पदमपोखरीका शम्भु तिवारीको शब्दमा ‘सिपालु’ सार्वजनिक

१४ श्रावण २०७६, मंगलवार २१:१४

मकवानपुर, १४ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरी घरेडी डाँडा निवासी शम्भु तिवारीको शब्दमा तयार भएको ‘सिपालु’ बोलको गीतको म्युजक भिडियो सार्वजनिक भएको छ ।

चर्चित गायक प्रमोद खरेल आवाज दिएको गीतमा तिवारीले वियोगान्त शब्दहरु कोरेका छन् । आफ्नी प्रेमिकाले धोका दिएपछि एक प्रेमीले महशुस गर्ने भाव र मनोदशालाई उनले शब्दमा उतारेका छन् । हाल जापानमा कार्यरत तिवारीको रचनालई तिलक कट्टेल सुमधुर सँगीतमा ढालेका छन् । निरज श्रेष्ठको एरेञ्जमा तयार भएको गीतको म्युजिक भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका छन् ।

युवराज खत्रीको छायाँकनमा तयार भएको भिडियोमा बिमल, शितल र अनिशले अभिनय गरेका छन् । म्युजिक भिडियोको सम्पादन सिताराम भट्टराईले गरेका हुन् । हेरौँ गीतको म्युजक भिडियो–

यो पनि हेर्नुहोस्
एउटा पिडादायी प्रेमकथा, बितेका पलहरु–१

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

छिरिङ दोर्जे लामाको शब्दमा ‘दोलालघाट’ सार्वजनिक

मकवानपुरे कलाकार तथा गीतकार छिरिङ दोर्जे लामाको शब्दमा रहेको नयाँ वर्ष विशेष डिजे गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गोरखा चौतारी युट्युब च्यानलमार्फत सार्वजनिक भएको छिरिङको ‘दोलालघाट’ बोलमो गीतमा विश्वास पराजुली, माधव पराजुली र अर्चना स्याङ्तानको आवाज सुन्न सकिन्छ । छिरिङको शब्दलाई संगीतकार जनक लामाले डिजे भर्सनमा सुमधुर बनाएका छन् भने गीतलाई विष्णु तामाङले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा आरुशी, अनुप, प्रिति र प्रकाश लगायतका कलाकारहरुको अभिनय गरेका छन् । प्रविन थापाको निर्देशनमा बनेको म्यूजिक भिडियोलाई नवराज घिमिरेले खिचेका हुन् । म्यूजिक भिडियोलाई शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका हुन् ।

मकवानपुर जिल्लाको साविक सरिखेत गाविस वडा नम्बर ९ मुङ्ग्रेमा जन्मिएका लामाको यो तेस्रो गीत हो । लामाको यस अघि नै मकवानपुरे ठिटो, लोकदोहोरी गीत ‘रुँदै रुँदै भइयो पर्देशी’ लगायतका गीतहरु सार्वजनिक भईसकेका छन् । उनले लघु चलचित्र आकर्षण, आधी बाटो लगायतमा समेत अभिनय गरेका छन् । विभिन्न लघु चलचित्रहुँदै लोकदोहोरीमा अभिनय समेत गर्दै आएका लामाले यस अघि ‘म्यासेञ्जर फेसबुकमा’ बोलको गीत रेकर्डिङ गराएका थिए । उनको शब्दमा तयार भएको उक्त गीतको अडियो भर्सन मात्र युट्युबमा सार्वजनिक गरिएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*