नायिका वर्षा थिङलाई ‘बेस्ट मोडल–तामाङ सेलो अवार्ड’

२६ श्रावण २०७६, आईतवार २१:१७

मकवानपुर, २६ साउन । पछिल्लो समय विभिन्न म्युजिक भिडियोका साथै नेपाली कथानक चलचित्र ‘सत्या’ बाट चर्चामा आएकी नायिका वर्षा थिङले ‘ बेस्ट मोडल–तामाङ सेलो (फिमेल) अवार्र्ड’ जितेकी छिन् । जम्बुलिङ फिल्मस् प्रा.लिको आयोजनामा थाईल्याण्डको बैँककमा सम्पन्न ‘जम्बुलिङ ईन्टरनेसनल अवार्ड २०१९’ अन्तर्गत उनले यो अवार्ड जितेकी हुन् ।

नोमिनेसनमा परेका अन्य मोडलहरुलाई पछि पार्दै वर्षाले अवार्ड हात पारेकी हुन् । उनले तामाङ सेलो ‘हेई गोरी मैच्याङ’ बाट अवार्ड हात पारेकी हुन् । दिल्पु मोक्तानको आवाजमा रहेको यो गीतमा वर्षासँगै सोनाम पाख्रिनले अभिनय गरेका छन् । कविन्द्र मोक्तानको शब्दमा रहेको गीतलाई चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीले सँगीत भरेका छन् । अवार्ड जितेसँगै उनले आफ्ना दर्शक तथा शुभचिन्तकहरुलाई सामाजिक सञ्जाल फेसबुक मार्फत धन्यवाद दिएकी छिन् ।

यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म भाग–५ प्रेम कहिल्यै मर्दैन

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

तामाङ चलचित्र ‘घ्रान’ को ट्रेलरलाई आधा लाख भ्यूज

केही समयअघि नेपालका विभिन्न स्थानमा प्रदर्शनमा आई चर्चा कमाउन सफल तामाङ चलचित्र ‘घ्रान’ अर्थात ‘कसम’को ट्रेलर भ्यूज आधा लाख कटेको छ । लभ–एक्सन दृश्यहरुले भरिएको ट्रेलरलाई यो सामाग्री तयार पार्दाको समयमा ५१ हजार ७ सयभन्दा बढी पटक हेरिएको छ । ट्रेलरमा ७ सयभन्दा बढी लाईक र एक सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । बुढासुब्बा डिजिटलले चलचित्रको ट्रेलर सार्वजनिक गरेको थियो ।

नायक सागर घिसिङको दोहोरो भूमिका रहेको चलचित्रमा नायिका सुष्मा मोक्तानको समेत एक्सन दृश्य समावेश छ । चलचित्रका मुख्य खलपात्रका रुपमा देखिएका विकास स्याङ्तानको खतरनाक अवतार पनि चलचित्रमा समावेश छ । चलचित्रमा अमृत लामा र सागर घिसिङको कथा छ । चलचित्रमा सागर र सुस्मासँगै चर्चित नायिका सुकुमाया मोक्तान, शम्भु घिसिङ, विकास स्याङतान, सुनिता थिङ,पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ, रामचन्द्र तामाङ, कर्मा घिसिङ, कुन्साङ तामाङ, योगेश मोक्तान, सरोज तामाङ, प्रशान्त तामाङका साथै अन्य कलाकारहरुको समेत अभिनय रहेको छ ।

चलचित्रका तिङ मी ढुकढुक, सारी आरे लगायतका गीतहरु चर्चित बनेका छन् । तामाङ जातिको संस्कृति तथा भाषा संरक्षणका उद्देश्यले मोक्तान फिल्मस् प्रालिद्वारा निर्मित चलचित्रले तामाङ समुदायको कथा बोकेको छ । तामाङहरुको बाहुल्यता रहेको ओखलढुंगाको मुलखर्क लगायतका स्थानमा छायांकन गरिएको चलचित्रलाई राम घिसिङ, शम्भु घिसिङ, र सागर घिसिङले निर्माण गरेका छन् । त्यस्तै निर्देशन जनक गुरुङले गरेका छन् । चलचित्रको छायांकन बिक्रम लामा र सम्पादन बज्र न्यासुरले गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*