युरोपको अग्लो हिमालमा मिस नेपाल श्रृङ्खला खतिवडा

मकवानपुर, ९ साउन । मिस नेपाल २०१८ की विजेता श्रृङ्खला खतिवडाले नेपालको नाम विश्वसामु चिनाउने क्रममा अर्को साहासिक कार्य गरेकी छिन् । मिस वर्ल्डमा बिउटी उईथ अ पर्पस र मल्टिमिडिया अवार्ड जितेकी श्रृङ्खलाले पश्चिम युरोपको अग्लो हिमाल मन्ट ब्लांक आरोहण गरेर नेपालको नाम उच्च पारेकी हुन् । उनले मंगलवार फ्रान्स र इटालीबीचमा रहेको ४ हजार ८ सय १० मिटर अग्लो यो हिमालको सफल आरोहण गरेकी हुन् ।
श्रृङ्खलाले उक्त हिमाल आरोहण गरेका विषयमा ईन्ष्टाग्राममा समेत तस्बिरहरु पोष्ट गरेकी छिन् । फ्रान्सबाट प्रकाशित हुने एक पत्रिकाले समेत उनले मन्ट ब्लांक आरोहण गरेको समाचार प्रकाशन गरेको छ । हेर्नुहोस् भिडियो–
श्रृंखलाले मन्ट ब्लांक आरोहण गरेको पुष्टि नेपालस्थित फ्रान्सेली दूतावासले गरेको छ । नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठका अवसरमा श्रृंखला मन्ट ब्लांकको शिखरमा पुगेकी हुन् । श्रृङ्खलासँगै भ्लगर सिसन बानियाँ र प्रज्वल थापा मगर पनि ब्लांक हिमालको चुचुरोमा पुगेका छन् । अप्रिल २० मा नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० वर्ष पूरा भएको छ । दुई देशबीचको ७० औँ वर्षगाँठ कार्यक्रमकी सद्भावना दूत पनि रहेकी श्रृङ्खला अहिले युरोप यात्रामा छिन् । उनलाई युरोप मामिला तथा परराष्ट्र मन्त्रालयका महासचिव मोरिस गुर्दो मोन्तान नेपाल आएका बेलामा २०७५ पुसमा सद्भावना दूत नियुक्त गरिएको थियो ।
यो पनि हेर्नुहोस्
सरकारले अनलिमिटेड पैसा छाप्न किन मिल्दैन ?
मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु
प्रकाश सपुतको ‘दोहोरी ब्याटल २’ एक नम्बर ट्रेण्डिङमा
बहुचर्चित ‘बोल माया’ गीत सार्वजनिक गरेर चर्चाको शिखरमा पुग्न सफल गायक,संगितकार तथा कलाकार प्रकाश सपूतले ‘दोहोरी ब्याटल–२’ को अफिसियल म्यूजिक भिडियो सार्वजनिक गरेको २ दिन नबित्दै यो युट्युब ट्रेण्डिङको पहिलो नम्बरमा पर्न सफल भएको छ । यसअघि दोहोरी ब्याटलको परम्पराको सुरुवात गर्दै उनले सार्वजनिक गरेको पहिलो दोहोरी ब्याटललाई दर्शकले निकै नै रुचाएपछि उनले दोहोरी ब्याटलको दोस्रो भाग बजारमा ल्याएका हुन् । हेरौँ भिडियो रिपोर्ट–
यसअघिको पहिलो दोहोरी ब्याटललाई यो सामाग्री तयार पार्दाको समयमा ५६ लाख ६७ हजारभन्दा बढी दर्शकले हेरिसकेका छन् भने उनको बोल माया बोलको गीतलाई सर्वाधिक एक करोड ३ लाख ९४ हजारभन्दा बढी पटक हेरिएको छ । उनका यी गीतहरुजस्तै ‘दोहोरी ब्याटल २’ लाई पनि दर्शकले निकै नै रुचाएका छन् । तर यसमा अलि अपाच्य शब्दहरु पनि भएको श्रोताहरुको गुनासो छ । पहिलो ब्याटलमा जस्तै दोस्रो भागमा पनि चर्चित गायिका प्रिती आलेले प्रकाशसँग दोहोरीमा घम्साघम्सी गरेका छन् ।
यो ब्याटललाई यो सामाग्री तयार पार्दाको समयमा १४ लाख ३६ हजारभन्दा बढी पटक हेरिएको छ भने म्यूजिक भिडियोमा ६७ हजारभन्दा बढी लाईक र ६ हजारभन्दा बढी कमेन्ट गरिएका छन् । गीतमा ६ हजारभन्दा बढी डिसलाईक पनि छ । गीतको म्यूजिक भिडियोमा सुरुवातमा डिभोर्स पार्टी आयोजना गरेका यी दुई जोडीले अन्तिममा प्याच अप पार्टीको आयोजना गर्छन् । जति नै समस्या आएपनि विवाह पवित्र बन्धन हो भन्ने सन्देश यस भिडियोले देखाउने सफल प्रयास गरेको छ । प्रकाश सपुतको शब्द र संगीतमा बनेको गीतमा प्रिती र प्रकाशका साथै अन्य कोरस गायक गायिकाहरुले पनि साथ दिएका छन् । गीतलाई श्यामश्वेत रसाईलीले एरेञ्ज गरेका हुन् । त्यस्तै भिडियोलाई प्रकाश आफैले निर्देशन गरेका छन् । करण चैसिरको सिनेम्याटोग्राफी रहेको म्यूजिक भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।