‘ रियो छमछमी’ मोबाईल एपबाट भोट गर्ने तरिका

३० श्रावण २०७६, बिहीबार १६:४४
Featured Video Play Icon

मकवानपुर, ३० साउन । नेपाल टेलिभिजनबाट प्रसारण हुने मेगा डान्स रियालिटी शो ‘रियो छमछमी सिजन ४’ मा अहिले भोटिङ राउण्ड चलिरहेको छ । यो सामाग्री तयार पार्दाको समयमा रियो छमछमीको उत्कृष्ट ११ जनाको भोटिङ चलिरहेको छ । उत्कृष्ट डान्सरहरुका लागि फाईनल राउण्डसम्मै भोटिङ गर्ने व्यवस्था छ त्यसैले दर्शकहरुले आफुले पनि उत्कृष्ट नृत्य प्रस्तुत गर्नेलाई भोट गर्न सक्छन् । प्रतियोगिताको भोटिङ राउण्डमा परेका प्रतियोगीहरुलाई भोट गर्ने एउटै मात्र माध्यम छ एसएमएस भोटिङ । तर एसएमएस भोटिङलाई अलि फरक तरिकाले मोबाईल एपबाट पनि भोट गर्ने तरिका छ । यस भिडियोमा रियो छमछमी सिजन ४ मा भोटिङ राउण्डमा पुगेका प्रतियोगीहरुलाई भोट गर्ने तरिकालाई प्रस्तुत गरिएको छ । हेरौँ भिडियो–

पहिलो तरिका

पहिलो तरिकामा तपाईले आफुसँग भएको मोबाईलको म्यासेज बक्समा गएर भोट गर्न सक्नुहुन्छ । त्यसका लागि मोबाईलको म्यासेज बक्समा गएर छमछमीको छोटो रुप ऋऋ टाईप गरी एउटा खाली ठाउँ छोडेर तपाईलाई मनपर्ने प्रतियोगीको कोड नम्बर लेखेर ३१००९ मा म्यासेज गर्न सक्नुहुन्छ । उदाहरणका लागि यदि तपाईलाई सन्ध्या आचार्यको नृत्य मनपर्छ भने CC टाईप गरी एउटा खाली ठाउँ छोडेर उनको कोड नम्बर ०८ लेखेर ३१००९ मा म्यासेज गर्न सक्नुहुन्छ ।

दोस्रो तरिका

त्यस्तै तपाईले फरक तरिकाले पनि भोट गर्न सक्नुहुन्छ । त्यो तरिका हो रियो छमछमी सिजन ४ को मोबाईल एप्लीकेसनबाट । यसका लागि भने तपाईसँग कुनै एण्ड्रोईड फोन छ भने त्यसमा तपाईले प्ले स्टोरबाट यसको मोबाईल एप्लीकेसन डाउनलोड गर्नुपर्छ । तपाईहरुलाई थाहा भएकै कुरा हो यदि तपाईसँग जिमेल आईडी प्ले स्टोरमा लग ईन छ भने मात्र एप्लिकेसन डाउनलोड गर्न सक्नुहुन्छ । तपाईले विभिन्न एप्लीकेसन डाउनलोड गरेर इन्स्टल गर्नुभएको छ भने अवश्य पनि तपाईको प्ले स्टोरमा जिमेल लग ईन भएकै छ । त्यसैले सर्वप्रथम तपाईको प्ले स्टोर एपमा गएर सर्च गर्ने ठाउँमा Rio ChhamChhami 4 टाईप गरी खोज्नुहोस् । त्यहाँ तपाईले नेपाल टेलिभिजनको लोगो सहितको एप्लीकेसन देख्नुहुनेछ र त्यसमा क्लिक गरेर ईन्स्टलमा थिच्नुहोस् ।

इन्स्टल भइसकेपछि ‘ओपन’ मा क्लिक गर्नुहोस् । यसरी एप्लीकेसन खुल्छ र त्यहाँ तपाईले भोटिङ राउण्डमा पर्न सफल प्रतियोगीहरुको कोड नम्बर सहितको फोटो, नाम, ठेगाना र भोट गर्ने ठाउँ देख्नुहुनेछ । उनीहरुको फोटोमा थिच्दा उनीहरुको बारेमा थप जानकारी तपाईले थाहा पाउन सक्नुहुनेछ ।तपाईँले त्यहाँ आफुलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न फोटोसँगै भएको ‘भोट’ भन्ने अप्सनमा थिच्नुहोस् । यसरी थिच्दा हामीले भोट गर्न थिचेको प्रतियोगीको नम्बर र कोड नम्बर दिएर भोट गर्ने हो भन्ने सूचना आउँछ । त्यसमा ओकेमा थिचेपछि हामी सिधै म्यासेज बक्समा पुग्छौँ र त्यहाँ हामीले सेण्ड भन्ने अप्सनमा थिचेमात्रै पनि पुग्छ । किन कि भोटिङ कोड र म्यासेज गर्ने नम्बर सिधै आउँछ । उदाहरणका लागि मैले यहाँ हेटौँडा ८ की सन्ध्या आचार्यलाई भोट गर्ने तरिका दिएको छु । यहाँ उनको फोटोसँगै भएको भोट भन्ने अप्सनमा थिच्दा सिधै उनको भोटिङ कोड सहितको म्यासेज क्रियट हुन्छ र अब मैले सेण्ड बटनमा थिच्दा मात्र पनि उनलाई भोट जान्छ । भोट गएको बारेमा रिप्लाई समेत आउँछ । यसरी हामी छमछमीका प्रतियोगीहरुलाई भोट गर्न सक्छौँ ।

यो पनि हेर्नुहोस्
मोबाईलबाट युट्युब च्यानल बनाउने तरिका


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*