बजार नम्बर एक ट्रेण्डिङमा

१० श्रावण २०७६, शुक्रबार २२:०८

मकवानपुर, १० साउन । दक्षिण भारतीय चलचित्र बजारको हिन्दी डब्ड भर्सनले नेपाली युट्युब सर्भरमा नम्बर एकको स्थान कायम गरेको छ । केही दिनदेखि नम्बर एक ट्रेण्डिङमा चलचित्रले कब्जा जमाएको हो ।

दानविर गौँडा, अदिति प्रभुदेवा, शरथ लोहित्वासा, साधु कोकिला लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई निर्देशक सुनीले निर्देशन गरेका हुन् । थिमे गौडाको निर्माण रहेको चलचित्रमा एमएल प्राश्नाको कथा र निर्देशक सुनीकै स्क्रीन प्ले रहेको छ । यो सामाग्री तयार पार्दाको समयमा यस चलचित्रलाई एक करोड ८६ लाख २७ हजार ४ सयभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा एक लाख ५० हजार लाईक र ४ हजारभन्दा बढी कमेन्टहरु गरिएका छन् । हेर्नुहोस् चलचित्र–

यो पनि हेर्नुहोस्

मिस नेपाल श्रृङ्खला खतिवडा युरोपको चुचुरोमा (भिडियो)

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

मकवानपुरे पूर्व सञ्चारकर्मी, जो गाई पालनबाट लाख कमाउँछन्

विदेशमा गएर टन्न कमाएपछि हरेक मानिसको के हुन्छ ईच्छा ? अवश्य पनि गाउँबाट शहरमा बसाई सर्ने, जग्गा किन्ने, एउटा चिटिक्क परेको घर बनाउने, बुलेट बाईक चढ्ने, यस्तै सपना हुनसक्छन् आम युवाहरुको । तर आफ्नो ज्यानको जोखिम मोलेर केही समय भौतिक कुरामा रमाउने र फेरि कंगाल हुन जो कोही युवाको चाहाना नहुन सक्छ । यस्तै चाहानाका कारण विदेशमा दुःख गरेर आर्जेको कमाईलाई स्वदेशमै लगानी गर्ने युवा हुन्–थानेश्वर पहाडी ।

थानेश्वर पहाडी कोरियन भाषा परिक्षा ईपिएस पढेर ५ वर्ष कोरियामा बसे । दुःख गरेर केही कमाए तर उनले त्यसको दुरुपयोग गरेनन् । नेपालमा छँदा सञ्चारकर्मीकै रुपमा पनि चिनिएका उनलाई टन्न पैसा कमाएर रमाईलो गर्ने चाहाना नभएको होईन तर उनले जीवनसंगीनी र परिवारको साथलाई महत्वपूर्ण ठाने । स्वदेशमै पसिना बगाएर केही गरौँ भन्ने सोच विकास गरे । हो, थानेश्वर गाउँबाट सहर छिरेनन्, बरु सहर छाडेर गाउँतिर पसे । उनले बारा जिल्लाको कोल्हवी ९ मुसर्णामा शिवाय पशुपालन फार्मको स्थापना गरे । कोरियामा काम गर्दाकै समयमा आएको सोचलाई उनले वास्तविक बनाए । हेरौँ उनको प्रेरणादायी कथा । कृपया पुरा भिडियो हेरेर कमेन्ट गरिदिनुहोला ।

उनी भन्छन्–‘५ वर्ष अगाडि कोरिया गएर गरेको दुःखको आधारमा नेपालमा केही हुन्छ भन्ने सोच आएको थियो, विदेशको कमाईलाई देशमै फर्केँर लगानी गरेँ । २५ वटासम्म गाई अटाउन सक्ने क्षमता भएको फार्म बनाएका पहाडीले अहिले ६ वटा गाई र ३ वटा भैँसी पालेका छन् । ६ वटा गाईमध्ये ४ वटा जर्सी र २ वटा होलिस्टन जातका गाई छन् । बिहान बेलुकी गरी जर्सीले १६ लिटर र होलिस्टनले २० लिटर दुध दिने उनी बताउँछन् । अहिले जम्मा ७० लिटर दुध उत्पादन गर्दै आएका उनले डेरी स्थापना गरी दुध संकलनको कार्य पनि थालेका छन् । पछिल्लो समय डेरीमा २५० भन्दा धेरै किसानले दुध ल्याउने गरेको उनी बताउँछन् । पहाडीकै अनुकरण गर्दै ५–७ जना युवा किसानहरुले व्यवसायिक रुपमै गाई पालन गरेर दुध उत्पादनको प्रयास थालेको उनी बताउँछन् । त्यो सबै देख्दा उनलाई खुशी लाग्छ । महिनामा १ लाख २० हजारको कारोबार गर्ने उनले महिनामा खर्च कटाएर करिब ७० हजार जोगाउँछन् ।

