हेटौँडा ९ मा डेङ्गु बारे सचेतना

२४ श्रावण २०७६, शुक्रबार १४:००

आशिष खतिवडा, मकवानपुर, २४ साउन । पछिल्लो समयमा हेटौँडा उपमहानगरपालिकाका विभिन्न स्थानहरुमा डेंगु रोगको सक्रमण तिब्र रुपमा बढेपछि उपमहानगरभरि नै विभिन्न सचेतना कार्यक्रमहरु गर्न थालिएका छन् । यसै क्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ ले पनि आफ्ना वडावासीहरुमाझ सचेतना कार्यक्रमको सुरुवात गरेको छ । ९ नम्बर वडा कार्यालयको आयोजना र टोल विकास संस्थाको सहयोगमा कार्यक्रम भएको हो ।

शुक्रबार बिहान वडाका मिलन टोल विकास संस्था र कुष्माण्ड टोल विकास संस्थाका नागरिकहरुमाझ डेंगुका बारेमा सचेतना कार्यक्रमको आयोजना गरिएको छ । दुई वटा टोल विकास संस्थाका सदस्यहरुलाई डेंगुका बारेमा सचेत गराइएको वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले जानकारी दिनुभयो । टोल विकास संस्थामार्फत वडाका विभिन्न स्थानहरुमा यसको सचेतना बढाईने वडाको लक्ष्य छ । ९ नम्बर वडामा जस्तै उपमहानगरका विभिन्न स्थानहरुमा डेंगुबारे सचेतना कार्यक्रम निरन्तर भईरहेको छ ।

यो पनि हेर्नुहोस्
युरोपको हिमालको चुचुरोमा मिस नेपाल श्रृङ्खला खतिवडा (भिडियो)

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

चर्चित मोडल पुसन लामाको जीन्दगीको कथा–कभर भिडियोदेखि चलचित्रसम्मको यात्रा

सन लामा, नेपाली कलाकारिता क्षेत्रमा चर्चा बटुल्दै गरेकी कलाकारको नाम हो । विशेष गरी नृत्यमा पोख्त पुसनलाई पछिल्लो समय विभिन्न म्यूजिक भिडियो तथा चलचित्रहरुमा समेत देख्न सकिन्छ । सिन्धुलीमा जन्मिएर कलाकारिता क्षेत्रमा अग्रसर पुसनले चर्चित तामाङ चलचित्र ‘घ्रान’ मा समेत अभिनय गरेकी छिन् । त्यस्तै विभिन्न नेपाली तथा तामाङ भाषाका म्यूजिक भिडियोमा समेत उनको अभिनय देख्न सकिन्छ । औपचारिक रुपमा कुनै नृत्य तथा अभिनयको कक्षा नलिएपनि उनले कुशल नृत्याङ्गना र कलाकारको रुपमा आफुलाई उभ्याउन सफल भएकी छिन् ।

पुसन संयोगवश कलाकारिता क्षेत्रमा आईपुगिन् । मुर्चुङ्गा टिभीसँगको कुराकानीमा उनले कलाकारिता क्षेत्रमा लाग्दाका समयका रमाईला पलहरु समेत साझा गरिन् । ‘३ वर्षअघि म एउटा कार्यक्रममा सहभागी भएकी थिएँ, मलाई खासै निमन्त्रणा समेत थिएन । तर त्यहाँ कार्यक्रमको माहोलमा मलाई पनि डान्स गर्न मन लाग्यो,’ उनले भनिन्, ‘साथीलाई म पनि डान्स गर्छु नि मिल्छ भने भनेर मनको कुरा बताएँ, साथीले हुन्छ भने पछि मैले पनि त्यहाँ नृत्य प्रस्तुत गरेँ ।’
पुसनको कुशल नृत्य देखेर कलाकार आस्मान लोप्चनले उनलाई कभर भिडियोका लागि अफर गरे । कभर भिडियोमा सबैको मन जितेपछि कभर भिडियो हुँदै पुसनले म्यूजिक भिडियोहरुमा समेत अवसर पाईन् । अहिलेसम्म ११ वटा भन्दा बढी म्यूजिक भिडियो र २ वटा चलचित्रमा अभिनय समेत गरिसकेकी मोडल पुसनको पहिलो कभर म्यूजिक भिडियो तामाङ सेलो ‘छुकछुके’ हो । प्रेम लोप्चनको शब्द, संगीत र स्वरमा सजिएको यो गीतमा उनको अभिनय देख्न सकिन्छ । त्यस्तै उनको पहिलो चलचित्र चर्चित तामाङ चलचित्र ‘घ्रान’ हो । अहिले उनी ‘बज्र’ चलचित्रमा व्यस्त छिन् ।

सिन्धुलीमा बुवा चक्रबहादुर वाईबा र आमा माया वाईबाको माईली सन्तानका रुपमा जन्म लिएकी पुसनको परिवारमा आमाबुवा सहित एक जना दिदी र एक जना भाई समेत छन् । कलाकारिता क्षेत्रमा पहिले परिवारबाट चाहिए जति सहयोग नपाएपनि अहिले सबैले उनलाई सहयोग गरेको उनी बताउँछिन् । ‘पहिले त्यति सपोर्ट थिएन, तर अहिले मलाई धेरै सपोर्ट गर्नुहुन्छ,’ उनले भनिन्, ‘अहिले मैले यो फिल्डमै केही गर्न सक्छु भन्ने विश्वास दिलाउन सकेकी छु ।’ तामाङ चलचित्र संघको कार्यसमिति सदस्य समेत रहेकी पुसनले ‘छुकछुके’, ‘जोवन १६ को’, चर्चित गायिका मेलिना राईको ‘खुशी छौ र पनि’, हिरा लामाको ‘ल्याङ ल्याङ नगर’ लगायतका चर्चित म्यूजिक भिडियोहरुमा समेत अभिनय गरेकी छिन् । उनी अहिले विभिन्न कार्यक्रमहरुमा समेत सहभागी हुँदै आफ्नो नृत्य र अभिनयको जादु छर्दैछिन् । अभिनय र नृत्यमा जमेकी पुसनले भविष्यमा कलाकारितालाई नै निरन्तरता दिने सोच बनाएकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*