रियाशा बस्नेतका साथमा कञ्चन खड्का, योगयोती क्रियाशिल, खुम रावल र राम धिताल लगायतका कलाकारहरुको अभिनय रहेको छ । जिवेश सिंह गुरुङको लेखन, निर्देशन तथा सम्पादनमा तयार भएको भिडियोलाई सृजन शाह र शैलेन्द्र बस्नेतले निर्माण गरेका हुन् । भिडियोलाई महाविर कार्कीले खिचेका हुन् ।

शर्ट कमेडी मुभी सेरिजका रुपमा सुरु भएको ‘आजकलको लभ’ सेरिजमा रियाशा र जिवेशको जोडीलाई निकै रुचाइएको छ । साथै कञ्चनलाई पनि अत्याधिक रुचाइएको छ । यस सिरिजका नालापानी, एसएलसी भर्सेस एसईई, घरबेटी डेरा, चटपट काण्ड, भुँडी काण्ड, जमाना, भाई टिकाको कथा, एरेञ्ज म्यारिज, आईडल बन्ने सपना, बोम कुमार, दोस्रो बुडी, रोबोट सुई लगायतका करिब सबै एपिसोडहरु ट्रेण्डिङमा परेका छन् । यस च्यानलले आजलका लभका साथै लभ डायरिज, कन्फेसन द रियल स्टोरिज, ह्याप्पी सटर्डे, सोल्टिनी, हिमायालया रोडिज प्यारोडी लगायतका सिरिजहरु समेत निर्माण गर्दै आएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*