‘छमछमी’ को टप ११ मा हेटौँडाकी सन्ध्या, अझै भोट गरौँ

२६ श्रावण २०७६, आईतवार ०६:३७

मकवानपुर, २६ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमाने निवासी सन्ध्या आचार्य नेपाल टेलिभिजनबाट प्रसारण हुने मेगा डान्स रियालिटी शो ‘रियो छमछमी सिजन ४’ को उत्कृष्ट ११ मा पुग्न सफल भएकी छिन् । साउन २५ गते भएको प्रस्तुतिबाट उनी उत्कृष्ट ११ को छनौट भएकी हुन् । दर्शकहरुको भोटका कारण आफु उत्कृष्ट ११ मा पुग्न सफल भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत सबैलाई धन्यवाद दिएकी छिन् । साथै उत्कृष्ट १० मा पुराउनका लागि पनि भोट गरिदिनका लागि उनले सबैलाई आग्रह गरेकी छिन् ।

मकवानपुरबाट एक मात्र दाबेदारका रुपमा रहेकी सन्ध्यालाई जिताउन म्यासेज बक्समा CC लेखी एक स्पेस छोडेर उनको भोटिङ कोड ०८ टाईप गरी ३१००९ मा पठाउनुपर्ने छ । हेटौँडामा लामो समयदेखि सञ्चालनमा रहेको सृजना कला केन्द्रमा नृत्य प्रशिक्षण लिँदै गरेकी सन्ध्याले देशभरीका २० हजारभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट ११ मा स्थान सुरक्षित गरेकी हुन् । छमछमीको तेस्रो सिजनमा पनि उत्कृष्ट ५० सम्म पुग्न सफल भएकी उनलाई यो सिजनको विजेताको दाबेदारका रुपमा हेरिएको छ ।

बुवा विष्णुप्रसाद आचार्य र आमा आसादेवी आचार्यका जेठी छोरीका रुपमा जन्मिएकी सन्ध्याले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्नुका साथै विभिन्न व्यवसायिक विज्ञापनहरुमा समेत अभिनय गरेकी छिन् । मकवानपुर बहुमुखी क्याम्पसमा बि.एस.सी. तेस्रो वर्षमा अध्ययनरत सन्ध्या मकवानपुरका चर्चित खेलाडी पनि हुन् । उनले राष्ट्रिय प्रतियोगितामा पनि खेल्न सफल भइसकेकी छिन् ।

यो पनि हेर्नुहोस्

यसरी गरौँ सन्ध्यालाई भोट

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

तामाङ चलचित्र ‘देन्ब माया’ लाई करिब ५ लाख भ्यूज

तामाङ भाषाको चलचित्र ‘ देन्ब माया’ अर्थात साँचो प्रेमलाई करिब ५ लाख भ्यूज प्राप्त भएको छ । अङ्ग्रेजी भाषामा समेत सबटाईटल राखी युट्युब मार्फत सार्वजनिक भएको चलचित्रलाई यो सामाग्री तयार पार्दाको समयमा ४ लाख ८४ हजार ९ सय ५६ भन्दा बढी पटक हेरिएको छ । चलचित्रमा २ हजार ७ सय लाईक र ३ सय ७६ डिसलाईकहरु गरिएका छन् । चलचित्रमा ४ सय २५ भन्दा बढी कमेन्टहरु गरिएका छन् ।

हाईलाईट्स नेपालको अफिसियल युट्युब च्यानलमार्फत सन् २०१८ को जनवरीमा सार्वजनिक गरिएको यस चलचित्रलाई ‘तामाङ सुपर स्टार डम्फु मिडिया’ ले निर्माण गरेको हो । चलचित्रलार्य चर्चित नायक अमिर दोङले निर्देशन गरेका हुन् । चलचित्रमा अमिर दोङसँगै तेमाल सिं तामाङ, सिता थिङ, सुस्मा मोक्तान, कुईसाङ रुम्बा, पदम दोङ, नोर्साङ दोङ, दिपेन्द्र लोप्चन मुरली, हुत्त सञ्जय लामा, मेलिना प्रजा, अञ्जुली लोप्चन, सुरधोज मोक्तान, पुजा थिङ, सोनी घिसिङ, संगम थोकर, छ्योईसाङ लामा, दोर्जे लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

दिपेन्द्र लोप्चन मुरली र रञ्जिता तामाङ निर्माता रहेको चलचित्रमा कुईसाङ रुम्बा र सिताराम गोले कार्यकारी निर्माता रहेका छन् । राजु तामाङको द्वन्द रहेको चलचित्रको कथा लेखन, पटकथा तथा संवाद ऋतुराज पाख्रिनले लेखेका हुन् । चलचित्रलाई अभिषेक माझी र विक्रम लामाले खिचेका हुन् । दिपक तामाङ र सुआङ दोङको कोरियाग्राफी रहेको चलचित्रलाई विक्रम लामाले सम्पादन गरेका हुन् । चलचित्रमा जोगलाल लामा र विशाल काल्तानको संगीत रहेको छ । चलचित्रका गीतहरुमा चन्द्रकुमार दोङ, विशाल काल्तान, आसुशेन लामा, जोगलाल लामा, बिरेन तामाङ, निर्मला घिसिङ, जितु लोप्चन र अञ्जु थोकरको आवाज सुन्न सकिन्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*