साहित्यकार मसान उपासकको ‘घामको बाछिटा’ (भिडियो)

२४ श्रावण २०७६, शुक्रबार २१:३५

मकवानपुर, २४ साउन । पछिल्लो समय नेपाली साहित्यमा कविता लेखिरहेका मसान उपासकको कविता घामको बाछिटा कविता आएको छ । यो कविता जिवनको समग्र चक्रलाई घामसँग तुलना गरिएको छ । समग्र जीवन भनेको घामको जस्तै हो भन्न खोजिएको छ । जसरी घाम कहिले उज्यालिन्छ, कहिले अध्याँरिन्छ, कहिले छेकिन्छ , ठिक जीवन पनि त्यस्तै हो । यो कविताले त्यही बोल्छ । र अन्त्यमा थोरै घाम पर्दा पनि जीवन खुशी हुन्छ भनिएको छ जसले मान्छे थोरै उपलब्धिमा पनि खुशी हुन्छ भन्न खोजिएको छ । हेरौँ यो कविता–

घामको बाछिटा
–मसान उपासक
घाम
म उठ्दा पुर्वबाट उदाउँदै हुन्छ
काम गर्दा ठिक टाउकोमा उदाउँछ
साँझ घर फर्कँदा हराई सकेको हुन्छ ।

यता रुझेर झरीमा हिडिँरहेकी सान्नानीले
कसरी सम्झि होलि पहिलो स्पर्श
उता अरब भाषिएको सानुकान्छाले
कसरी सह्यो होला घामको तेज

सोलुबाट अन्जनाले मागिरहेकिछे
अलिकति घामको न्यानो
मेरो सानो छोरो देखाईरहेछ घाम
र मागिरहेछ आफ्नो हत्केलामा

बाँच्नुमा यस्तो आनन्द पनि छ
एकै चिज फरक स्वाद दिन्छ
जस्तो म
एक प्रेमी
एक छोरा
एक भाइ
एक बाबू
एक पति
एक साथी
एक जनता
एक भोट

यतिबेला
बन्द कोठामा सोचिरहेको छु
जिन्दगीमा पुर्ण घाम कहिले भेटिएला
म बाछिटामा पनि यति भिजिसकेको छु ।
बकैया–४ मकवानपुर

यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म भाग–५ प्रेम कहिल्यै मर्दैन

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

नेपाल आईडलका मिनराज र कृशलको नयाँ गीत यस्तो बन्यो

नेपाल आईडल सिजन २ मा भाग लिएर राम्रो जोडी बनेका मिनराज पौडेल र कृशल कडेँलले एकसाथ एउटै गीतमा आवाज दिएका छन् । नेपाल आईडलको दोस्रो सिरिजमा गोल्डेन माईक बिजेता भएता पनि घाँटीमा आएको समस्याका कारण मिनराज शोबाट बाहिँरिदा कृशल निकै रोएका थिए । तर उनीहरु दुबैले आफ्नो मित्रतालाई पूनः एउटै गीतमार्फत देखाउने मौका पाएका छन् । उनीहरु दुबैको युगल गीतको म्यूजिक भिडियो समेत युट्युबमार्फत सार्वजनिक गरिएको छ । गीतमा मिनराज र कृशलसँगै चर्चित मोडल करिष्मा ढकालले अभिनय गरेका छन् । ‘बरिलै’ बोलको उक्त गीतको म्युजिक भिडियो गीतकार नृपेश उप्रेतीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतमा नृपेशकै संगीत रहेको छ । गीत गजल लेखनमा सक्रिय गीतकार नृपेशले आफैले संगीत भरेको यो पहिलो गीत हो । लोक फ्युजन शैलीमा निर्मित गीतमा गायक तथा संगीतकार पुरुषोत्तम सुवेदीले संगीत संयोजन गरेका छन् । किशोर थापाको मिक्सिङ र मास्टरिङ रहेको गीतका रेकर्डिष्ट राजेश श्रेष्ठ हुन् । गीतलाई ए वन म्युजिसियनमा रेकर्ड गरिएको हो । गीतमा सञ्जीव बराईलीले गीतार, सञ्जीव मैनालीले बाँसुरी र पोषण घर्ती मगरले मादल बजाएका छन् ।

म्युजिक भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा १ लाख ५७ हजार भन्दा बढी पटक हेरिएको छ । गीतमा १४ हजार लाईक गरिएका छन् भने करिब १ हजार कमेन्टहरु गरिएका छन् । म्युजिक भिडियोलाई प्रविण थापाले निर्देशन गरेका हुन् । नमराज घिमिरेको छायाँकन रहेको म्युजिक भिडियोलाई शक्ति प्रज्वल घिमिरेले सम्पादन तथा कलर गरेका हुन् । बिमला तामाङले कलाकारहरुलाई सिँगार्न मेहनत गरेकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*