राप्ती खोलामा डुबेर मकवानपुरे विद्यार्थीको ज्यान गयो

१४ श्रावण २०७६, मंगलवार २१:२९
Death-Murchunga TV

मकवानपुर, १४ साउन । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ प्रतापपुरका १० बर्षीय एक विद्यार्थीको मंगलबार साँझ राप्तीखोलामा डुबेर ज्यान गएको छ ।

मनहरी गाउँपालिका ६ गोदाम स्थित राप्तीखोलामा साँझ पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने सुुुदन राईका छोरा १० वर्षीय विपिन राईको मृत्यु भएको हो । मनहरीबाट पत्रकार शिवकुमार काशीले दिनुभएको जानकारी अनुसार युनाइटेड इंग्लिस सेकेन्डरी स्कूलमा कक्षा ४ मा अध्ययनरत राई विद्यालय विदा भएका समयमा राप्तीखोलामा पौडी खेल्न गएका थिए । गर्मी छल्न साथीहरुसँग नजिकैको राप्तीखोलामा पौडी खेल्न गएका उनलाई खोलाले बगाउँदा उनको ज्यान गएको हो । उनको शव पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा ल्याइएको छ ।

यो पनि हेर्नुहोस्
रोग लागेपछि श्रीमान बेपत्ता

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

लक्ष्मी स्याङ्तानको नयाँ गीतमा एलिशाको अभिनय

चर्चित गायिका लक्ष्मी स्याङ्तानको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘मन लाग्छ’ बोलको सेलो पपमा आशुसेन लामाको शब्द र संगीत रहेको छ । गीतको म्यूजिक भिडियोमा चर्चित कलाकार एलिशा राई र रिन्छेन ग्यात्सोले अभिनय गरेका छन् । गीतको म्युजिक भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका छन् । शुसिल न्यौपानेको सम्पादनमा तयार भएको म्यूजिक भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । सुरेन बसेलको कोरियोग्राफीमा तयार भएको गीतलाई फणिन्द्र राईले एरेञ्ज गरेका हुन् । दुई प्रेमीको रोमान्समा आधारित म्यूजिक भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा करिब ३६ हजारभन्दा बढी पटक हेरिएको छ ।

नायिका श्वेता खड्काको ‘कान्छी’ युट्युबमा सार्वजनिक

अभिनेत्री श्वेता खड्काको पछिल्लो चलचित्र ‘कान्छी’ युट्युब मार्फत सार्वजनिक गरिएको छ । शुक्रबार बुढासुब्बा डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत चलचित्रको प्रिमियर गरिएको हो । प्रिमियरमा करिब १४ हजार दर्शकले एकै पटक चलचित्र हेरेका थिए । चर्चित नायक एवम् श्वेताका पति स्वर्गीय श्रीकृष्ण श्रेष्ठको निधनपछि पहिलो पटक श्वेताले अभिनय तथा निर्माण गरेको ‘कान्छी’ गत वर्षको फागुन ४ गते देशभर प्रदर्शन भएको थियो । चलचित्रमा अमर प्रेम र समर्पणको कथामा समावेश छ । प्रेमले भोग्ने विभिन्न बाधाहरु र प्रेममा हुने त्यागको विषयलाई चलचित्रले विशेष उठान गरेको छ ।

‘कान्छी’मा श्वेतासँगै दयाहाङ राई, नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ, जयनन्द लामा लगायतको अभिनय रहेको छ । चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । पुरुषोत्तम प्रधानको छायाँकन, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको चलचित्रमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । चलचित्रलाई यम थापाले लेखेका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*