मकवानपुरमा पेट्रोल बम प्रहार, २ गाडीमा आगजनी, ४ स्थानमा नक्कली बम

१५ श्रावण २०७६, बुधबार १०:२३

मकवानपुर, १५ साउन । विप्लव नेतृत्वको नेकपाको वन्दको क्रममा मकवानपुरमा २ वटा गाडीमाथि आगजनी भएको छ । गएराती र आज बिहान गरी दुई स्थानमा गाडी जलाईएको हो । विप्लवको वन्दको पूर्व सन्ध्यामा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेल हुमाने भन्ज्याङमा निजी कारमा आगजनी भएको छ । हेटौंडाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा १४ च ८२३४ नम्बरको कारमा चढेका दुई जनालाई ओरालेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगजनीबाट कार जलेर पूर्ण रुपमा क्षति भएको छ । त्यस्तै मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरे खरंङ्गामा बा ५ ख १७ ३९ नम्बरको ट्रकमा आगजनी भएको छ । ज्यामिरेमा गुढीरहेको ट्रकमा अज्ञात समुहले पेट्रोल बम प्रहार गरेका थिए । पेट्रोल वम प्रहारबाट ट्रकको अगाडीको भाग मात्र जलेको छ ।

त्यस्तै बन्दको पूर्व सन्ध्यामा हेटौंडाको चार स्थानमा शंकास्पद वस्तु राखिएको भेटिएको छ । बम लेखिएका शंकास्पद वस्तु हेटौंडाको पारिजातपथ, थानाभर्याङ, चौकीटोल र हुप्राचौरमा अवस्थित क्वीक ट्वेन्टी होटल नजिकै राखिएको भेटिएको प्रहरीले जनाएको छ । शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ । उक्त वस्तु डिस्पोज गर्दा ठूलो आवाज आएको समेत स्थानीयले बताएका छन् ।

विप्लव नेतृत्वको नेकपाले आफ्ना नेता तथा कार्यकर्तालाई सरकारले पक्राउ गर्ने क्रमलाई नरोकेको भन्दै मध्य कमाण्ड बन्दको घोषणा गरेको विप्लव मकवानपुरका सेक्रेटरी अनुरागले निकालेको विज्ञप्तिमा उल्लेख छ । (जनपत्र डटकमको सहयोगमा) तस्बिर–फाईल

यो पनि हेर्नुहोस्
हेटौँडाको सुन पसलमा दिउँसै चोरी

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

तामाङ सेलो ‘दार्सेला छामे म्योबा’ लाई सर्वाधिक भ्यूज

केही महिना अघि मात्र युट्युबमा सार्वजनिक गरिएको तामाङ सेलो गीत ‘दार्सेला छामे म्योबा’ लाई सर्वाधिक भ्यूज प्राप्त भएको छ । समाजमा पछिल्लो समय देखिएको विकृतिमा आधारित रहेर तयार भएको गीतको म्यूजिक भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा ८ लाख २० हजारभन्दा बढी पटक हेरिसकिएको छ ।

गीतमा करिब ६ हजार लाईक र करिब ५ सय कमेन्टहरु गरिएका छन् । चर्चित गायिका जितु लोप्चन र गायक मदन घलानको आवाजमा रहेको सुमधुर सेलो गीतका शब्द, संगीतका साथै भिडियो समेत आकर्षक बनेका कारण दर्शकले अत्याधिक रुचाएका हुन् । गीतको शब्द र संगीत सानुबाबु घिसिङले तयार पारेका हुन् । नोर्बु शेर्पाको एरेञ्जमा तयार भएको गीतको म्यूजिक भिडियोलाई बिक्रम मोक्तानले छायाँकन र सम्पादन गरेका हुन् । गीतलाई डम्फु मिडियाको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो । म्यूजिक भिडियोमा चर्चित नायक अमिर दोङ, मदन घलान, कुईसाङ रुम्बा, कल्पना दोङ, सम्झना दोङ र अनिता नेगीले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई मिलन दोङले कोरियोग्राफी गरेका हुन् भने अमिर दोङले निर्देशन गरेका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*