कृषि प्रधान देश भएकोले सरकारको कस्तो सहयोग छ भनेर हामीले पहाडीलाई सोध्यौँ तर उनले भने–‘सरकारको भर पर्यो भने कसैले काम गर्न सक्दैन । म आसमै छैन । त्यसैले व्यक्तिगत रुपमै गरियो । सरकारी क्षेत्रबाट किसानको नाममा अरुलाई नै सहयोग हुन्छ ।’ग्रामिण क्षेत्रमा दुध उत्पादन भएता पनि बजारिकरणको अभाव देख्छन् पहाडी । तर त्यस ठाउँमा भने आफुहरुले माग अनुसार दुध पुराउन नसकिएको पनि बताए । दुध विक्री भएता पनि किसानहरुले मुल्य भने निकै नै कम भएको उनी गुनासो गर्छन् । रेट एकदमै कम हुने, दुधको खपत टाईममा नहुने भएका कारण पेमेन्ट समयमा नहुने लगायतका समस्याहरु आफुहरुले झेलेको उनी सम्झन्छन् । मधुवनमा रहेको सूर्यज्योति दुग्ध उत्पादक सहकारी संस्थासँगको समन्वयमा अहिले पहाडीसहितको टोलीले दैनिक एक हजार लिटर दुध संकलन गर्दै आएका छन् । आफैले पनि गाई पालनबाट ७० लिटर दुध उत्पादन गर्ने गरेका उनले त्यसलाई ५०० लिटर पुराउने लक्ष्य रहेको सुनाए । आफुले गरेको काम देखेर अन्य युवा पनि गाई पालनमा लाग्न चाहेको देखेर आफुलाई हौसला प्राप्त भएको उनी बताउँछन् । कोरियामा भन्दा यहाँ सहज कि असहज भन्ने प्रश्नमा उनले अलि डाईनामिक जवाफ दिए । ‘आत्मा विश्वास र साहस हुनेले आफ्नै काम गर्छ, आत्मा विश्वास नहुनेले जागिर गर्छ ।’ पशुपालनमा उनको परिवारले पनि साथ दिएकोले सहज नै भएको उनले बताए । कोरियाकै हिसाबमा कमाई नभए पनि आफ्नै परिवारसँग साथमा भएकोमा उनी खुशी छन् ।

धेरैजसोले उनलाई सोध्ने एउटै प्रश्न हो –‘यत्रो कमाएर आएको मान्छे किन गाउँमा आएर काम गरेको ?’ उनी भन्छन्–‘ शहरमा बसेर बिचौलीया काम मात्र हुने हो, पशुपालन गर्ने हो भने गाउँमा नै जानुपर्छ । शहरमा दुई वटा गाई पालेर पशुपालन हुँदैन ।’ पशुपालन गर्न खाली र सस्तो जग्गा चाहिने कारणले गर्दा गाउँलाई आफुले छानेको उनले बताए । उनी सरकारी तबरबाट प्रोत्सहान भयो भने पशुपालनको ठूलो सम्भावना भएको बताउँछन् । तराई भागमा घाँस पनि निकै खेती हुने कारणले गर्दा तराईमा अझ सहज हुने उनी बताउँछन् । दैनिक उपभोगको कुरा भएकोले दुग्ध उत्पादनको ठूलो सम्भावना छ । देशमा कुखुरादेखि मासुसम्म सबै आयात हुने गरेको बताउँदै उनी स्वदेशमै उत्पादन गर्न सकिए राम्रो हुने बताउँछन् । उनी भन्छन् ‘ ३५ हजारसम्म कमाउन विदेश जानुपर्दैन । यही नै दुःख गर्ने हो भने घरका सबैलाई रोजगारी घरमै प्राप्त हुन्छ । ५ वर्ष कोरिया बस्दा चिनेका मान्छेले बजारमा घर बनाए, त्यतिबेला घडेरी किनेर घर बनाएको भए ५ वर्षमा मैले पनि सक्थेँ होला तर त्यसो गर्दा कुनै रकम जम्मा हुँदैनथ्यो । घडेरी र घर बनाएर पछि फेरि घर चलाउन जागिर खानुभन्दा बरु गाउँमै सस्तो जग्गा किनेर मैले यो पशुपालन थालेँ । म स्वतन्त्र पन्छि जस्तै उड्न पाएँ ।’


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*