पदमपोखरी वनस्पतिकी क्यान्सर पिडीत रेणुको उपचारका लागि नयाँ पाईलाको प्रयास

१४ श्रावण २०७६, मंगलवार २२:२५

मकवानपुर, १४ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ वनस्पतिकी ११ वर्षीया रेणु दमाईको उपचारका लागि अभियान थालिएको छ । छाला क्यान्सरबाट पिडीत रेणुको उपचारका लागि ठूलो धनराशीको आवश्यकता परेपछि ‘समृद्ध नेपालका लागि नयाँ पाईला’ नामक मकवानपुरको संस्थाले अभियान सुरु गरेको हो ।

‘रेणु दमाई बचाउ अभियान’ सञ्चालन गर्दै सबै संघसंस्था तथा व्यक्तिहरुलाई सहयोगका लागि आह्वान गर्दै संस्थाका सचिव भुवन घलानले सामाजिक सञ्जाल मार्फत अनुरोध सहितको पोष्टर समेत सार्वजनिक गरेका छन् । घलानले दिएको जानकारी अनुसार रेणुको उपचारका लागि व्यक्तिगत दता संस्थागत रुपमा विभिन्न सहयोगी दाताहरुबाट २३ हजारको हाराहारीमा आजसम्म सहयोग संकलन भएको छ । अहिलेसम्म मकवानपुर बहुमुखी क्याम्पस, सिदार्थ मावि, हेटौँडा क्याम्पस र आधुनिक राष्ट्रिय माविबाट यो रकम संकलन भएको हो ।

अभियान सञ्चालनका लागि समृद्ध नेपालको लागि नयाँ पाइलाकी कोषाध्यक्ष शहनशिला ढकाल संयोजक रहने गरी समिति समेत निर्माण गरिएको छ । समितिको सहसंयोजकमा मन्जु मैनाली रहेकी छिन् । सदस्यहरु जिनिता परियार र प्रजिला पराजुली आर्थिक सहयोग संकलन समितिमा छन् । रेणुको उपचारका लागि १२ लाखभन्दा बढी रकम आवश्यक रहेको बताइएको छ । रेणुको उपचारका लागि सरकारबाट प्राप्त हुने एक लाख बराबरको रकमसमेत सकेर अहिले परिवारले ऋण गरेर उपचार सुरु गरेका छन् । तर दुई लाखभन्दा बढी ऋण लिइएसक्दा पनि रेणुलाई थप १२ लाखभन्दा बढी रकमको आवश्यकता परेपछि उनको परिवार आर्थिक संकटमा परेको छ । परिवारले कुनै पनि हालतमा रकम जुटाउन नसक्ने अवस्था आएपछि सहयोगी दाताहरुलाई समेत सहयोगका लागि अपिल गरिएको हो । उनको अहिले चितवनस्थित भरतपुर क्यान्सर हस्पिटलमा उपचार भईरहेको छ ।

यो पनि हेर्नुहोस्
रोग लागेपछि श्रीमान बेपत्ता

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

नायिका खुशी घिसिङको ‘नगरकोटे वन’ यस्तो बन्यो

चर्चित नायिका खुशी घिसिङको नयाँ म्यूजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । खुशी यस पटक नवराज लामिछानेको शब्द, संगीत तथा आवाजमा तयार भएको ‘नगरकोटे वन’ बोलको गीतको म्यूजिक भिडियोमा देखिएका हुन् । यस अघि चर्चित तामाङ चलचित्र ‘सेमरिन मुला माया’ मा अभिनय गरेसँगै चर्चामा आएकी खुशीका अन्य नेपाली म्यूजिक भिडियोहरु पनि सार्वजनिक भईसकेका छन् । नवराज लामिछानेकै सत्यकथामा आधारित रहेर तयार भएको गीतको म्युजिक भिडियोमा खुशीसँगै नायक अर्जुन खड्का र बाल कलाकार पृथ्वी सुनुवार र गायक लामिछानेले लगायतका कलाकारहरुले अभिनय गरेका छन् । तामाङ चलचित्र क्षेत्रका चर्चित नायक एवम् निर्देशक हुत्त सञ्जय लामाको निर्देशन तथा रामेश्वर जिरेलको छायाँकनमा भिडियो तयार गरिएको हो । म्यूजिक भिडियोलाई विजयराजले सम्पादन गरेका छन् ।

खुशीको अभिनय रहेको चलचित्र सेमरिन मुला माया अहिले चर्चामा छ । काभ्रेको भकुण्डेबेसीमा आजदेखि सुरु भएको ३ दिने तेस्रो तामाङ चलचित्र महोत्सवमा समेत यो चलचित्रलाई पहिलो सोका रुपमा प्रदर्शन गरिएको छ । साथै उनको अभिनय रहेको म्यूजिक भिडियोहरु हिमालकी छोरी, सुन न मैच्याङ, तिम्रो सम्झनामा लगायतले पनि निकै प्रशंसा पाएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*