भारतीय सिरियल ‘कुण्डली भाग्य’ को युट्युब कब्जा

१८ श्रावण २०७६, शनिबार १६:५९

मकवानपुर, १८ साउन । भारतीय टिभी च्यानल जी टिभीबाट प्रसारण हुने हिन्दी सिरियल ‘कुण्डली भाग्य’ ले नेपाली युट्युब च्यानलमा तेस्रो स्थान हासिल गरेको छ । विभिन्न समयमा ट्रेण्डिङमा पर्ने गरेको यस सिरियलको ‘वेडिङ प्रोमो’ नेपाली युट्युब सर्भरमा तेस्रो नम्बरमा छ ।

शुक्रबारदेखि सोमबार साँझ प्रसारण हुने सिरियलमा दुई युवतीहरु पृता र सृष्टिको कथा समावेश छ । यी दुई युवतीको बुवाको मृत्युपछि उनीहरुले उनीहरुको आमा र बहिनीको बारेमा थाहा पाउँछन् । रोमान्स र ड्रामा केन्द्रित सिरियलमा पृता, सृष्टि, राहुल र करणको जीवनमा आउने विभिन्न उतारचढावमा पनि केन्द्रित छ । हेर्नुहोस् प्रोमो–

यो पनि हेर्नुहोस्

झरीमा सुटिङ, यस्तो रोमाञ्चक देखियो

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

‘बाबु कान्छा’ युट्युब ट्रेण्डिङमा,हेर्नुहोस् पुरा चलचित्र

केही दिन अघि मात्र सार्वजनिक गरिएको नेपाली कथानक चलचित्र ‘बाबु कान्छा’ युट्युब ट्रेण्डिङमा परेको छ । सलोन सलिना फिल्मस् ब्यानरमा निर्मित चलचित्रमा सलोन बस्नेत, करिष्मा श्रेष्ठ, रितिक शाही, सरोज खनाल, निर शाह, सम्राट सापकोटा, राजाराम पौडेल, लय सग्रौँला, मञ्जु पौडेल, सुशान्त कुमार श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्र मार्फत ज्योत्सना महर्जन र अस्लिन ज्ञवालीले पनि डेब्यु गरेका छन् । यो सामाग्री तयार पार्दाको समयमा चलचित्रलाई १० लाख ८० हजार ७ सयभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा २० हजार लाईक र १ हजार ३ सय डिसलाईकहरु गरिएका छन् । त्यस्तै १ हजार ५ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । चलचित्रलाई बुढासुब्बा डिजिटलले युट्युब मार्फत सार्वजनिक गरेको हो । चलचित्रका गीतहरुमा सुशिल पंगेनी र सुन्दर श्रेष्ठको शब्द रहेको छ । टंक बुढाथोकीको संगीतमा गीतहरु तयार भएका छन् । बिराज गुरुङको निर्माणमा तयार भएको चलचित्रमा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह–निर्माता रहेका छन् । त्यस्तै रवि अधिकारीले कार्यकारी निर्माण सम्हालेका छन् ।

बाबु श्रेष्ठको छायाँकन रहेको चलचित्रका लेखक, निर्देशक तथा निर्माता शोभित बस्नेत हुन् । मुख्य सहायक निर्देशकका रुपमा गणेश बर्तौला र आरजे प्रणवले काम गरेका छन् । चलचित्रलाई गौतम राज खड्काले सम्पादन गरेका हुन् । अष्ट महर्जनको द्वन्द समावेश चलचित्रमा शोभित बस्नेत, रामजी लामिछाने र दिपेन्द्र तिमिल्सीनाको कोरियोग्राफी रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*