प्रगति माविमा विद्यार्थीहरुलाई बिमा सम्बन्धी अभिमुखीकरण

२४ श्रावण २०७६, शुक्रबार १४:०९

आशिष खतिवडा, मकवानपुर, २४ साउन । मकवापनुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा अवस्थित प्रगति माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई बिमासम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई विमाका विभिन्न प्रकार तथा पक्षहरुका बारेमा अभिमुखीकरण गरिएको हो ।

प्रत्येक महिनाको एक पटक विद्यार्थीलाई विद्यालय पाठ्यपुस्तकमा समावेश भएको विषयसँग सम्बन्धित रहेर अतिरिक्त क्रियाकलापको आयोजना गर्ने उदेश्य राखेको विद्यालयले सोही कार्यक्रम अन्तगर्त अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका बारेमा प्रष्ट पार्दैै विद्यालयका सहायक प्राचार्य किशोर पराजुलीले हरेक महिना विद्यार्थीहरुका लागि प्रयोगात्मक कार्यक्रमहरु आयोजना गरिने जानकारी दिनुभयो ।

शुक्रबार भएको अभिमुखीकरण कार्यक्रममा एसियन लाईफ ईन्सुरेन्सका ब्राञ्च म्यानेजर सञ्जय रेग्मीले विद्यार्थीहरुलाई विमा, विमाको प्रकार, यसका फाईदा र महत्वका विषयमा प्रकाश पार्नुभएको थियो । यस अघि गत महिनामा विद्यालयले विद्यार्थीहरुलाई हेटौँडा औद्योगिक क्षेत्रको भ्रमण गराएको थियो ।

यो पनि हेर्नुहोस्
एलिना चौहानका आफ्नै ४ गीतहरु

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

तामाङ गीत ‘छामे गोर्ङ्हा’ चर्चित बन्दै

‘छामे गोर्ङ्हा’ बोलको तामाङ गीत चर्चित भएको छ । को म्हेन्दो मिडिया हाउसको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको म्यूजिक भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा ५५ हजार ७ सयभन्दा बढी पटक हेरिएको छ । गीतमा करिब १ हजार लाईक र एक सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

गीतमा चर्चित गायक युनिक दोङ र चर्चित गायिका जितु लोप्चनले आवाज दिएका छन् । गीत सानुबाबु घिसिङको शब्द संगीतमा तयार भएको हो । गीतको म्यूजिक भिडियोमा कुमार मोक्तान, सीता थिङ, गोकुल तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

तामाङ चलचित्र ‘देन्ब माया’ लाई करिब ५ लाख भ्यूज

तामाङ भाषाको चलचित्र ‘ देन्ब माया’ अर्थात साँचो प्रेमलाई करिब ५ लाख भ्यूज प्राप्त भएको छ । अङ्ग्रेजी भाषामा समेत सबटाईटल राखी युट्युब मार्फत सार्वजनिक भएको चलचित्रलाई यो सामाग्री तयार पार्दाको समयमा ४ लाख ८४ हजार ९ सय ५६ भन्दा बढी पटक हेरिएको छ । चलचित्रमा २ हजार ७ सय लाईक र ३ सय ७६ डिसलाईकहरु गरिएका छन् । चलचित्रमा ४ सय २५ भन्दा बढी कमेन्टहरु गरिएका छन् ।

हाईलाईट्स नेपालको अफिसियल युट्युब च्यानलमार्फत सन् २०१८ को जनवरीमा सार्वजनिक गरिएको यस चलचित्रलाई ‘तामाङ सुपर स्टार डम्फु मिडिया’ ले निर्माण गरेको हो । चलचित्रलार्य चर्चित नायक अमिर दोङले निर्देशन गरेका हुन् । चलचित्रमा अमिर दोङसँगै तेमाल सिं तामाङ, सिता थिङ, सुस्मा मोक्तान, कुईसाङ रुम्बा, पदम दोङ, नोर्साङ दोङ, दिपेन्द्र लोप्चन मुरली, हुत्त सञ्जय लामा, मेलिना प्रजा, अञ्जुली लोप्चन, सुरधोज मोक्तान, पुजा थिङ, सोनी घिसिङ, संगम थोकर, छ्योईसाङ लामा, दोर्जे लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

दिपेन्द्र लोप्चन मुरली र रञ्जिता तामाङ निर्माता रहेको चलचित्रमा कुईसाङ रुम्बा र सिताराम गोले कार्यकारी निर्माता रहेका छन् । राजु तामाङको द्वन्द रहेको चलचित्रको कथा लेखन, पटकथा तथा संवाद ऋतुराज पाख्रिनले लेखेका हुन् । चलचित्रलाई अभिषेक माझी र विक्रम लामाले खिचेका हुन् । दिपक तामाङ र सुआङ दोङको कोरियाग्राफी रहेको चलचित्रलाई विक्रम लामाले सम्पादन गरेका हुन् । चलचित्रमा जोगलाल लामा र विशाल काल्तानको संगीत रहेको छ । चलचित्रका गीतहरुमा चन्द्रकुमार दोङ, विशाल काल्तान, आसुशेन लामा, जोगलाल लामा, बिरेन तामाङ, निर्मला घिसिङ, जितु लोप्चन र अञ्जु थोकरको आवाज सुन्न सकिन्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*