योगेन्द्र र जुनुको ‘चट्ट रुमाल’ यस्तो बन्यो

२८ श्रावण २०७६, मंगलवार २२:३७

मकवानपुर, २८ साउन । गायक योगेन्द्र खनाल र गायिका जुनु गौतमको स्वरमा रहेको नयाँ गीत ‘चट्ट रुमाल’ को भिडियो सार्वजनिक भएको छ । लोक लयमा तयार भएको गीतमा रोमाञ्चक अभिनयका साथै रोमान्टिक शब्दहरु प्रयोग गरिएका छन् ।

राधा सुवेदीको शब्द तथा योगेन्द्र खनाल र राधा सुवेदीको शब्द समावेश गीतलाई दिनेश श्रेष्ठले एरेञ्ज गरेका हुन् । गीतको म्युजिक भिडियोमा युनिक आजम, आयुष्मा कार्की, सुजन र यमुनाले अभिनय गरेका छन् । गीतको म्युजिक भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका छन् । सन्तोष नेपालीले कोरियोग्राफ गरेको भिडियोलाइ युवराज खत्रीले छायाँकन गरेका हुन् । हेरौँ म्युजिक भिडियो–

यो पनि हेर्नुहोस्

एउटा पिडादायी प्रेमकथा, बितेका पलहरु–१

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

हेटौँडामा भएको ‘प्रथम थारु माघी महोत्सव’ मा यस्तो भयो (भिडियो भाग–१)

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित वासुदेव सभागृहमा मंगलबार ‘प्रथम थारु महोत्सव २०७५’ सम्पन्न भयो । थारु कल्याणकारिणी सभा, थारु विद्यार्थी सभा, थारु महिला सभा र थारु युवा सभा मकवानपुरको संयुक्त आयोजना र विभिन्न संघ संस्थाहरुको सहयोगमा हेटौँडामा पहिलो पटक माघी महोत्सव मनाइएको हो । महोत्सवको हेटौडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले उद्घाटन गरेका थिए । के–के भयो त उक्त मेलामा ? हेरौँ पहिलो भाग–

अशोक तामाङ र निर्मला घिसिङको ल्होछार गीत ‘जेबा म्राङ्सी’ सार्वजनिक

मकवानपुरका चर्चित गायक अशोक तामाङको तामाङ भाषामा तयार पारिएको ल्होछार गीत ‘जेबा म्राङ्सी’ सार्वजनिक भएको छ । गीतमा अशोक तामाङ र निर्मला घिसिङले आवाज दिएका छन् । कुमार स्याङ्बाको शब्द र निमा दोङको संगीतमा गीत तयार भएको हो । गीतको म्यूजिक भिडियोमा अभि लामा र सैना तामाङले अभिनय गरेका छन् । अभि लामाको कोरियोग्राफी रहेको गीतको म्यूजिक भिडियोलाई सूर्य लामाले छायाँकन तथा निर्देशन गरेका हुन् । सार्वजनिक गीतको म्यूजिक भिडियोलाई अहिलेसम्म १२ हजारभन्दा बढी पटक हेरिएको छ ।

गायक तामाङले यो गीतलाई पनि श्रोता तथा दर्शकले रुचाउने अपेक्षा गरेको बताएका छन् । उनका अन्य गीतलाई पनि दर्शक श्रोताले रुचाएका थिए । उनका यस अघि नै मै विदेश जाँदा, हिमाल पारी गाउँ, मैच्याङ्नी मोरी, वैँशले लगायतका गीतहरु सार्वजनिक भईसकेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*