यस्तो बन्यो तीज गीत ‘नाच मायालु’ को भिडियो

३१ श्रावण २०७६, शुक्रबार १४:१६

मकवानपुर, ३१ साउन । नयाँ तीज गीत ‘नाच मायालु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । मकवानपुरमा क्रियाशिल ओपेरा ईन्फोटेन्मेन्ट सिने प्रालिको अफिसियल युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

सुरेन्द्र विष्ट र लक्ष्मी परियारको आवाज रहेको गीतमा सुरेन्द्रकै शब्द र संगीत छ । गीतलाई भुवन प्रकाश बडुले एरेञ्ज गरेका हुन् । बिग प्राईभ्स् स्टुडियोमा गीत रेकर्ड गरिएको हो । गीतको म्युजिक भिडियोमा हेटौँडेली कलाकार विक्रम लुङ्वाका साथै सविना तामाङ, प्रदिप घिमिरे, रिदम चौधरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । सुजन गोर्खालीको कोरियोग्राफीमा तयार भएको म्युजिक भिडियोलाई अनिल रानाले निर्देशन गरेका हुन् । रामकृष्ण चौँलागाईको छायाँकनमा भिडियो बनेको हो । हेरौँ म्युजिक भिडियो–

यो पनि हेर्नुहोस्

मोबाईलबाट युट्युब च्यानल बनाउने तरिका

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

प्रजिअ अस्मान तामाङले दिए ७२ वर्षीय चन्द्रज्योति भोलनलाई नागरिकता

मकवानपुरकी चन्द्रज्योति भोलनले ७२ वर्षमा नागरिकता प्राप्त गरेकी छिन् । पुर्वि मकवानपुरको बकैया गाउँपालिका वडा नंबर १ की भोलनले बिहीबार नागरिकता पाएकी हुन् । बकैया गाउँपालिकाको पनि निकै विकट स्थानमा रहेको वडा नंबर १ महादेव डाँडामा बिहीबार भएको नागरिकता वितरण शिविरमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले उनलाई नागरिकता वितरण गरेका हुन् । नागरिकता नपाउँदै मरिन्छकी भन्ने पिरमा बाँचीरहेकी उनको नागरिकता पाउने सपना पुरा भएको छ ।

नागरिकता दिन आएकोमा जनप्रतनिधि तथा प्रमुख जिल्ला अधिकारी तामाङलाई धन्यवाद समेत ब्यक्त गरिन् । प्रजिअ तामाङ सहितको प्रशासनको टोली, बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे सहितको गाउँपालिकाको जनप्रतिनिधिहरुको टोली तथा जिल्ला निर्वाचन कार्यालय मकवानपुरको टोली बिहीबार शिविरको लागि बकैयामा पुगेको थियो । नागरिकता टोलीले बकैया १ का १ सय २७ जनालाई नागरिकता वितरण गरेको छ । त्यस्तै ९४ जनाले फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरेका छन् । शुक्रबारसम्म सञ्चालन हुने शिविरमा ५ सय भन्दा धेरैले सेवा लिने अनुमान गाउँपालिकाले गरेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*