
पदमपोखरीका गायक धिरेन लामालाई ‘पब्लिक च्वाईस अवार्ड’

मकवानपुर, २६ साउन । गायक धिरेन लामालाई ‘बेस्ट मेल सिंगर–पब्लिक च्वाईस अवार्ड’ प्राप्त गरेका छन् । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी निवासी गायक लामाले थाईल्याण्डको बैँककमा जम्बुलिङ फिल्म्स प्रालिद्वारा आयोजित ‘जम्बुलिङ ईन्टरनेसनल अवार्ड २०१९’ अन्तर्गत उक्त अवार्ड प्राप्त गरेका हुन् ।
उनी लोक पप विधाबाट नोमिनेसनमा पर्दै उनको चर्चित गीत ‘लेककी कान्छी’ बाट अवार्ड जितेका हुन् । धिरेनकै शब्द तथा संगीतमा तयार भएको गीतलाई अमृत ल्वागुनले एरेञ्ज गरेका हुन् । गीतको म्युजिक भिडियोमा धिरेनसँगै सबिना ब्लोन र रमेश मोक्तानले अभिनय गरेका छन् । धिरेनले यही गीत समावेश ‘बेष्ट अफ लामा धिरेन’ एल्बमबाट औपचारिक रुपमा नेपाली साँगितिक आकाशमा पाईला चालेका हुन् ।
मकवानपुर तामाङ कलाकार समाजका संस्थापक अध्यक्ष समेत रहेका धिरेनले सेलो गीत, लोक सेलो , रक पप , आधुनिक लगायतका आधा दर्जनभन्दा बढी गीतमा आफ्नो आवाज दिएका छन् ।
यो पनि हेर्नुहोस्
मोबाईलबाट युट्युब च्यानल बनाउने तरिका
मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु
युट्युबमा ‘भद्रगोल’ को ट्रेण्डिङ रेकर्ड
युट्युबमा हरेक दिन लाखौँ भिडियोहरु अपलोड भइरहेका हुन्छन् । युट्युबमा अपलोड हुने भिडियोको तथ्याङ्क हेर्ने हो भने हामी सबैलाई अचम्म लाग्न सक्छ किन कि युट्युबमा हरेक दिन लाखौँ भिडियोहरु अपलोड हुने गरेका छन् । पछिल्लो समय नेपाली युट्युबरहरुका समेत भिडियो ट्रेण्डिङमा पर्ने र केही आम्दानीसमेत हुन थालेपछि अहिले नेपालमा समेत भिडियो बनाउने र युट्युबमा अपलोड गर्ने ट्रेण्ड नै चलेको छ । तर सबै भिडियो सफल बनाउन र ट्रेण्डिङमा पार्न भने त्यति सजिलो छैन । कुनै पनि भिडियो ट्रेण्डिङमा पर्नुमा दर्शककै ठूलो हात हुन्छ त्यसैले भिडियोले दर्शकको मन छोयो भने मात्र सफल हुन सम्भव छ । नेपालको परिपेक्षमा हेर्ने हो भने अहिले युट्युबरहरुले मानविय समवेदनालाई चटक्कै भुलेर पैसा कमाउने बाहाना मात्र खोजेको आरोप लाग्न सुरु भएको छ । किन कि युट्युमा ट्रेण्डिङमा परेका केही भिडियोका युट्युबरहरुले पारिवारिक सम्बन्ध, हत्या लगायतका विषयलाई प्रमुख बनाउन थालेका छन् ।
तर सधैँ त्यस्तै भिडियोले मात्र युट्युबमा कब्जा जमाउँदैन । युट्युबमा भिडियो ट्रेण्डिङमा पार्न सहज नहुने अवस्थामा पनि नेपालकै एउटा टिभी सिरियलको हरेक एपिसोड हरेक हप्ता युट्युब ट्रेण्डिङमा पर्छ । उक्त चर्चित टेलिसिरियल हो ‘भद्रगोल’ । बिगत १ वर्षभन्दा अघिदेखि ‘भद्रगोल’ का हरेक हप्ताका फरक एपिसोडहरु युट्युब ट्रेण्डिङमा पर्न सफल भएका छन् । उदाहरणका लागि गत साता अर्थात मे १० तारिखमा युट्युबमा अपलोड भएको यस सिरियलको पछिल्लो भाग अझै युट्युब ट्रेण्डिङमा छ ।
एक नम्बर ट्रेण्डिङ सम्म पुगेको यो एपिसोड यो सामाग्री तयार पार्दाको समयमा युट्युब ट्रेण्डिङको नम्बर ८ मा छ । यो भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा १४ लाख ६० हजारभन्दा बढी पटक हेरिएको छ भने भिडियोमा २ हजार ४ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । यो उक्त सिरियलको २ सय १० औँ भाग हो जुन नेपाल टेलिभिजनमार्फत प्रसारण भएको थियो । भिडियोमा २४ हजार लाईक र २ हजार डिसलाईकहरु गरिएका छन् । निकै नै चर्चामा रहेको यो टेलिसिरियललाई रामसार मिडियाले युट्युबमार्फत सार्वजनिक गरेको हो । मिडिया हबको निर्माणमा बनेको सिरियलका पात्रहरु समेत निकै नै चर्चित छन् । जेपिटि क्रियशन ब्यानरमा निर्माण हुँदै आएको सिरियलमा अर्जुन घिमिरे, कुमार कट्टेल, कमलमणि नेपाल, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, अशोक धिताल, सागर लम्साल, हरि निरौला, गोबिन्द कोइराला, दिपक आचार्य लगायतका कलाकारहरुको अभिनय रहेको छ । ग्रामिण परिवेशलाई हाँस्य शैलीमा प्रस्तुत गरिएको सिरियललाई धेरैले रुचाउने गरेका छन् ।
सिरियललाई कुमार कट्टेल र अर्जुन घिमिरेले लेख्ने गरेका छन् भने निर्देशन समेत उनीहरुले नै गर्ने गरेका छन् । निर्देशनमा दिपक आचार्यको समेत हात रहने गरेको छ । सागर खड्काले खिचेको सिरियलको शिर्ष गीत चर्चित गायक राजेश पायल राईले गाएका छन् भने संगीत राजेन्द्र श्रेष्ठको रहेको छ । सिरियलका जिग्री, पाँडे, जयन्ते लगायतका पात्रहरु निकै नै चर्चित छन् ।