‘फ्याङ्ला माया’ को यति रोमाञ्चक भिडियो

२५ श्रावण २०७६, शनिबार २१:२६

मकवानपुर, २५ साउन । टिकटक जस्तो बहुचर्चित सोसल मिडियामा निकै नै रुचाइएको तामाङ गीत ‘फ्याङ्ला माया’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएसँगै यसलाई दर्शकले रुचाएका छन् । चर्चित गायक अजय लामा र चर्चित गायिका जितु लोप्चनको सुमधुर आवाजमा सजिएको गीतमा युवापुस्तामाझ चर्चित नायक सागर घिसिङ र मोडल ममता मोक्तानले अभिनय गरेका छन् ।

युगल जोडीबिचको प्रेमिल प्रेमालाप र स–साना रिस तथा फकाईका शब्दहरु समावेश गीतलाई चर्चित गायक तथा संगीतकार विशाल काल्तानले लेखेका हुन् । गीतलाई काल्तानले नै संगीत भरेका छन् । गीतको म्युजिक भिडियोमा सागर र ममताको रोमाञ्चक अभिनय हेर्न सकिन्छ । केमेष्ट्री मिलेका यी जोडीलाई चर्चित निर्देशक अजय स्याङ्तानले फ्रेममा उतारेका छन् । बिक्रम मोक्तानको छायाँकनमा तयार भएको भिडियोलाई रमेश लामा र जेबिना लामाले निर्माण गरेका हुन् ।

चान्द सिंहको एरेञ्ज तथा गोविन्द सोनीको मिक्सिङमा तयार भएको गीतको भिडियो द अजय स्याङ्तान फिल्म्सको पोष्ट प्रोडक्सनमा तयार भएको हो । गीतलाई जेनरिक स्टुडियोमा रेकर्ड गरिएको हो । हेरौँ भिडियो–

यो पनि हेर्नुहोस्
कति गर्ने लफडा ?

आमाको सम्झनामा अनु गौतमको गीत सार्वजनिक

नव गायिका अनु गौतमले आमालाई सम्झँदै विशेष गीतको कभर भिडियो सार्वजनिक गरेकी छिन् । बलिउडका चर्चित गायिका लता मंगेश्करको आवाजमा सजिएको ‘तु कित्नी अच्छी है’ बोलको गीतको कभर भर्सन उनले सार्वजनिक गरेकी हुन् । एन.एम.आई. प्रोडक्सनले तयार पारेको कभर भर्सनमा अनुको आवाजलाई सुहाउने गरी सुमन तामाङले म्युजिक एरेञ्ज गरेका छन् । गीतलाई हेटौँडा ५ सानोपोखरामा अवस्थित न्याटिभ स्टुडियोमा रेकर्ड गरिएको हो ।

लामो समयदेखि गीतसँगीतका क्षेत्रमा संघर्षरत अनुले यस अघि पनि आफ्ना पहिलो गीतको एल्बम सार्वजनिक गरेकी थिईन् । अडियो भर्सन मात्र सार्वजनिक भएको उनको गीतको म्युजिक भिडियो भने बन्न बाँकी छ । अनु ठोरीमा जन्मघर भई मकवानपुरलाई कर्मथलो बनाएकी नव गायिका हुन् ।

यो बहुचर्चित गीतलाई यसअघि पनि थुप्रै हिन्दी तथा नेपाली गायक गायिकाहरुले कभर बनाईसकेका छन् । केही समयअघि चर्चित गायिका नेहा कक्करले समेत यसको कभर बनाएकी थिईन् । लता मंगेश्करको ओरिजिनल आवाजमा समावेश यस गीतलाई सन् १९६८ मा सार्वजनिक गरिएको ‘राजा और रंक’ नामक चलचित्रमा समावेश गरिएको थियो । लक्ष्मीकान्त प्यारेलालको संगीत रहेको गीतलाई आनन्द बक्षीले लेखेका थिए । चलचित्रमा सञ्जीव कुमार, निरुपा रोय र महेश कोठारेको मुख्य अभिनय रहेको थियो । चलचित्रलाई कोटाया प्रत्यागत्माले निर्देशन गरेका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*