अझै नम्बर एक ट्रेण्डिङमा ‘बजार’

१८ श्रावण २०७६, शनिबार ११:५९

मकवानपुर, १८ साउन । दक्षिण भारतीय चलचित्र बजारको हिन्दी डब्ड भर्सनले नेपाली युट्युब सर्भरमा नम्बर एकको स्थान कायम गरेको छ । चलचित्रले एक साताभन्दा अघिदेखि लगातार रुपमा नम्बर एकमा कब्जा जमाएको हो ।

दानविर गौँडा, अदिति प्रभुदेवा, शरथ लोहित्वासा, साधु कोकिला लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई निर्देशक सुनीले निर्देशन गरेका हुन् । थिमे गौडाको निर्माण रहेको चलचित्रमा एमएल प्राश्नाको कथा र निर्देशक सुनीकै स्क्रीन प्ले रहेको छ । यो सामाग्री तयार पार्दाको समयमा यस चलचित्रलाई ३ करोड १९ लाख ९३ हजार ८ सयभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा २ लाख १० हजार लाईक र ६ हजारभन्दा बढी कमेन्टहरु गरिएका छन् । हेर्नुहोस् चलचित्र–

यो पनि हेर्नुहोस्

कम्प्युटर डेस्कटप वा ल्यापटपबाट युट्युब च्यानल खोल्ने तरिका

थोकर दादाको भाषण (भिडियो)

तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकर चर्चित कलाकार हुन् । उनले विभिन्न नेपाली तथा तामाङ भाषाका चलचित्रहरुमा अभिनय गरेर चर्चा कमाएका छन् । उनले आफैले निर्माण गरेको चलचित्र ‘म्लाङ प्वाँहार’ चर्चित भएपछि उनी थप चर्चामा आए । फिल्मी क्षेत्रमा खतरनाक खल नायकका रुपमा चिनिएका उनी कमेडी गर्न पनि सिपालु छन् । उनी अहिले रिसानी माफ टेलिसिरियलमा समेत व्यस्त छन् । गत चैत्र २९ गतेदेखि यही बैशाख १ गतेसम्म काभ्रे जिल्लाको भकुण्डे बेसीमा तेस्रो तामाङ चलचित्र महोत्सव सम्पन्न भएको थियो । उक्त कार्यक्रममा थोकरले दिएको भाषण हेरौँ ।

महोत्सवमा तामाङ कथानक चलचित्र ‘आप्लेङला नाम्सा’ उत्कृष्ट तामाङ चलचित्र बन्न सफल भएको थियो । काभ्रेको नमोबुद्ध नगरपालिका अन्तर्गत भकुण्डेबेसीमा आयोजना गरिएको ३ दिने तामाङ चलचित्र महोत्सवमा प्रदर्शन गरिएका ५ तामाङ चलचित्रहरुमध्ये ‘आप्लेङला नाम्सा’ उत्कृष्टमा छनौट भएको हो । उत्कृष्ट भएसँगै चलचित्र टोलीलाई नगद ५१ हजारसहित सम्मानपत्र प्रदान गरिएको छ । महोत्सवमा श्होङ, सेमरिन मुला माया, आप्लेङला नाम्सा, रुङ्सी टिला र सेर्कु गरी ५ चलचित्रहरु प्रदर्शन गरिएको थियो । महोत्सवको पहिलो दिन दुई चलचत्रिहरु प्रदर्शनसँगै ‘तामाङ चलचित्रको ईतिहास, वर्तमान अवस्था र भावि कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको थियो । त्यस्तै दोस्रो दिन पनि चलचित्रलाई प्रदर्शन गरिनुका साथै सुचना तथा संचार प्रबिधि मन्त्री गोकुल बास्कोटाको प्रमुख अतिथ्यतामा महोत्सबको औपचारिक उद्घाटन गरिएको थियो । तेस्रो दिन पनि तामाङ चलचित्र प्रदर्शनका साथै समापन गरिएको थियो ।

‘हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ तेस्रो तामाङ महोत्सव भएको हो । समापन कार्यक्रममा तामाङ चलचित्रका विभिन्न विधाहरुमा विशेष योगदान दिएका व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो । महोत्सवमा तामाङ चलचित्रकर्मीहरुले दैनिक रुपमा प्रस्तुति समेत दिएका र्थि भने तामाङ मौलिक खाना, तामाङ गोईलो, डम्फु र बुद्धचित्त मालाहरुको स्टल समेत राखिएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*