सगरमाथा आरोही स्याङ्तान युरोपको हिमालमा, सँगै फरफरायो ‘आबा ङाछा’ को ब्यानर

२७ श्रावण २०७६, सोमबार २१:४९

मकवानपुर, २७ साउन । सगरमाथा आरोही शर्मिला स्याङ्तान तामाङ युरोपको सबै भन्दा अग्लो पहाड माउन्ट एलब्रस आरोहण गर्न सफल भएकी छिन् । स्याङ्तानसँगै हाल नेपालमा प्रशारण भईरहेको एकमात्र तामाङ भाषाको टेलिसिरियल ‘आबा ङाछा’ को ब्यानर पनि युरोपको हिमालको चुचुरोमा पुगेको छ । माउन्ट एलब्रसमा ब्यानर फरफराउन सफल भएकोमा सिरियलका लेखक तथा निर्देशक जयनकुमार मोक्तानले खुशी व्यक्त गरेका छन् ।

सिरियलले सफतापुर्वक ३२ औँ भाग समेत पार गरिसकेको छ । डिस होमको रमाइलो एचडी च्यानलबाट प्रशारण हुने सिरियलमा तामाङ सँस्कार, सँस्कृति र परम्परालाई आधार बनाइएको छ । सिरियललाई गोर्खा लामा घिसिङ र विशाल मोक्तानले व्यवस्थापन गरेका छन् । सिरियलको क्रियटिभ टिममा फुलमान स्याङ्तान, शंखु बम्जन र सुरेन्द्र तामाङ रहेका छन् ।

सिरियलमा जयन कुमार मोक्तान, फुलमान स्याङ्तान, गोर्खा लामा घिसिङ आले, उदास लामा, सन्तोष लामा, शंखु बम्जन, सुस्मिता तामाङ, कबिता दोङ, मीना दोङ, सुरेन्द्र तामाङ, विशाल मोक्तान, कमल कुमाल, सन्देश थिङ, सुनमाया दोङ र धुर्व सिं तामाङ छिरिङ लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

यो पनि हेर्नुहोस्

सन्ध्या आचार्य ‘छमछमी सिजन ४’ को उत्कृष्ट ११ मा

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

नेपाली युट्युब ट्रेण्डिङमा कब्जा जमाएका २ भारतीय चलचित्रहरु

नेपालमा भारतीय चलिचत्रको ठूलो बजार रहेको छ । यस तथ्यलाई कसैले नकार्न सक्ने अवस्था समेत छैन । हिन्दी फिल्म रिलिज हुँदा नेपालका सिङ्गलदेखि मल्टीप्लेक्स हलहरुमा देखिने दर्शकको भिडले समेत यही संकेत गर्छ । त्यतिमात्र होईन नेपालमा हिन्दी सिरियलको दबदबा पनि उत्तिकै छ । पछिल्लो प्रमाणका रुपमा युट्युब ट्रेण्डिङलाई आधार बनाउन सकिन्छ । अधिकांश समय नेपाली युट्युब ट्रेण्डिङमा हिन्दी फिल्मले कब्जा जमाउने गर्छ । यस सामाग्रीमा हामीले कुनै समय नेपाली युट्युब सर्भरमा पहिलो, दोस्रो र तेस्रो नम्बरमा नै कब्जा जमाउन सफल २ हिन्दी चलचित्रहरुका बारेमा चर्चा गरेका छौँ । भिआईपी–२ लल्कार र हिन्दी चलचित्र सञ्जुको ट्रेलर र गीतले कुनै समय एकैपटक ट्रेण्डिङ कब्जा गरेको थियो ।

