हेर्नुहोस हेटौंडाको प्रश्नहरुमा लेखक रामलालको सखि सेरोफेरोमा रहेर जवाफ (भिडियो)

२० श्रावण २०७६, सोमबार १७:४५

मकवानपुर, २० साउन । २०७५ माघ १७ गते हेटौंडाले ‘ऐना’ कथा संङग्रहबाट २०७५ को मदन पुरस्कार विजेता लेखक रामलाल जोशीको उपन्यास सखिको विमर्श कार्यक्रम सम्पन्न गर्यो । मातृभूमि साहित्य सामाज मकावानपुरको मुख्य आयोजनामा भएको उक्त कार्यक्रममा एन एस टेलिभिजन सह आयोजक तथा मिडिया सहकर्मीको रुपमा थियो । मकवानपुरका साहित्यकार एवम् चितवनवाट भुपिन र गणेश श्रमणको समेत कार्यक्रममा सहभागिता थियो ।

होटल नोबल पल्पसा रोडमा भएको कार्यक्रममा लेखक रामलाल जोशी, निमेष निखिल, कृष्ण दाहाल, भावना सापकोटा वक्ताको रुपमा हुनुहुन्थ्यो साथै सहजिकरणको भुमिकामा शान्तिप्रिय वन्दनाले गरेकी हुन् । पाठक प्रश्नको स्मेत ख्याल राखेर उक्त कार्यक्रममा पाठकको जिज्ञासा सिधै लेखक संग राखिएको थियो । कार्यक्रमको पुरा भिडियो एनएस टिभीको अफिसियल युट्युब च्यानलमार्फत ५ भागमा भिडियो सार्वजनिक समेत भएको छ । हेर्नुहोस् भिडियो–

यो पनि हेर्नुहोस्
सरकारले अनलिमिटेड पैसा छाप्न किन मिल्दैन ?

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

चर्चित नायक सागर घिसिङ र मोडल अनुष्का दोङ ‘मायाको रङ्ग’ मा रङ्गीएपछि….. (भिडियो)

तामाङ चलचित्र क्षेत्रमा चर्चा कमाउन सफल चर्चित नायक सागर घिसिङ र मोडल अनुष्का दोङ अभिनित ‘मायाको रङ्ग’ बोलको सेलो गीत बजारमा आएसँगै चर्चा कमाउन सफल भएको छ । अनुष्काको डेब्यू म्यूजिक भिडियोका रुपमा सार्वजनिक भएको म्यूजिक भिडियोमा सागरसँग केमेष्ट्री समेत मिलेको समिक्षकहरु बताउँछन् ।

गीतमा चर्चित गायक तथा संगीतकार विशाल काल्तान र गायिका बिना घले लोप्चनको आवाज समावेश गरिएको छ । गायक काल्तानकै संगीतमा तयार भएको गीतमा विश्वनाथ योञ्जन तामाङको शब्द रहेको छ । सूर्य लामा र बिक्रम लामाको छायाँकन रहेको गीतको म्यूजिक भिडियोमा अजय स्याङ्तानको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।

तामाङ गीत ‘हो माया’ मा मन दुखाउने प्रेमवियोग (भिडियो)

तामाङ भाषामा तयार भएको गीत ‘हो माया’ सार्वजनिक गरिएको छ । प्रेमवियोगका शब्दहरु समेटिएको गीतमा सूर्य मोक्तानको शब्द र चर्चित गायक तथा संगीतकार विशाल काल्तानको आवाज रहेको छ । गीतमा चन्द्र वाईबाको संगीत रहेको छ । म्युजिक भिडियोमा मिलन थिङ पाराङ, निरञ्जली लामा र सृजना तामाङको अभिनय रहेको छ । म्यूजिक भिडियोलाई विक्रम लामा मोक्तानले छायांकन, ईडिट तथा कलर गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*