
‘छमछमी’ को उत्कृष्ट १० मा सन्ध्या आचार्य, तुरुन्तै भोट गरौँ

मकवानपुर, १ भदौ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमाने निवासी सन्ध्या आचार्य ‘रियो छमछमी सिजन ४’ को उत्कृष्ट १० मा पुग्न सफल भएकी छिन् । साउन ३२ गते भएको प्रस्तुतिबाट उनी उत्कृष्ट १० को छनौट भएकी हुन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने मेगा डान्स रियालिटी शोमा उनी मकवानपुरबाट एक मात्र दाबेदार हुन् ।
सन्ध्यालाई जिताउन म्यासेज बक्समा CC लेखी एक स्पेस छोडेर उनको भोटिङ कोड ०८ टाईप गरी ३१००९ मा पठाउनुपर्ने छ । सन्ध्याले देशभरीका २० हजारभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट १० मा स्थान सुरक्षित गरेकी हुन् । सन्ध्या छमछमीको तेस्रो सिजनमा पनि उत्कृष्ट ५० सम्म पुग्न सफल भएकी थिईन् ।
सन्ध्याको बुवा विष्णुप्रसाद आचार्य र आमा आसादेवी आचार्य हुन् । सन्ध्याले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्नुका साथै विभिन्न व्यवसायिक विज्ञापनहरुमा समेत अभिनय गरेकी छिन् । मकवानपुर बहुमुखी क्याम्पसमा बि.एस.सी. तेस्रो वर्षमा अध्ययनरत सन्ध्या मकवानपुरका चर्चित खेलाडी पनि हुन् । उनले राष्ट्रिय प्रतियोगितामा पनि खेल्न सफल भइसकेकी छिन् ।
यो पनि हेर्नुहोस्
सन्ध्या आचार्य ‘छमछमी सिजन ४’ को उत्कृष्ट ११ मा
यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्
मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु
गायक जनक लामाको डिजे गीतमा हेटौँडाकी पुजा गोलेको अभिनय
मकवानपुरको हेटौँडा उपमहानगरपालिका निवासी नव कलाकार पुजा गोलेले गायक जनक लामाको नयाँ गीतको म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । जनक लामा र अर्चना स्याङ्तानको आवाजमा तयार पारिएको डिजे गीत ‘बालै फरर’ मा उनले अभिनय गरेकी हुन् । गीतमा मकवानपुरे चर्चित कलाकार तथा गीतकार छिरिङ दोर्जे लामाको शब्द रहेको छ ।
गायिका अर्चना स्याङ्तानको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा पुजासँगै अनुप विष्टले अभिनय गरेका छन् । राम घिमिरे कल्याणको संगीत तथा बिष्णु तामाङको एरेञ्जमा गीत तयार भएको हो । गीतको अडियो भिडियो अर्चना स्याङ्तानको निर्माणमा तयार भएको हो ।गीतमा सजित ब्लोन तामाङको प्रस्तुती रहेको छ । गीतको म्युजिक भिडियोलाई प्रविण थापाले निर्देशन गरेका छन् । नमराज घिमिरेको सिनेम्याटोग्राफी रहेको म्युजिक भिडियोलाई शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका हुन् । गीतको पोष्ट प्रोडक्सन ह्वाईट मिडिया प्रालिले गरेको हो ।