हेटौँडामा युवाहरुका लागि एकिकरण सिद्धान्तमा आधारित तालिम सुरु

२५ श्रावण २०७६, शनिबार २१:४२

मकवानपुर, २५ साउन । विश्व शान्ति तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघ—नेपाल, हेटौँडा शाखाको आयोजनामा ३ दिने ‘एकिकरण सिद्धान्तमा आधारित ३ दिने युवा नेतृत्व तालिम ’ शनिबारदेखि हेटौँडामा सुरु भएको छ । यस अघि पनि ३ दिने सेमिनार गरेको संस्थाले यस पटक तालिमको आयोजना गरेको हो । सेमिनारमा यूवाहरुलाई तीन दिन सम्म एकीकृत सिद्धान्त र जीवनशैलीका बारेमा प्रशिक्षण दिईने संघका हेटौंडा संयोजक सुवास लामाले जानकारी दिनुभयो ।

३ दिनसम्म चल्ने तालिममा नैतिकता, पवित्रता र मानव जिम्मेवारी जस्ता विषयवस्तुमा आधारित भएर प्रशिक्षण दिईने छ । शनिबार भएको प्रशिक्षणमा संघका हेटौँडा संयोजक सुवास लामा र युवा अभियान्ता एक्का घिसिङले प्रशिक्षण दिएका छन् । तालिममा ४० जनाभन्दा बढी युवायुवतीहरु सहभागी छन् । चरित्रवान् व्यक्ति नै असल परिवार, समाज, समुदाय, राष्ट्र र विश्वको खम्बा भएकाले व्यक्तिगत चरित्रको विकास विना उच्च स्तरीय सभ्यता र दीगो एवं सार्थक विकास असम्भव भएको निश्कर्ष निकाल्दै यसका लागि व्यक्तिगत तहदेखि नै तयारी गर्ने अभिप्रायले कार्यक्रम गरिएको जानकारी दिइएको छ । उचित ज्ञान र शिक्षाको अभावमा अपराध र विकृति बढ्ने कुरातिर जोड दिँदै कार्यक्रम संयोजक लामाले त्यस्ता कुराहरुलाई रोक्नु मात्र नभई युगलाई अगाडि हाँक्ने जनशक्ति पनि आजको टड्कारो आवश्यकता भएको बताउनुभयो । त्यसको जिम्मेवारी बोध गरेर यो तालिम संचालन गरिएको लामाले बताउनुभयो ।

यस अभियानले युुवाहरुमा देखिएको भौतिक विलासिता र धार्मिकतालाई लत्याएको अवस्थामा युुवा अन्तस्करणमा पुग्न गएका असरलाई मध्यनजर गर्दै नैतिक एवं वैचारिक विचलनमा सुधार ल्याउने उद्देश्यले चेतनामूलक, शिक्षामूलक एवम् सेवामूलक विविध कार्यक्रमहरु अन्तर्गत सेमिनार तथा गोष्ठीहरु देशव्यापीरुपमा संचालन गर्दै आईरहेको छ ।

यो पनि हेर्नुहोस्
नेपाल आईडलकी स्वस्तिकाले भुतुक्कै पारिन्

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

तामाङ गीत ‘छामे गोर्ङ्हा’ चर्चित बन्दै

‘छामे गोर्ङ्हा’ बोलको तामाङ गीत चर्चित भएको छ । को म्हेन्दो मिडिया हाउसको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको म्यूजिक भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा ५५ हजार ७ सयभन्दा बढी पटक हेरिएको छ । गीतमा करिब १ हजार लाईक र एक सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

गीतमा चर्चित गायक युनिक दोङ र चर्चित गायिका जितु लोप्चनले आवाज दिएका छन् । गीत सानुबाबु घिसिङको शब्द संगीतमा तयार भएको हो । गीतको म्यूजिक भिडियोमा कुमार मोक्तान, सीता थिङ, गोकुल तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*