रिलायन्स स्कुलमा विद्यार्थीको आँखा जाँच

२२ श्रावण २०७६, बुधबार १६:२०

मकवानपुर, २२ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको रिलायन्स इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरुको लागी सञ्चालन गरिएको आँखा शिविर बुधबार सम्पन्न भएको छ । शिविर गएको १७ गते शुक्रबार र २२ गते बुधबार गरि दुईदिन सञ्चालन गरिएको हो ।

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण अन्तर्गत आँखा परीक्षण गरिएको विद्यालयकी अतिरिक्त कृयाकलाप संयोजक सुजिता श्रेष्ठले जानकारी दिइन् । हेटौँडा युवा अभियानको आयोजना र हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा भएको आँखा शिविरमा बुधबार कक्षा ५ देखी १० सम्मका विद्यार्थीहरुको आँखा परीक्षण गरिएको हो । बुधबारको शिविरमा कक्षा ५ देखी कक्षा १० सम्मका २ सय २० जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २४ जनामा आँखा समस्या देखिएको परीक्षणमा संलग्न सामुदायीक आँखा अस्पतालकी बरिष्ठ नेत्र साहायक रिना खड्गीले बताईन् । आँखामा समस्या भएकालाई आँखा अस्पतालमा थप उचारका लागी रेफर गरिएको छ ।

शिविरमा सामुदायीक अस्पतालका सिनियर नेत्र साहायक खड्गी सहित नेत्र साहायक सबिता क्षेत्री, आँखा स्वास्थ्य सेवक इन्द्रिका चौधरी, आइ बैंक प्राविधि अमेन्द्र कुमार शर्माको सहभागिता रहेको थियो । नियमित स्वास्थ्य परीक्षणबाट विद्यार्थीहरुमा स्वास्थ्य समस्या भए पत्ता लाग्ने र समयमै उपचार गर्न सजिलो हुने भएकाले विद्यालयमै शिविरको आयोजना गरिएको विद्यालयका निर्देशक रिषभलाल श्रेष्ठले बताए । यस्तै युवा अभियान हेटौँडाका संयोजक साकार शिवाकोटी शशिले युवा अभियानले गर्दै आएको विभिन्न सामाजिक कृयाकलाप अन्तर्गत विद्यार्थीहको आँखा शिविर सञ्चालन गरिएको जानकारी दिए ।

यो पनि हेर्नुहोस्
एउटा पिडादायी प्रेमकथा, बितेका पलहरु–१

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

चर्चित मोडल पुसन लामाको जीन्दगीको कथा–कभर भिडियोदेखि चलचित्रसम्मको यात्रा

सन लामा, नेपाली कलाकारिता क्षेत्रमा चर्चा बटुल्दै गरेकी कलाकारको नाम हो । विशेष गरी नृत्यमा पोख्त पुसनलाई पछिल्लो समय विभिन्न म्यूजिक भिडियो तथा चलचित्रहरुमा समेत देख्न सकिन्छ । सिन्धुलीमा जन्मिएर कलाकारिता क्षेत्रमा अग्रसर पुसनले चर्चित तामाङ चलचित्र ‘घ्रान’ मा समेत अभिनय गरेकी छिन् । त्यस्तै विभिन्न नेपाली तथा तामाङ भाषाका म्यूजिक भिडियोमा समेत उनको अभिनय देख्न सकिन्छ । औपचारिक रुपमा कुनै नृत्य तथा अभिनयको कक्षा नलिएपनि उनले कुशल नृत्याङ्गना र कलाकारको रुपमा आफुलाई उभ्याउन सफल भएकी छिन् ।

पुसन संयोगवश कलाकारिता क्षेत्रमा आईपुगिन् । मुर्चुङ्गा टिभीसँगको कुराकानीमा उनले कलाकारिता क्षेत्रमा लाग्दाका समयका रमाईला पलहरु समेत साझा गरिन् । ‘३ वर्षअघि म एउटा कार्यक्रममा सहभागी भएकी थिएँ, मलाई खासै निमन्त्रणा समेत थिएन । तर त्यहाँ कार्यक्रमको माहोलमा मलाई पनि डान्स गर्न मन लाग्यो,’ उनले भनिन्, ‘साथीलाई म पनि डान्स गर्छु नि मिल्छ भने भनेर मनको कुरा बताएँ, साथीले हुन्छ भने पछि मैले पनि त्यहाँ नृत्य प्रस्तुत गरेँ ।’
पुसनको कुशल नृत्य देखेर कलाकार आस्मान लोप्चनले उनलाई कभर भिडियोका लागि अफर गरे । कभर भिडियोमा सबैको मन जितेपछि कभर भिडियो हुँदै पुसनले म्यूजिक भिडियोहरुमा समेत अवसर पाईन् । अहिलेसम्म ११ वटा भन्दा बढी म्यूजिक भिडियो र २ वटा चलचित्रमा अभिनय समेत गरिसकेकी मोडल पुसनको पहिलो कभर म्यूजिक भिडियो तामाङ सेलो ‘छुकछुके’ हो । प्रेम लोप्चनको शब्द, संगीत र स्वरमा सजिएको यो गीतमा उनको अभिनय देख्न सकिन्छ । त्यस्तै उनको पहिलो चलचित्र चर्चित तामाङ चलचित्र ‘घ्रान’ हो । अहिले उनी ‘बज्र’ चलचित्रमा व्यस्त छिन् ।

सिन्धुलीमा बुवा चक्रबहादुर वाईबा र आमा माया वाईबाको माईली सन्तानका रुपमा जन्म लिएकी पुसनको परिवारमा आमाबुवा सहित एक जना दिदी र एक जना भाई समेत छन् । कलाकारिता क्षेत्रमा पहिले परिवारबाट चाहिए जति सहयोग नपाएपनि अहिले सबैले उनलाई सहयोग गरेको उनी बताउँछिन् । ‘पहिले त्यति सपोर्ट थिएन, तर अहिले मलाई धेरै सपोर्ट गर्नुहुन्छ,’ उनले भनिन्, ‘अहिले मैले यो फिल्डमै केही गर्न सक्छु भन्ने विश्वास दिलाउन सकेकी छु ।’ तामाङ चलचित्र संघको कार्यसमिति सदस्य समेत रहेकी पुसनले ‘छुकछुके’, ‘जोवन १६ को’, चर्चित गायिका मेलिना राईको ‘खुशी छौ र पनि’, हिरा लामाको ‘ल्याङ ल्याङ नगर’ लगायतका चर्चित म्यूजिक भिडियोहरुमा समेत अभिनय गरेकी छिन् । उनी अहिले विभिन्न कार्यक्रमहरुमा समेत सहभागी हुँदै आफ्नो नृत्य र अभिनयको जादु छर्दैछिन् । अभिनय र नृत्यमा जमेकी पुसनले भविष्यमा कलाकारितालाई नै निरन्तरता दिने सोच बनाएकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*