तामाङ पत्रकार संघ मकवानपुरले तामाङ प्रसारण दिवसमा कार्यक्रम गर्ने

२० श्रावण २०७६, सोमबार १८:१२

मकवानपुर, २० साउन । तामाङ पत्रकार संघ मकवानपुर शाखाले आउँदो भदौ १ गते परेको २५ औँ तामाङ प्रसारण दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । मकवानपुर शाखा अध्यक्ष चन्द्र घलानको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले दिवसका अवसरमा तामाङ घेदुङ मकवानपुर शाखा, यसका नगर तथा गाउँपालिका कमिटिका साथै मकवानपुरमा रहेका तामाङ गुठीका नेतृत्व गरिरहेका बुद्धिजीविहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको हो ।

रेडियो नेपालमा पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण सुरु गरेको दिनको सम्झनामा मनाईदै आइएको तामाङ प्रसारण दिवसका अवसरमा यस अघि संघले सम्मान कार्यक्रमको आयोजना गरेको थियो । वरिष्ठ सञ्चारकर्मी पूर्णिमा गोलेलाई गत वर्ष तामाङ पत्रकारिता सम्मानबाट सम्मानित गरिएको थियो । यस वर्ष भने तामाङ बुद्धिजीवीसँग तामाङ सञ्चार र यसका प्रभाव लगायतका अन्य विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको शाखाका सचिव दिलबहादुर लामाले बताए । बैठकमा कार्य समिति सदस्यहरु जयराम मोक्तान, दिपकसिंह रुम्बा, सन्देश थिङ, भुवन घलान र कुमारी तामाङले विशेष जिम्मेवारी लिँदै कार्यक्रमका लागि तयारी गर्ने जिम्मेवारी लिएका छन् । कार्यक्रम नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सभाहलमा गरिनेछ ।

संघले आगामी दिनमा मकवानपुरका विभिन्न स्थानीय तहसँग समन्वय गरी तामाङ भाषा तथा सँस्कृतिसँग सम्बन्धित विविध कार्यक्रमहरु समेत गर्ने निर्णय गरेको छ । गाउँ गाउँमा तामाङ पत्रकारहरु उत्पादन गर्ने तथा समाचार लेखनका लागि गाउँमा नै सञ्चारकर्मीहरु उत्पादन गर्ने समेत संघले तयारी गरेको छ । यसका लागि कार्य समिति सदस्यहरुले गाउँपालिका, वडा तथा नगरसँग समन्वय गर्ने जिम्मेवारी समेत लिएका छन् ।

यो पनि हेर्नुहोस्
एउटा पिडादायी प्रेमकथा, बितेका पलहरु–१

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

‘हिमालकी छोरी’ मा नायिका खुशी घिसिङ

तामाङ चलचित्रसहित नेपाली गीतको म्यूजिक भिडियोहरुमा समेत चर्चा कमाउन सफल चर्चित नायिका खुशी घिसिङको अभिनय रहेको ‘हिमालकी छोरी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुपरहिट घिसिङको शब्द तथा टिका बम्जनको संगीतमा तयार भएको गीतमा अग्निशा लामको आवाज रहेको छ ।

म्यूजिक भिडियोमा नायिका खुशीलाई अण लामाले साथ दिएका छन् । पवन लामाको संगीत संयोजनमा तयार भएको गीतको म्यूजिक भिडियोलाई कृष्ण ब्लोनले निर्देशन तथा सम्पादन गरेका छन् । गोकुल राउतको छायाँकन रहेको म्यूजिक भिडियोलाई चर्चित नायक तथा निर्देशक सञ्जय लामा हुत्तले रंग संयोजन गरेका हुन् । यो सामाग्री तयार पार्दाको समयमा नै यो गीतको म्यूजिक भिडियोलाई करिब ४३ हजार पटक हेरिएको छ र यो क्रम बढ्दो छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*