‘जाइरा’ मा नम्रताको आक्रोश, यस्तो बन्यो ट्रेलर

२२ श्रावण २०७६, बुधबार १६:०९

मकवानपुर, २२ साउन । चर्चित नायिका नम्रता श्रेष्ठको फरक भूमिकामा तयार भएको नेपाली कथानक चलचित्र ‘जाइरा’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा नम्रताको आक्रोश, बदला, प्रेम र एक्सन देख्न सकिन्छ । नम्रताको समेत लगानी रहेको चलचित्रमा नम्रतासँगै अनुप विक्रम शाही, प्रमोद अग्रहरी, श्रृजना रेग्मी, रेमनदास श्रेष्ठ, सुजाता श्रेष्ठ र सम्राट मगर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

आशुतोष राज श्रेष्ठको कथा तथा निर्देशनमा तयार भएको चलचित्रलाईलाई आउँदो भदौ ६ गते रिलिज गर्ने तयारी गरिएको छ । चलचित्रका निर्माता प्रनिता श्रेष्ठ र कारा श्रेष्ठ हुन् । सुजिल कर्मचार्यको ब्याग्राउण्ड स्कोर रहेको चलचित्रलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । हेरौँ ट्रेलर–

यो पनि हेर्नुहोस्
सरकारले अनलिमिटेड पैसा छाप्न किन मिल्दैन ?

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

वडा अध्यक्ष घलानको नमूना फुलबारीको चर्चा यसरी चुलियो (भिडियो)

‘राजनीतिमा लागेका व्यक्तिको हरेक दृष्टिकोण राजनीति गर्नमै केन्द्रित हुनेगर्छ, यो आम नेपालीको सोच हो । तर केही यस्ता नेताहरु छन् जो आफुलाई राजनीतिभन्दा परको जीन्दगीमा समेत अब्बल सावित गर्न सक्छन् र वास्तविक रुपमा समाजको आदर्शवान व्यक्तित्व बन्न सफल हुन्छन् ।

ललित घलान, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष हुन् । विद्यार्थी राजनीतिबाट समाज विकासका लागि अग्रसर भएका घलानले वडा नम्बर १२ हात्तिगौँडा पदमपोखरीमा पुष्पखेती गरेर फरक उदाहरण पेश गरेका छन् । हेटौँडामा नै पहिलो पटक व्यवसायिक रुपमा पुष्पखेती गरेका घलानले ७ कठ्ठा जग्गामा पुष्पखेती गरेका छन् । मकवानपुरसहित विभिन्न स्थानमा हुने कार्यक्रमका लागि माला उपलब्ध गराईरहेका घलानले स्थानीय स्तरमै बजार जमाएका छन् । दैनिक १ सय ५० वटा र सो भन्दा बढी माला वितरण गर्दै आएका घलानले ८० देखि १ सय रुपैयाँसम्ममा एउटा माला बिक्री गर्दै आएका छन् । एक महिनामा करिब एक लाखको पुष्पमाला बिक्री गर्न सफल घलानले पुष्पखेतीमा श्रीमती ललितासहित सिंगो परिवारको साथ पाएका छन् ।

काठमाडौँमा अवस्थित नर्सरीबाट १० हजार बिउ तयार पारी उनले पुष्प खेती सुरु गरेका हुन् । समाज विकासका लागि सक्रिय वडा अध्यक्षको छवि निर्माण गर्न सफल घलानले पुष्पखेती गरेर वैदेशिक रोजगारका लागि प्रवाश पुगेका युवाहरुलाई समेत एउटा आसा जगाई दिएका छन् । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*