रेडियो भरोसाको स्टेसन संयोजकमा नवराज वाईबा

१ भाद्र २०७६, आईतवार २०:३४

मकवानपुर, १ भदौ । करिब एक दशकदेखि संचार क्षेत्रमा क्रियाशिल मकवानपुरे पत्रकार नवराज वाईबा रेडियो भरोसा १०५.२ मेगाहर्जको स्टेसन संयोजकमा नियुक्त भएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ निवासी वाईबा नेपाल पत्रकार महासंघका सदस्य पनि हुन् ।

हेटौँडाको जिएस चोकमा अवस्थित रेडियो भरोसामा वाईबाले आजैदेखि कार्यभार सम्हालेका छन् । रेडियोका स्टेसन म्यानेजर तथा सञ्चालक सशान्त तामाङ सहित कानुनी सल्लाहकार अधिवक्ता बालकृष्ण शर्मा अधिकारीले वाईबालाई स्वागत गरेका छन् । लामो समयदेखि मकवानपुरको एकमात्र तामाङ तथा नेपाली भाषामा प्रकाशित हुने ‘ताम्सालिङ काअी’ साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशक समेत रहेका वाईबाले रेडियो निकास र रेडियो मकवानपुरमा समेत कार्यअनुभव संगालिसकेका छन् । वाईबा तामाङ पत्रकार संघका प्रदेश पार्षद समेत हुन् ।

अनलाईनमा श्रोताका मन जित्न सफल रेडियो भरोसा पछिल्लो समय फ्रिक्वेन्सीमार्फत १०५.२ मा पनि सुन्न सकिन्छ । रेडियोमा आवद्ध भएसँगै संयोजक वाईबाले रेडियोमा विभिन्न शिक्षामुलक तथा चेतनामुलक कार्यक्रमहरु समेत सुरुवात गर्ने लक्ष्य राखेका छन् ।

यो पनि हेर्नुहोस्

मिस नेपाल श्रृङ्खला खतिवडा युरोपको चुचुरोमा (भिडियो)

,,,,,,,,,,,,,,,,,,,,
यो पनि हेर्नुहोस्
एलिना चौहानका आफ्नै ४ गीतहरु

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

मकवानपुरे छिरिङ दोर्जे लामाको ‘दोहोरो माया’ सार्वजनिक

मकवानपुरे कलाकार तथा गीतकार छिरिङ दोर्जे लामाको शब्द तथा संगीत रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । छिरिङको शब्द तथा संगीतमा तयार भएको लोकदोहोरी गीत ‘दोहोरो माया’ मा चर्चित गायिका अर्चना स्याङ्तान र गायक जनक लामाले आवाज दिएका छन् । विष्णु तामाङको एरेञ्जमा तयार भएको गीतको अडियो भिडियो अर्चना स्याङ्तानको अफिसियल युट्युब च्यनलबाट सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियोमा चन्द्र तामाङ र सेञ्जी ब्लोनले अभिनय गरेका छन् । म्युजिक भिडियोमा प्रविण थापाको निर्देशन तथा नमराज घिमिरेको छायाँकन रहेको छ । शक्ति प्रज्वल घिमिरेको सम्पादनमा तयार भएको म्युजिक भिडियोको पोष्ट प्रोडक्सन ह्वाईट मिडिया प्रालिले गरेको हो ।

छिरिङको शब्दमा यसअघि नै नयाँ वर्ष विशेष डिजे गीतको म्यूजिक भिडियो सार्वजनिक भइसकेको छ । मकवानपुर जिल्लाको साविक सरिखेत गाविस वडा नम्बर ९ मुङ्ग्रेमा जन्मिएका लामाको विभिन्न गीतहरु सार्वजनिक भइसकेका छन् । लामाको यस अघि नै बालै फरर, मकवानपुरे ठिटो, लोकदोहोरी गीत ‘रुँदै रुँदै भइयो पर्देशी’ लगायतका गीतहरु सार्वजनिक भईसकेका छन् । उनले लघु चलचित्र आकर्षण, आधी बाटो लगायतमा समेत अभिनय गरेका छन् ।विभिन्न लघु चलचित्रहुँदै लोकदोहोरीमा अभिनय समेत गर्दै आएका लामाले यस अघि ‘म्यासेञ्जर फेसबुकमा’ बोलको गीत रेकर्डिङ गराएका थिए । उनको शब्दमा तयार भएको उक्त गीतको अडियो भर्सन मात्र युट्युबमा सार्वजनिक गरिएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*