‘ऐश्वर्य’ सार्वजनिक भएको चौबिस घण्टा नपुग्दै ट्रेण्डिङमा

३१ श्रावण २०७६, शुक्रबार १२:४९

मकवानपुर, ३१ साउन । नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’ युट्युबमा सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेण्डिङमा पर्न सफल भएको छ । हलमा रिलिज भएको समयमा समेत चर्चा कमाउन सफल ऐश्वर्य कुनै समयमा चर्चित नायक रमेश उप्रेतीको कमब्याक मुभि हो । यो सामग्री तयार पार्दाको समयमा यो चलचित्र युट्युब ट्रेण्डिङको १६ औँ नम्बरमा छ । बुढासुब्बा डिजिटलबाट प्रिमियर गरिएको चलचित्रलाई यो सामग्री तयार पार्दाको समयमा ६ लाख ७२ हजारभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा १८ हजारभन्दा बढी लाईक र करिब २ हजार कमेन्टहरु गरिएका छन् ।

स्पेशल ईफेक्टका साथमा करिब २ वर्ष लगाएर तयार पारिएको यो चलचित्रले राम्रो व्यापार समेत गरेको थियो । नायक रमेश उप्रेतीको ड्रिम प्रोजेक्टको रुपमा लिइएको चलचित्रमा नायिका दिपिका प्रसाईको हट अवतार देख्न पाईन्छ । नायक उप्रेतीको शालिन अभिनय र खलनायकका रुपमा देखिएका प्रशान्त ताम्राकारको दमदार अभिनयले यस चलचित्रलाई सफल बनाएको थियो । नायिका केकी अधिकारीको केटाकेटीपन र चञ्चले अभिनयले दर्शकलाई पेट मिचिमिचि हाँस्न बाध्य गराउँछ । चलचित्रमा हाँस्य कलाकार तथा चलचित्रका निर्माता समेत रहेका निर्मल शर्मा सहित अर्जुन श्रेष्ठ, केशव भट्टराई, सुनिता ठाकुर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको ‘तिमी रोएको पल’ बोलको गीत सुपर हिट भएको थियो । चलचित्र दिवाकार भट्टराईको लेखन निर्देशनमा बनेको हो । चलचित्रलाई राजेश श्रेष्ठ र सुदिप बरालले खिचेका हुन् । हिमाल केसीको द्वन्द रहेको चलचत्रिलाई दिर्घ थापाले सम्पादन गरेका हुन् । हेरौँ चलचित्र–

यो पनि पढ्नुहोस्
रमेशको ‘ऐश्वर्य’ लाई केकीको बचपन र दिपिकाको हट अवतारले जोगाउँला ? यस्तो छ ‘ऐश्वर्य’को नालीबेली

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

सन्तोष लामाको म्यूजिक भिडियोमा मकवानपुरका फुर्बा दोर्जे र साबित्राको रोमान्स

नेपाली ताराको बिजेता बनेर थप चर्चामा आएका गायक सन्तोष लामाको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । लामाको आवाजमा रहेको ‘बिर्सन म सक्दिन’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको हो । म्यूजिक भिडियोमा मकवानपुरका कलाकार फुर्बा दोर्जे मोक्तान तामाङ तथा चर्चित मोडल साबित्रा थिङले अभिनय गरेका छन् । नयाँ वर्ष सन् २०१९ को अवसर पारेर सार्वजनिक भएको म्यूजिक भिडियोमा फुर्बा दोर्जेसँगै साबित्राको अभिनय प्रशंसनीय छ ।

मायाप्रेमले भरिपूर्ण म्यूजिक भिडियोमा फुर्बा र सावित्राको जोडी निकै सुहाएको छ । साबित्रा र फुर्बाको अभिनय कौशल समेत भिडियोमा देखिएको छ । गीतमा रोशन भट्टराईको शब्दमा चर्चित संगीतकार न्ह्यु बज्रचार्य को संगीत छ । गायक सन्तोष लामाको एल्वम अक्षतामा उक्त गीत समावेश छ । मलेसियामा छायाँकन भएको म्यूजिक भिडियोलाई सुन्दर लावतीले निर्देशन गरेका हुन् । प्रवासमा रहेर पनि कलाकारिता क्षेत्रमा सक्रिय रहेका मकवानपुरे फुर्बाले दर्जनौ म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेका छन् । नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसियाका अध्यक्ष समेत रहेका फुर्बा समाजसेवी पनि हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*