भैरेलाई २६ लाख भ्युज

१० श्रावण २०७६, शुक्रबार २२:३२

मकवानपुर, १० साउन । नेपाली कथानक चलचित्र ‘भैरे’ लाई युट्युबमा २६ लाखभन्दा बढी भ्यूज प्राप्त भएको छ । यो सामाग्री तयार पार्दाको समयमा चलचित्रलाई २६ लाख ३३ हजार ७ सयभन्दा बढी भ्युज प्राप्त भएको छ भने चलचित्र अहिले युट्युब ट्रेण्डिङको दोस्रो नम्बरमा छ ।
४३ हजार लाईक भएको चलचित्रलाई ३ हजारले डिसलाईक गरेका छन् । चलचित्रमा ४ हजारभन्दा बढी कमेन्टहरु छन् । चलचित्रलाई एभरेष्ट सूर्य बोहोराले लेखन र निर्देशन गरेका हुन् । दयाहाङ राई, बिक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुरक्षा पन्त, जयनन्द लामा, अनुभव रेग्मी, जान्हवी बोहोरा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

बसन्त सापकोटा र यम बरालको सँगीत रहेको चलचित्रका गीतहरुलाई यम बराल, अन्जु पन्त, बसन्त सापकोटा र मेलिना राईले आवाज दिएका छन् । गीतका शब्दहरु बसन्त सापकोटा र एभरेष्ट सूर्य बोहोराले लेखेका हुन् । रिकेश गुरुङ र साहस शाक्यले गीतलाई एरेञ्ज गरेका छन् । चलचित्रमा बसन्त श्रेष्ठ र कविराज गहतराजको कोरियोग्राफी छ । शेरबहादुर तामाङको सिनेम्याटोग्राफी रहेको चलचित्रलाई बनिष शाहले सम्पादन गरेका हुन् । चलचित्रमा सूर्य थोकरको द्वन्द रहेको छ । हेरौँ चलचित्र–

यो पनि हेर्नुहोस्
एलिना चौहानका आफ्नै ४ गीतहरु