करप र गंगाको तामाङ गीत ‘टिक–टक स्होसी’ सार्वजनिक

८ श्रावण २०७६, बुधबार २२:३९

मकवानपुर, ८ साउन । मकवानपुरे उदयीमान गायक करप रुम्बा र गायिका गंगा जिम्बाको आवाजमा रहेको नयाँ तामाङ गीत ‘टिक–टक स्होसी’ को अडियो भर्सन सार्वजनिक भएको छ । डम्फु मिडिया मार्फत सार्वजनिक गरिएको गीतले चर्चा पाउने लगभग निश्चित छ ।

गीतमा विवेक लोप्चनको शब्द र सँगीत छ । कर्साङ लामा दोङको एरेञ्जमा गीत तयार भएको हो । करपको यसअघि नै आफ्नै शब्द, सँगीत र आवाजमा दुई वटा गीतको अडियो भर्सन सार्वजनिक भइसकेको छ । हेरौँ ‘टिक–टक स्होसी’ को अडियो भर्सन–

यो पनि हेर्नुहोस्
सरकारले अनलिमिटेड पैसा छाप्न किन मिल्दैन ?

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

सृजना स्याङ्तानको ‘कान्छो’ मा पूर्णिमा र कुमारको जोडी

चर्चित गायिका सृजना स्याङ्तानको ‘कान्छो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । जिग्मे मिडियाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको म्यूजिक भिडियोमा चर्चित कलाकार कुमार मोक्तान र पूर्णिमा लामा थोकरको अभिनय रहेको छ । म्यूजिक भिडियोमा पूर्णिमा वेटर र कुमार चर्चित व्यक्तित्वका रुपमा देखिएका छन् ।

दिपेश प्रधानको शब्द, संगीत र एरेन्जमा तयार भएको गीतलाई सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको म्यूजिक भिडियोलाई सूर्य लामाले निर्देशन र सम्पादन गरेका छन् । बज्र ङ्यासुरको छायाँकन रहको म्यूजिक भिडियोलाई सुनिल घतानीले कोरियोग्राफ गरेका हुन् । यो सामाग्री तयार पार्दाको समयमा यस भिडियोलाई १० हजार ४ सयभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ४ सयभन्दाबढी लाईकहरु गरिएका छन् ।
तामाङ चलचित्र ‘सेम ताबा म्ही’ युट्युबमा रिलिज

तामाङ समुदायमा चर्चा पाउन सफल तामाङ भाषाको चलचित्र ‘सेम ताबा म्ही’ युट्युब मार्फत सार्वजनिक गरिएको छ । चलचित्रमा दुई प्रेमिको जीवनमा आउने उतारचढाव र गाउँमा भएका ठूला भनिने व्यक्तिहरुले निमुखामाथि गरिएको अन्याय र अत्याचारलाई प्रमुख विषय बनाइएको छ ।

सुष्मा थिङ, ऋतुराज पाख्रिन, सौरव लामा, गंगा मोक्तान, दिपशिखा लामा, राजकुमार मोक्तान लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा राजकुमार मोक्तानकै कथा र निर्देशन रहेको छ । सिदार्थ मोक्तान र राजकुमार मोक्तानको निर्माणमा बनेको चलचित्रलाई विक्रम लामाले छायाँकन र सम्पादन गरेका हुन् । चलचित्रमा ऋतुराज पाख्रिनको स्कृप्ट र संवाद रहेको छ । राजु दोङ तामाङको द्वन्द निर्देशनमा बनेको चलचित्रमा दिपक तामाङको कोरियोग्राफी हेर्न सकिन्छ । चलचित्रमा प्रयास दोङको ब्याकग्राउण्ड स्कोर सुन्न सकिन्छ । चलचित्रका गीतहरुमा इन्दिरा गोले, अमृत लामा, शशीकला मोक्तान, निर्मला घिसिङ, बबिता पाख्रिन र प्रयास दोङले आवाज दिएका छन् । यो सामाग्री तयार पार्दाको समयमा यस चलचित्रलाई ५ हजारभन्दा बढी पटक हेरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*