अशोक र निर्मलाको ‘तिम्रो आगमनले’ सार्वजनिक (भिडियो)

११ श्रावण २०७६, शनिबार १३:३८

मकवानपुर, ११ साउन । गायक अशोक तामाङ र गायिका निर्मला घिसिङको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तिम्रो आगमनले’ बोलको उक्त गीतको म्युजिक भिडियो जिग्मे मिडियाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । अमृत लामाको शब्द तथा सँगीतमा तयार भएको गीतलाई चाँद सिंहले एरेञ्ज गरेका छन् । पर्पल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको अडियो भर्सन भने यस अघि नै गायक तामाङकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिसकिएको छ । सुमन खड्काले रेकर्ड तथा दिपेश प्रधानले मिक्सिङ गरेको गीतको म्युजिक भिडियोलाई अशोक आफैले निर्देशन गरेका छन् ।

गीतको म्युजिक भिडियो चर्चित सिनेम्याटोग्राफर सूर्य लामाले छायाँकन गरेका हुन् । गीतको म्युजिक भिडियोमा अरिन तामाङ र पुजा लामाले अभिनय गरेका छन् । गीतमा ड्रोन छायाँकन सुरेश घिसिङले गरेका छन् । मकवानपुरको कुलेखानी, फाखेलका साथै फर्पिङ लगायतका क्षेत्रमा म्युजिक भिडियो छायाँकन गरिएको हो । हेरौँ भिडियो–

यो पनि हेर्नुहोस्

झरीमा सुटिङ, यस्तो रोमाञ्चक देखियो

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

छिरिङ दोर्जे लामाको शब्दमा ‘दोलालघाट’ सार्वजनिक

मकवानपुरे कलाकार तथा गीतकार छिरिङ दोर्जे लामाको शब्दमा रहेको नयाँ वर्ष विशेष डिजे गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गोरखा चौतारी युट्युब च्यानलमार्फत सार्वजनिक भएको छिरिङको ‘दोलालघाट’ बोलमो गीतमा विश्वास पराजुली, माधव पराजुली र अर्चना स्याङ्तानको आवाज सुन्न सकिन्छ । छिरिङको शब्दलाई संगीतकार जनक लामाले डिजे भर्सनमा सुमधुर बनाएका छन् भने गीतलाई विष्णु तामाङले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा आरुशी, अनुप, प्रिति र प्रकाश लगायतका कलाकारहरुको अभिनय गरेका छन् । प्रविन थापाको निर्देशनमा बनेको म्यूजिक भिडियोलाई नवराज घिमिरेले खिचेका हुन् । म्यूजिक भिडियोलाई शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका हुन् ।

मकवानपुर जिल्लाको साविक सरिखेत गाविस वडा नम्बर ९ मुङ्ग्रेमा जन्मिएका लामाको यो तेस्रो गीत हो । लामाको यस अघि नै मकवानपुरे ठिटो, लोकदोहोरी गीत ‘रुँदै रुँदै भइयो पर्देशी’ लगायतका गीतहरु सार्वजनिक भईसकेका छन् । उनले लघु चलचित्र आकर्षण, आधी बाटो लगायतमा समेत अभिनय गरेका छन् । विभिन्न लघु चलचित्रहुँदै लोकदोहोरीमा अभिनय समेत गर्दै आएका लामाले यस अघि ‘म्यासेञ्जर फेसबुकमा’ बोलको गीत रेकर्डिङ गराएका थिए । उनको शब्दमा तयार भएको उक्त गीतको अडियो भर्सन मात्र युट्युबमा सार्वजनिक गरिएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*