‘अन्धविश्वास’ मा मकवानपुरकी सेविका लामा (भिडियो)

१७ श्रावण २०७६, शुक्रबार १९:५०

मकवानपुर, १७ साउन । मकवानपुरकी नव मोडल सेविका लामाद्वारा अभिनित ‘अन्धविश्वास’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक लिजल श्रेष्ठको आवाजमा सजिएको नयाँ र्याप गीतमा सेविकाले अभिनय गरेकी हुन् । गीत प्रेममा हुने धोकाका बारेमा केन्द्रित छ । लिजल श्रेष्ठकै शब्द तथा संगीतमा तयार भएको गीतमा सेविकासँगै मकवानपुरकै दिवस आचार्यको पनि अभिनय देख्न सकिन्छ । त्यस्तै सुविन्द्र बज्राचार्य र आदिल अन्सारीले पनि म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् ।

नेसन स्टुडियोमा रेकर्ड गरिएको गीतको म्युजिक भिडियोलाई आर्यन विक्रम नेपालले निर्देशन गरेका हुन् । द क्लिकर्स, न्यु क्रियशन स्टुडियोको छायाँकन तथा द क्लिकर्सको सम्पादनमा तयार भएको म्युजिक भिडियोलाई सुविन्द्र बज्रचार्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । हेरौँ म्युजिक भिडियो–

यो पनि हेर्नुहोस्

युरोपको हिमालको चुचुरोमा मिस नेपाल श्रृङ्खला खतिवडा (भिडियो)

हेटौँडामा आयोजित आदिवासी दिवसको पुरा भिडियो

मकवानपुरको हेटौँडामा गत वर्षको अगष्ट ९ अर्थात २०७५ साउन २४ गते विश्व आदिवासी जनजाति दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको थियो । विश्वभर छरिएर रहेका आदिवासी जनजातिहरुले सन् १९९३ देखि अगस्ट ९ तारिखका दिन ‘विश्व आदिवासी दिवस’ विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउँदै आईरहेकोमा मकवानपुरमा पनि ३ दिवशीय कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमको पुरा भिडियो यहाँ प्रस्तुत गरिएको छ । २४ औँ विश्व आदिवासी दिवसका अवसरमा ‘अधिकार, प्रतिनिधित्व र स्वायत्तता–स्वशासनका लागि आदिवासी जनजातिको अडान, मानव पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने नारा सहित नेपाल आदिवासी जनजाति महासंघ, ३ नम्बर (नेवाःताम्सालिङ) प्रदेश तदर्थ समन्वय परिषदको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् मकवानपुरको व्यवस्थापनमा ३ दिने कार्यक्रम भएको हो । कार्यक्रम अन्तर्गत साउन २४ गते बिहान साढे १० बजे विभिन्न आदिवासी जनजातीय साँस्कृतिक झाँकीसहित ¥याली गर्दै पल्पसा हलमा साँस्कृतिक समारोह भएको थियो । उक्त समारोहमा प्रदेश सरकारका मन्त्री, सांसद, आदिवासी जनजाति अधिकारका अभियन्ताहरुले सम्बोधन समेत गरेका थिए । साथै विभिन्न जातीय समुदायको साँस्कृतिक कार्यक्रम र झाँकीहरु समेत प्रस्तुत गरिएको थियो । हेरौँ–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*