कलेज लाईफ–‘रिच भर्सेज नर्मल’ ट्रेण्डिङमा

१८ श्रावण २०७६, शनिबार १७:०६

मकवानपुर, १८ साउन । नेपाली युट्युब सर्भरमा यस साता भारतीय चलचित्र र सिरियलले मात्र होईन भारतीय युट्युब सामाग्रीले समेत कब्जा जमाएको छ । यो सामाग्री तयार पार्दाको समयमा भारतीय युट्युब च्यानल श्रुति अर्जुन आनन्दले तयार पारेको कलेज लाईफ–‘रिच भर्सेज नर्मल’ नामक कमेडी भिडियो युट्युब ट्रेण्डिङको चौथो नम्बरमा छ ।

उत्तर प्रदेशको एक कलेजमा छायाँकन गरिएको भिडियो श्रुति आनन्दको लेखनमा बनेको हो । विक्रम चौधरीको निर्देशन तथा शुभम् राज बर्माको सम्पादनमा तयार भएको भिडियोमा श्रुति आनन्द, अनिष्का कान्तावाल, जीतु श्री यादव लगायको अभिनय रहेको छ । हेरौँ भिडियो–

यो पनि हेर्नुहोस्
तामाङ्नी र बाहुनी झाँक्री, बाटोमै कामेर धुनचक्र

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

तामाङ चलचित्र ‘ङ्हो’ को विशेष प्रदर्शनमा यस्तो भयो (भिडियो)

तामाङ चलचित्र ङ्हो (भाग्य) को गएको हप्ता बैशाख ७ गते शनिबार विशेष प्रदर्शन गरिएको थियो । काठमाण्डौंको राष्ट्रिय सभागृहमा प्रदर्शन गरिएको चलचित्रमा तामाङ समुदायको कथा छ । भुवन स्याङ्बो तामाङको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको चलचित्रलाई सुर्य लामाले खिचेका हुन् । सुनिमाया तामाङको निर्माणमा बनेको चलचित्रको पोष्ट प्रोडक्सनको जिम्मा जिग्मे मिडियाले लिएको छ । हेर्नुहोस् भिडियो–

चलचित्रमा आरम्भ तामाङ, किसमान तामाङ, निर्मला तामाङ, एलेक्स घले, छिमी माम्बा, मारनेन वाइबा, अनिता तामाङ, डोल्मा तामाङ, राजन तामाङ, निलमान तामाङ, रोज तामाङ, रिमान तामाङ, विजय तामाङ, झरना गुरुङ, सुमी तामाङ र बाल कलाकार तेञ्जिङ सोनामले अभिनय रहेको छ । नरमान (रविन) तामाङको पटकथा, राहुल राई र सुर्य लामाको छायांकन हेर्न सकिने चलचित्रमा राजु तामाङले द्वन्द्व निर्देशन गरेका छन् । चलचित्रका गीतहरुमा टिका बम्जन, सागर एस वाइबा, आरम्भ तामाङ र जितु लोप्चनको आवाज रहेको छ । चलचित्र ‘ङ्हो’ फापरे फिल्मस् प्रालिको तेस्रो प्रस्तुति हो । चलचित्र उत्तरी धादिङको रुबीभ्याली क्षेत्र र आसपासमा बोलिने भाषालाई प्रयोग गरिएको बताइएको छ । धादिङको गंगाजमुना गाउँपालिका, लताव, धुसेनी, तावल, काठमाडौंका केही भाग र सिन्धुपाल्चोकको गुफाडाँडा लगायतको स्थानमा चलचित्रको छायांकन गरिएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*