टिका सानुको ‘बुहारी २’ ट्रेण्डिङमा

१८ श्रावण २०७६, शनिबार १७:३१

मकवानपुर, १८ साउन । गायिका टिका सानुको तीज गीत ‘बुहारी २’ सार्वजनिक भएसँगै यसलाई दर्शकले रुचाएका छन् । यो सामाग्री तयार पार्दाको समयमा यो गीत युट्युब ट्रेण्डिङको पाँचौँ नम्बरमा छ । गीतलाई १७ लाख ६७ हजारभन्दा बढी पटक हेरिएको छ ।

टिका सानु, मानसिं खड्का, करिष्मा घर्ति र धनमाया नेपालीको आवाज समावेश गीतमा टिका सानुको शब्द तथा मानसिङ खड्काको संगीत छ । गीतलाई तिलक वलीले एरेञ्ज गरेका हुन् । मानसिं खड्काको निर्देशनमा बनेको गीतको म्युजिक भिडियोलाई राजकुमार मगरले सम्पादन गरेका छन् । गीतमा रमा थपलिया, लक्ष्मी गीरी, टिका सानु, मानसिं खड्का, राजेश बिसी, सम्प्रीया खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ । हेरौँ म्युजिक भिडियो–

यो पनि हेर्नुहोस्

अचम्म ! तामाङले पनि नाच्छन् घाटु नाच

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

खाजा खाने समयमा सम्झनालाई सम्झँदा थप्पड (भिडियो)

यस भिडियोमा हेटौँडाका युवाहरुले तयार पारेको कमेडी क्लिप्सलाई प्रस्तुत गरिएको छ । राजु घलानको परिकल्पनामा तयार भएको भिडियोलाई सुवाश लामाले सम्पादन गरेका हुन् । सानुकान्छा घलान र राजु घलानको अभिनय रहेको यो भिडियो हेरेर तपाई पनि हाँस्नुहोस् ।

नेपालकै सबैभन्दा अग्लो राष्ट्रिय झण्डा

मकवानपुरको हेटौँडामा गएको फागुनमा सम्पन्न ‘राष्ट्रिय औद्योगिक व्यापारमा मेला’ मा सम्भवतः नेपालकै सबैभन्दा अग्लो राष्ट्रिय झण्डा बनाएर फहराइएको थियो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको क्याम्पाडाँडा चौरमा भएको मेलामा ५१ फिट अग्लो राष्ट्रिय झण्डा फहराइएको हो । त्यो झण्डा कस्तो थियो त ? हेरौँ भिडियो–

मेलाका अवसरमा आयोजित ‘जिपिएक्स हेटौँडा आईडल’ मा रुपक कालिराज विजयी भएका थिए भने मकवानपुरका दुई सञ्चारकर्मी भुवन घलान र पारु महराले समेत चर्चा बटुलेका थिए । दुई सञ्चाकर्मीमध्ये भुवन घलान फाईनल सम्म नै पुग्न सफल भएका थिए । प्रतियोगितामा गायक संगीतकार शिखर सन्तोष, किशोर डंगोल र विजय कार्की निर्णायक थिए । मेलामा उत्कृष्ट प्रतिष्पर्धीले स्टेज पर्फोमेन्ससँगै हरेक दिन चर्चित कलाकारहरुले प्रस्तुति दिएका थिए । मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको थियो । मेलामा जम्मा ४ सय ४० वटा स्टलहरु रहेका थिए भने हेलिकोप्टरबाट हेटौंडा बजारलगायत प्राचीन स्थलको अवलोकन गर्न मिल्ने समेत व्यवस्था गरिएको थियो । उक्त मेलामा स्टन्ट देखाएकै कारण पाईलटको लाईसेन्स समेत धरापमा परेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*