हेटौँडाको नागस्वतीमा रक्तदान

१८ श्रावण २०७६, शनिबार १९:३६

मकवानपुर, १८ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वाड नम्बर ७ नागस्वती मा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी नागस्वती उपशाखाको आयोजना तथा रक्त सञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ४२ जनाले रक्तदान गरेको स्थानीय शुशिल सुवेदीले जानकारी दिनुभयो ।

उपशाखाका सभापति ध्रुव चौलागाईंको सभापतित्व तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजन थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानिय सँघ सँस्थाका प्रमुख तथा प्रतिनिधहरु अतिथि रहेका थिए । हाल रगतको अभाव भएको समाचारहरु आईरहेका कारण मानविय सहयोगको उदेश्य राखेर कार्यक्रम गरिएको सभापति चौलागाईले बताउनुभयो । नागस्वतीमा विभिन्न सघ संस्थाहरुले प्रत्येक बर्ष रक्तदान कार्यक्रम गर्दै आईरहेका छन् ।

यो पनि हेर्नुहोस्
गाउँपालिका अध्यक्ष सर्केश घलान यसरी गर्छन् जनताको काम

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

राजकुमार तामाङको ‘आमा’ मा आमाको त्याग र स्नेहको कथा (भिडियो)

संसारमा आमाभन्दा ठूलो सायद कोही नहोला । आमाको त्याग, आमाको अथाह स्नेहको ऋण हामी कसैगरी पनि तिर्न सक्दैनौँ । बालापनमा आमाले आफु खाई नखाई हुर्काउनुभएको क्षण र हाम्रो जीन्दगीमा आमाको महत्वका विषयहरुलाई समेत शब्दमा उतारेर गायक एवम् संगीतकार राजकुमार दोङ तामाङले ‘आमा’ बोलको गीत सार्वजनिक गरेका छन् ।

चर्चित नायिका चाँदनी मोक्तान, सञ्जय योञ्जन र बुद्ध स्याङ्बाको अभिनय रहेको उक्त गीतको म्यूजिक भिडियो डम्फु मिडियाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गायक एंव संगितकार राजकुमार दोङको शब्द, संगीत र स्वर रहेको गीतलाई बुद्ध स्याङ्बाले संगीत संयोजन गरेका हुन् । भिडियोलाई निर्देशक एवम् चर्चित नायक अमिर दोङले निर्देशन गरेका हुन् । भिडियोलाई विक्रम मोक्तानले खिचेका हुन् ।

नेपाली मुलधारको चलचित्रलाई टक्कर दिँदै आयो तामाङ चलचित्र ‘सेमरीन मुला माया’

पछिल्लो समय तामाङ भाषामा निर्माण भएका चलचित्र तथा गीत–संगीतले समेत तामाङ समुदाय सहित अन्य समुदायमा समेत चर्चा पाउन थालेको छ । तामाङ चलचित्रले प्रविधिमा मारेको छलाङ र उत्कृष्ट गीत–संगीतका कारण मुलधारकै नेपाली भाषाको चलचित्रलाई समेत टक्कर दिन थालेको छ । पछिल्लो समय चर्चामा रहेको तामाङ भाषाको चलचित्र ‘सेमरीन मुला माया’ ले समेत नेपाली मुलधारको चलचित्रसँगै आफुलाई उभ्याउन सफल भएको छ । च्यारिटी शो र प्रिमियर लगायतका विशेष शोहरुमा मात्र उभिएको चलचित्रलाई वितरकले जिम्मा लिएसँगै पुस १३ गते यस चलचित्रलाई अल नेपाल रिलिज गरिने भएको छ । यस सँगै वितरकका तर्फबाट अल नेपाल रिलिज हुने यो पहिलो तामाङ भाषाको चलचित्र बन्ने भएको छ ।

यस अघि सर्लाहीमा प्रिमियर शो गरिएको चलचित्र हेर्न हजारौँ दर्शकको ओईरो लागेको थियो । पहिलो शो सँगै माउथ पब्लिसिटीका कारण थप चर्चामा रहेको चलचित्रलाई अल नेपाल रिलिज पूर्व केही स्थानमा च्यारिटी शो समेत गरिने चलचित्रका नायक तथा निर्देशक हुत्त सञ्जय लामाले बताएका छन् । नायक सविन श्रेष्ठको समेत विशेष भूमिका रहेको चलचित्रमा हुत्त सञ्जय लामा, खुशी घिसिङ, संगीता दोङ, भिम तामाङ, राजु झक्कास वाईबा, कमल लोप्चन, कमल योञ्जन लगायतको अभिनय रहेको छ । साथै बाल कलाकार निमा दोङ, रुचिका गोले र निक्की दोङको समेत अभिनय चलचित्रमा छ ।

राजु दोङको दमदार द्वन्द समेटिएको चलचित्रलाई रामेश्वर जिरेलले खिचेका हुन् । मुस्ताङ, नुवाकोट, काठमाडौ लगायत विभिन्न पर्यटकीय स्थलहरुमा छायाँकन गरिएको चलचित्रलाई सम्झना तामाङ र लोसाङ लामा (ईसान) ले निर्माण गरेको चलचित्रलाई सञ्जय र अर्जुनले निर्देशन गरेका हुन् । सञ्जयकै कथामा बनेको चलचित्रका गीतहरुमा अजय स्याङ्तान र दिपक तामाङको कोरियोग्राफी रहेको छ । त्यस्तै प्रयास दोङ र सञ्जयको संगीतमा प्रयास दोङ, जितु लोप्चन, निमा दोङ र अमृत लामाले आवाज दिएका छन् । गीतका शब्दहरु सम्झना लामा र कुमार स्याङ्बाले लेखेका छन् । ‘सेमरीन मुला माया’ को ट्रेलर, ‘दुःखै दुःखला ल्हुई ङाला’ बोलको वियोगान्त गीत, ‘घ्याल्मो दोसी मिरी छ्याजी’ र ‘तामाङको ल्होछार महान चाड’ बोलको गीत समेत चर्चामा छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*