‘दुःखी तीज’ अगाडि बढ्दै

१८ श्रावण २०७६, शनिबार १२:०६

मकवानपुर, १८ साउन । हिन्दु महिलाहरुको चाड तीज पर्व सकिएसँगै तीजका गीत तथा सँगीतहरुका साथै विभिन्न सामाग्रीहरु सार्वजनिक हुने क्रम जारी छ । यसैबिच तीजलाई मुख्य विषय बनाइएको लघु चलचित्र ‘ दुःखी तीज’ युट्युब ट्रेण्डिङमा परेको छ । यो सामाग्री तयार पार्दाको समयमा यो लघु चलचित्र युट्युब ट्रेण्डिङको दोस्रो नम्बरमा छ ।

सञ्जीवनी ईन्टरटेन्मेन्टले तयार पारेको भिडियोलाई सौगात आचार्यले निर्देशन गरेका हुन् । सन्तोष पौडेल र रुपक रिमालले खिचेको चलचित्रको कथा सौगात आचार्यले नै लेखेका हुन् । सन्तोष पौडेलले चलचित्रलाई सम्पादन गरेका छन् । चलचित्रमा कमला केसी, मुस्कान आचार्य, मिनु पौडेल, सौगात आचार्य, दुर्गादेवी बानियाँ र ज्ञानु बोहोरा लगायतका कलाकारहरुको अभिनय रहेको छ । हेरौँ भिडियो–

यो पनि हेर्नुहोस्

मोबाईलबाट युट्युब च्यानल बनाउने तरिका

हेटौँडामा आयोजित प्रथम थारु माघी महोत्सवको पुरा भिडियो
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ वासुदेव सभागृहमा २०७५ माघ १ गते ‘प्रथम थारु महोत्सव २०७५’ भएको थियो । मकवानपुरमा पहिलो पटक थारु कल्याणकारिणी सभा, थारु विद्यार्थी सभा, थारु महिला सभा र थारु युवा सभा मकवानपुरको संयुक्त आयोजना र विभिन्न संघ संस्थहरुको सहयोगमा माघी महोत्सव मनाइएको हो । महोत्सवको हेटौडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले उद्घाटन गरेका थिए । माघी महोत्सवमा सांस्कृतिक झाँकी सहित नगर परिक्रमा गरी बासुदेव सभागृहमा पुगेर सभामा परिणत भएको थियो । महोत्सव स्थलमा थारु जातिको ऐतिहासिक दस्तावेज, वस्तु र सीपकला, हस्तकलाको प्रदर्शनीको एक छुट्टै स्टलको व्यवस्था समेत गरिएको थियो भने नाटक समेत प्रस्तुत गरिएको थियो । हेरौँ उक्त महोत्सवको पुरा भिडियो–

महोत्सवमा थारु जातीले खाने गरेका विशेष परिकारहरुको सःशुल्क स्टल समेत रहेको थियो । महोत्सव अवलोकनमा आउने दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नको लागि थारु जातिको सांस्कृतिक नाचगानको समेत व्यवस्था मिलाइएको थियो जसमा आन्तरिक तथा बाह्य कलाकारहरुको प्रस्तुति रहेको थियो । थारु जातीको सांस्कृतिक, लोक कला, भाषा दर्शन, साहित्य, रितिरिवाज र थारु खानपिन परिकारहरुको व्यवसायीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरमा प्रचार प्रसार गर्ने, थारु समुदायमा लुकेर रहेको प्रतिभाहरुलाई प्रष्फुटन गराई उनीहरुको योग्यता तथा क्षमतालाई स्थापित गराई आदिवासी जनजातीका अधिकारका सवालमा जागरुक गराई राष्ट्रिय विकास र श्रोत साधनमा सिंगो आदिवासी थारु समुदायको पहुँचलाई अगाडी बढाउन सहयोगीको भूमिका खेल्नको साथै आन्तरिक पर्यटन क्षेत्रमा विकास र विस्तार गरि ग्रामिण अर्थतन्त्रमा थप टेवा पुर्याउने उदेश्यले माघी थारु महोत्सव आयोजना गरिएको हो । महोत्सवलाई हेटौँडा उपमहानगरपालिका, शिवम् सिमेन्ट, बानियाँ कन्स्ट्रक्सन लगायत विभिन्न संघ संस्था, कम्पनीहरुको सहयोग गरेको थियो ।

को हुन् थारु थारु जाति ?

विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु जाती एक प्राचिन आदिवासी जनजाति हो । नेपालको पूर्व मेची झापा जिल्लादेखि पश्चिम महाकाली कञ्चनपुर जिल्लासम्म तराई र भित्री तराईका २३ जिल्लामा थारु समुदायको बाक्लो बसोबास रहेको छ । वि.सं.२००५ सालमा थारु कल्याणकारिणी सभाको गठन भएको हो । मकवानपुर जिल्लामा विभिन्न पेशा व्यवसायमा संलग्न रही आएका थारुहरु एकजुट भई २०५३ सालमा थारु कल्याणकारिणी सभा, मकवानपुरको गठन भई नेपाल आदिवासी जनजाति महासंघको भातृ संगठनको रुपमा हालसम्म निरन्तर विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।
मकवानपुर जिल्लामा विभिन्न पेशा व्यवसायमा संलग्न रहेका थारुहरुको जनसंख्या करिब २००० रहेको र उनीहरुमध्ये ७० घरधुरी स्थायी रुपमा घर बनाई बसोबास गरिरहेका छन् । विभिन्न कार्यालय, संघसंस्था, उद्योग, व्यापार, कलकारखानाहरुमा कार्यरत जनसंख्या ५०० को हाराहारीमा रहेको छ भने करिब १५०० विद्यार्थीहरु विभिन्न स्कूल र कलेजमा अध्ययन गरिरहेका छन् ।

के हो माघी ?

थारु जातीले मनाउने विभिन्न चाड पर्वहरु मध्ये मुख्यपर्व माघी आफ्नै गणप्रथा भित्रको नयाँ बर्षको रुपमा रहेको छ । जसमा खासगरि पश्चिम तराईमा बडघडिया (गाउँको मुली), चिरकिया (गाउँको पुजारी), चौकिदार (गाउँको हुलाकी) र घरायसी कामको लागि घरधुरिया एकबर्षको लागि चुनिने गरिन्छ । तसर्थ थारु जातीको नेपाल लगायत अन्तर्राष्ट्रिय जगतमा यिनै सामाजिक, सांस्कृतिक पहिचान दिलाउन तथा ऐतिहासिक तथ्यहरु खोजविन गरी थारु संस्कृतिको संरक्षण, जैविक विविधता र प्राकृतिक सम्पदाको संरक्षण गरी थारुको पहिचानलाई जगेर्ना गर्न प्रत्येक बर्ष थारु बाहुल्य क्षेत्र र काठमाण्डौमा समेत भव्यताका साथ माघी पर्व मनाईन्छ ।

माघी पर्वका मुख्य विशेषताहरु:

माघी पर्वको अवसरमा थारु वस्तीहरुमा संक्रान्तीको दुई दिन अगाडी माछा मारेर खाने गरिन्छ । पौष मसान्तको दिन जिता (सुँगुर, बँगुर, खसी) मारी खाने र साँझबाट धुमरु गाईने तथा नाचगान गरी रातभर जाग्राम बस्ने गरिन्छ । विहानै भाले बासेपछि नाच्दै नदी, खोला, पोखरीमा गई नुहाई धुवाई गर्ने र महादेवको पुजा गर्ने गरिन्छ । यसपछि घरघरमा गई आफूभन्दा ठूलालाई ढोगभेट गर्ने र माघीका परिकारहरु (ढिकरी, तिलको लडु, लाई, माछा, मासु आदी) खाने गरिन्छ । साँझ देखि समूह समूह बनाई घर घरमा गई मघौटा नाचगान गर्ने गरिन्छ । २ गने घरमुलीको बीचमा माघी देवानी शुरु हुन्छ । यसरी खानपिन, नाचगान तथा अन्य कार्यहरु १५ दिनसम्म विभिन्न तरिकाले मनाउने गरिन्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*