नम्बर १ – भिआईपी–२ लल्कार : युट्युब ट्रेण्डिङको १ नम्बरमा पर्न सफल हिन्दी डब्ड चलचित्र ‘भिआईपी–२ लल्कार’लाई अहिले पनि युट्युबमा हेर्न सकिन्छ । साउथ ईण्डीयन चलचित्र ‘भेलाईल्ला पत्ताधारी–२’ को हिन्दी भर्सनको यस चलचित्रमा चर्चित नायक धनुष र चर्चित बलिउड नायिका काजोलको मूख्य भूमिका रहेको छ । सौन्दर्य रजनीकान्तको निर्देशनमा बनेको चलचित्रमा अमला पउलको पनि मूख्य भूमिका रहेको छ । युट्युब ट्रेण्डिङका समयमा यस भिडियोलाई १ करोड ३७ लाख ३७ हजारभन्दा बढी पटक हेरिएको थियो । भिडियोमा १०६ के लाईक र २ हजार १ सयभन्दा बढी कमेन्टहरु गरिएका थिए । तर यो सामाग्री तयार पार्दाको समयमा भने उक्त च्यानलले यो भिडियोको हिन्दी डब्ड भर्सन हटाएको छ भने अन्य विभिन्न च्यानलहरुले यसलाई अपलोड गरेका छन् । यसको ओरिजीनल तेलुगु भर्सनमा भने यो सामाग्री तयार पार्दाको समयमा ४८ लाख १९ हजारभन्दा बढी भ्यूज छ । चलचित्रलाई ११ हजार लाईक र १ हजार ६ सय डिसलाईक प्राप्त भएका छन् ।

नम्बर २– हिन्दी चलचित्र ‘सञ्जु’ को ट्रेलर र गीत : हिन्दी चलचित्र ‘सञ्जु’ ले बलिउडमा धमाका मच्चाईसकेको छ । ट्रेण्डिङमा परेको समयमा हिन्दी मूभि ‘सञ्जु’ को ‘मै बढिया तु भी बढिया’ बोलको गीत दोस्रो नम्बरमा परेको थियो । चर्चित बलिउड स्टार सञ्जय दत्तको बायोपिककामा बनेको चलचित्रको यो गीतमा रणविर कपुर र सोनम कपुरको मूख्य अभिनय छ । गीतमा सोनु निगम र सुनिधि चौहानले आवाज दिएका छन् । रोहन–रोहनको संगीत रहेको यस गीतको शब्द पुनित शर्माले लेखेका हुन् । उक्त समयमा भिडियोलाई १ करोड ३३ लाख ४२ हजार भन्दा बढी पटक हेरिएको थियो । भिडियोमा २०३ के लाईक र १४ हजार ४ सयभन्दा बढी कमेन्टहरु गरिएका थिए । अहिले यो सामाग्री तयार पार्दाको समयमा चलचित्रको यस गीतलाई ६ करोड ३६ लाख ६५ हजारभन्दा बढी पटक हेरिएको छ ।

२ लाख ५६ हजार लाईक र ३१ हजार डिसलाईक भएको यस गीतमा करिब ९ हजार कमेन्टहरु गरिएका छन् । त्यस्तै उक्त समयमा युट्युब ट्रेण्डिङको ३ नम्बरमा पर्न सफल हिन्दी मूभि ‘सञ्जु’ को ट्रेलरले पहिलो र दोस्रो स्थान समेत कब्जा गरेको थियो । उक्त समयमा ३ करोड ६० लाखभन्दा बढी पटक हेरिएको यस ट्रेलरलाई अहिले यो सामाग्री तयार पार्दाको समयमा ६ करोड ९७ लाख ९२ हजारभन्दा बढी पटक हेरिएको छ । ट्रेलरमा ९ लाख १८ हजार लाईक र ४१ हजार डिसलाईकहरु गरिएका छन् । भिडियोमा ८३ हजार कमेन्टहरु गरिएका छन् । चलचित्रमा रणविर कपुरसँगै परेश रावल, मनिषा कोईराला, अनुष्का शर्मा, सोनम कपुर, दिया मिर्जा, बोमन इरानी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् । चलचित्र बिनोद चोपरा फिल्म्स र राजकुमार हिरानी फिल्म्सको ब्यानरमा फक्स स्टार स्टुडियोको सहकार्यमा निर्माण भएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*